सार्वजनिक प्रशासनमा मानवीय मुल्य मान्यता

      व्यक्ति वा वस्तुको त्यस्तो गुण, जसको कारणले त्यो महत्वपूर्ण, अर्थपुर्ण, गुणकारी, सम्मानजनक र उपयोगी हुन्छ जसलाई मुल्य भनिन्छ । मूल्यले कुनै पनि विषयवस्तुमा दिइने महत्वलाई इंङ्कित गर्छ । मूल्य व्यक्ति वा समाजको रुची, चाहना, छनौट र आवश्यकताका आधारमा सृजित हुन्छ । मानवलाई मुल्यवान र सम्मानजनक वनाउन अवलम्वन गरिएका प्रयासहरुलाई मानव मुल्य भनिन्छ । मानव मुल्यले मानवलाई अन्य प्राणी भन्दा उत्कृष्ट वनाउने कार्य गर्दछ । मानवमा भएको इमान्दारीता, प्रेम, दया, सद्भाव,करुणा, विश्वास, सुन्दरता, निप्पक्षता, बौद्धिकता, सहयोगीपन जस्ता कुराहरु नै मानवीय मूल्य हो । जसले मानवलाई अन्य प्राणी भन्दा सर्वश्रेष्ठ र चेतनशील वनाएको छ । नैतिक मुल्य र मान्यता तथा दायित्व सिकाउने सस्थाहरु भनेको मुलतः व्यक्ति स्वयम् र उसको परिवार, समाज, शैक्षिक सस्थाहरु तथा अन्य सान्दर्भिक सस्थाहरु हुन् । समाजमा यस्ता संस्थाहरुको भूमिका अझ गहन र जिम्मेवार हुनु पर्दछ । सुन्दर जीवनको परिकल्पना मानवीय मूल्यमा आधारित शिक्षा हो । शिक्षा भनेको मानव मूल्यहरूको अभिवृद्धि गर्नु हो । यथार्थमा सत्य, धर्म, शान्ति, पे्रम र अहिंसारूपी मानव मूल्यहरूलाई बुझेर व्यवहारमा लागू गर्ने र तिनीहरूलाई उत्साह र इमानदारीपूर्वक अरूमाझ पु¥याउने व्यक्ति शिक्षित व्यक्ति हो । नैतिकता, जवाफदेहिता र व्यवसायिकता जस्ता विषय सहजै स्थापित गर्न नसकिने र समय लाग्ने विषय हुन् ।
मानवीय मूल्य, इमान्दारिता, नैतिक दर्शन, नैतिक मूल्य मान्यता, पूर्वीय दर्शन, अध्यात्मवाद, कार्य संस्कृति, कमजोर वर्गप्रति समानुभूति र सहयोगी व्यवहारले सार्वजनिक प्रशासनलाई स्वच्छ, पारदर्शी,निष्पक्ष,समावेश्ी,सहभागितामुलक,जवाफदेहि र भ्रष्टाचारमुक्त वनाउन सकिन्छ । अर्थपूर्ण जीवन जिउने र सार्थक परिणामका लागि काम गर्ने कलाले अध्यात्मवादको माग गर्दछ । मानिस भएर जन्मिँदाको गौरव, प्रतिष्ठा र मूल्यको स्थान सबै मानव सभ्यता, धर्म, सँस्कृति र साहित्यमा उच्च रहँदै आएको छ । मानव मूल्यको बारेमा चिन्तनमनन्, खोजी, यसको अस्तित्व कायम राख्ने संघर्षमा धेरै महत्वपूर्ण क्रान्तिहरु भएका छन् ।  मानवीय, नैतिक, व्यावसायिक, लोकतान्त्रिक मूल्यहरुको प्रवर्धन गर्दै कानुनी शासन स्थापना गर्न सकेमा हरेक नेपालीले सुशासनको अनुभूति गर्न सक्नेछन् । सर्वजनिक प्रशासनलाई सक्षम, निष्पक्ष, जवाफदेहि, पारदर्शी, नतिजामुलक  वनाउन नैतिक, सामाजिक, आध्यात्मिक, मानवीय र नैतिक मूल्यको कार्यान्वयन गरी मुलुकलाई दिगो शान्ति, विकास र समृद्धितर्फ लम्काउन आवश्यक रहेको छ । प्रशासनमा नातावाद,कृपावाद,आफ्नो मान्छे, भनसुन, चाकरी चाप्लुसी जस्ता विकृति र विसंगतीले समग्र शासन व्यवस्था नै कुरुप भएको अवस्था छ । यसवाट मुलुकलाई वचाई राज्य व्यवस्था संचालनमा गतिशिलता ल्याई नागरिकहरुको भविश्य उज्वल वनाई समृद्ध नेपाल र सुखि नेपालीको सपना साकार पार्न सार्वजनिक क्षेत्रको व्यवस्थापनमा मानवीय मुल्य, मुल्यमा आधारित शिक्षा, सामाजिक मुल्य मान्यता, नागरिक शिक्षा र अध्यात्मवादको अतुलनीय योगदान रहेको छ ।
सामान्य अर्थमा, मूल्यले कुनै पनि विषयवस्तुमा दिइने महत्वलाई इंङ्कित गर्छ । मूल्य व्यक्ति वा समाजको रुची, चाहना, छनौट र आवश्यकताका आधारमा सृजित हुन्छ । धेरैजसो कानुन तथा नियमहरु सामाजिक मूल्य मान्यताबाट निर्देशित हुन्छन् ।  मानव  चराचर जगतमा प्रकृतिमा मात्रै एक लाख वर्ष अघि अफ्रिकाको जंगलमा आफ्नो अस्तित्व रक्षाको लागि संघर्षरत प्रजाति यति छोटो समयमै विश्वविजेता बन्न सफल भयो झन्डै २ लाख वर्षअघि यस पृथ्वीमा देखा परेको (अहिलेसम्म पाइएको सबैभन्दा पुरानो आधुनिक मानव अवशेष १ लाख ६० हजार वर्षअघिको छ) आधुनिक मानव अर्थात् हाम्रो प्रजाति होमो सेपियन्सले अघिल्लो एकलाख बर्ष प्रभाव र महत्वको हिसाबले निरीह भएर अन्य जीवहरुकै हैसियतमा बितायो– जन्मने, बाँच्नको लागि संघर्ष गर्ने, सन्तान उत्पादन गर्ने र मर्ने क्रम मात्रै चल्यो ।पछिल्लो एक लाख वर्षमा मानव प्रजातिले करोडौं वर्षअघिदेखि यस ग्रहलाई घर बनाइरहेका अन्य लाखौं जीवजन्तुहरु रुख, कीरा, चराचुरुङ्गी र आफ्नो उत्पत्तिको हाँगोबाट छुट्टिएको चिम्पान्जीलाई क्रम विकासको दौडमा धेरैपछि छाडिदियो र विश्वभरि एकछत्र राज गर्न सफल भयो । यसरी समयक्रमसँगै मानवको महत्व र सम्मान वढ्दै जानुमा मानव मुल्यकै अतुलनीय योगदान रहेको छ ।
मानवीय मुल्य
 मानवलाई मुल्यवान र सम्मानजनक वनाउन अवलम्वन गरिएका प्रयासहरुलाई मानव मुल्य भनिन्छ । मानव मुल्यले मानवलाई अन्य प्राणी भन्दा उत्कृष्ट वनाउने कार्य गर्दछ । मानवमा भएको इमान्दारीता, प्रेम, दया, सद्भाव,करुणा, विश्वास, सुन्दरता, निप्पक्षता, बौद्धिकता, सहयोगीपन जस्ता कुराहरु नै मानवीय मूल्य हो । जसले मानवलाई अन्य प्राणी भन्दा सर्वश्रेष्ठ र चेतनशील वनाएको छ । वर्तमान समयमा प्रविधिको चरम विकास र आधुनिकिकरणको  विस्तारसँगै विश्वका अधिकांश देशहरुमा यो पक्ष कमजोर हुन थालेको छ । यसलाई सवै पक्षले चिन्ताको रुपमा लिएको अवस्था छ । हामीले बुझ्नु पर्ने विषय भनेको मानव भएर जन्मिसकेपछि मानवता प्रदर्शन गर्नु सवैको दायित्व हो तर यो पक्षलाई मानवीय समुदायले नबुझिदिँदा मानविय मुल्यको ह्रास हुन थालेको  अवस्था छ । यो समस्या नेपाली समाजमा पनि स्पस्ट रुपमा देख्न सकिन्छ । नेपाली समाजको संरचना पछिल्लो दिनहरुमा खलबलिन थालेको छ । समाज गलत संस्कार र प्रवृत्तितर्फ अगाडि बढ्दै गरेको भान हुन्छ । समाजमा रहेको केही वर्गको क्षणिक स्वार्थ पुरा गर्न मानिसलाई नकारात्मकतर्फ डो¥याउने प्रयास हुँदै आएको छ ।समाजमा धर्मको नाममा होस् वा संस्कृतिको नाममा गरिने राजनीतिले समाज अनि सिंगो देशलाई नै असर गर्दछ । त्यसकारण सामाजलाई उचित शिक्षाको माध्यमद्वारा व्यवस्थापन गरी सकारात्क सोचको धनी बनाउन आवश्यक छ । नकारात्मकताले नेपालीको मनोविज्ञानलाई तहसनहस बनाउँदै लगेकोले यसको सामाजिक लागत पनि बढ्दै आएको छ । तसर्थ पनि यसको प्रयोगमा संयमता र समझदारिता अपनाउनु पर्छ अन्यथा यसको प्रयोगमा रोकावट गर्ने बाहेकको अरु उपाय नहुन सक्दछ । तसर्थपनि दुरुपयोगकर्ताले सामाजिक दायित्व निर्वाह गर्ने तर्फ समयमा नै ध्यान दिनु पर्छ अन्यथा समय वितेपछि हतारमा गरेका हरेक कार्यहरु सहानुभुति समान अर्थहिन रहन्छ भन्ने कुरा सोचेर कार्य गर्नुपर्छ ।
मानवीय मूल्यमा मानवको अवधारणा, विचार, विश्वास, मनोवृत्ति, वफादारीता,वुद्धि ,विवेक,चेतना,आदर,सत्कार, प्रेम, स्नेह आदि मानवीय गुणहरू समावेश हुन्छन्। यी मानवीय मूल्यहरू एकातिर व्यक्तिको विवेकद्वारा नियन्त्रित हुन्छन् भने अर्कोतर्फ तिनको संस्कृति र परम्परालाई क्रमशः पालनपोषण गरिन्छ। वसुधैव कुटुम्बकम्, सर्वेभवन्तु सुखिनः र बहुजनहितायलाई मानवीय मूल्य मान्यताको महत्वपुर्ण मानक मानिन्छ। मानव मूल्य एक व्यापक अवधारणा हो। सामान्यतया यसमा ती सबै मूल्यहरू समावेश हुनुपर्छ जुन मानवको चौतर्फी विकाससँग सम्बन्धित छन्। समाजमा रहेका अनेक किसिमका विकृति विसङ्गती हटाउन र समाजमा सद्भाव ल्याउन मानवीय मूल्य मान्यताको विकास आवश्यक पर्दछ। मानवीय मूल्यमा व्यक्तिगत स्स्वार्थलाई तिलाञ्जली दिइन्छ र मानवीय मूल्यमा नै सम्पूर्ण मानव जातिको कल्याण निहित रहेको कुरा पनि स्पष्ट गरिएको छ । अर्थात् मानवीय मूल्यमान्यता सर्वव्यापी र सार्वजनिक हिततर्फ अघि बढ्छ । यसमा जनहित र मानव उत्थानका लागि आफूले बलिदान गर्छु भन्ने भावना प्रत्येक व्यक्तिमा निहित हुन्छ  । मानिस आज सामाजिक, आर्थिक मन्दि, वातावरणीय प्रदुषण, सर्ने र नसर्ने रोगहरुको प्रकोप, मानसिक तनाव जस्ता समस्याहरुको दलदलमा भासिँदै गएको छ । विश्वव्यापी असर उत्पन्न गरिरहेका यस्ता विकराल समस्याहरू समाधान गर्दै असल संयम नागरिक तथा सन्तुलित वातावरण सहितको समुन्नत समाज निर्माण गर्न आज मानवीय मूल्यमा आधारित शिक्षा आवश्यक भएको छ । मानवमूल्यमा आधारित शिक्षाले व्यक्तिलाई आफ्नो जीवन सहजरूपमा जिउन आवश्यक ज्ञान,सीप र कौशल मात्र सिकाउँदैन, त्यो संगै यसले सबैप्रति आदरभाव,असल चरित्र निर्माण,वातावरणीय तत्वहरूको संयमित उपयोग र सिङ्गो जीवजगतप्रति नै करुणा,मैत्री,सहअस्तित्व र प्रेमभाव सिकाउँछ । मानव मूल्यमा आधारित शिक्षाले नै एकमात्र जीवयुक्त पृथ्वीमा सबै प्राणी वनस्पतिको दीर्घ जीवन,सन्तुलित पर्यावरण र सम्पूर्ण जगतको कल्याण गर्नेछ । “सर्वे भवन्तु सुखिनः सर्वेसन्तु निरामया।सर्वे भद्राणी पस्यन्तु माकश्चित् दुःख भाग्भवेत्।“ यो शास्वत उक्तिले पनि यस्तै गुणस्तरीय शिक्षाको अपेक्षा गर्दछ । सवको हाम्रो समृद्धि यसै नारावाट निर्देशित हुनु पर्दछ । हाम्रा पुर्खाहरुले अभ्यास गरेको सर्वजन हिताय,सर्वजन सुखायको मर्म अनुसारको शिक्षा प्रणाली हामीले गर्व र मनन गर्नुपर्ने हाम्रा ऐतिहासिक सम्पत्ति हुन् । यिनको महत्व आजपनि कम भएको छैन बरु बढ्दै गएको छ । विश्वभातृत्व भावना सिक्ने र सिकाउने संस्कारित सनातन ज्ञानको कमीले दुषित बन्दै गएको वर्तमान समाजलाई स्वच्छ र सन्तुलित बनाउन सो ज्ञानलाई नूतन विज्ञान प्रविधिसँंग जोड्नु आवश्यक छ । मानवीय जीवनको महत्वपूर्ण पक्षहरु सत्य, अहिंसा, प्रेम,दया, शान्ति र करुणालाई मानवीय मूल्यको रुपमा विश्वले स्वीकारेको छ । मानवीय मूल्यहरु नै सामाजिक र धार्मिक मूल्यको आधारस्तम्भ हुन् ।
मानवीय मूल्यको वर्गीकरण
मानवीय मुल्यलाई निम्न अनुसार वर्गिकरण गर्न सकिन्छ ।
आध्यात्मिक मूल्यहरू : यी मूल्यहरूमा भक्ति, विश्वास, दया, नम्रता, शान्ति, दया आदि समावेश छन्।
सामाजिक मूल्यः यस अन्तर्गत साहस, आनन्द, शान्ति, सेवा, सत्य, सबै धर्मको सम्मान, श्रमको गरिमा, पवित्रता, नम्रता आदि समावेश छन्।
सांस्कृतिक मूल्यहरूः आस्था, कला, ज्ञान, नीति, न्याय, रीति रिवाज, बानी आदि सांस्कृतिक मूल्यहरू हुन्।
नैतिक मूल्यहरूः कर्तव्यको पालना, सत्य बोल्ने, ठूलाको सम्मान, पवित्रता, शीलको पालना, पुण्यद्वारा धन कमाउने आदि नैतिक मूल्यहरू हुन्।
राजनीतिक मूल्यहरूः दलीय राजनीतिभन्दा माथि उठेर देशको हितमा काम गर्नु नै राजनीतिक मूल्य हो ।असल राजनीतिक संस्कार मार्फत राजनीतिक विकास गरी मुलुकमा लोकतान्त्रिक अभ्यास गर्नु राजनीतिक मुल्य हो ।
– अन्तर्राष्ट्रिय मूल्यः यस अन्तर्गत हामीले अन्तर्राष्ट्रिय सद्भावना, शान्ति, भ्रातृत्व,विश्व वन्धुत्व,भाईचारा आदि राख्न सक्छौं। यो मूल्य आधुनिक युगमा धेरै महत्वपूर्ण छ।
मानवीय मूल्यकोे महत्व 
– मानवीय मूल्य मान्यताबाटै आदर्श नागरिक निर्माण गर्न सकिन्छ ।
– मानवीय मूल्य मान्यता मार्फत, बच्चाले आफ्नो धार्मिक र सामाजिक कर्तव्यहरू पूरा गर्न सक्दछ ।
– मानवीय मूल्य मान्यताबाटै सामाजिक व्यवहार बुझ्न र अध्ययन गर्न सकिन्छ ।
– मानवीय मूल्यले सामाजिक सम्बन्धलाई सन्तुलनमा राख्न र सामाजिक व्यवहारमा एकरूपता ल्याउन मद्दत गर्दछ।
– मानव मूल्यहरुको माध्यम बाट एक व्यक्ति सामाजिक न्यायको पक्ष मा छ ।
– मानव मूल्य मान्यताले व्यक्तिलाई आफ्नो परिवारका सदस्य, साथीभाइ, छिमेकी र अन्य सहकर्मीप्रति वफादार बनाउँछ र स्वार्थभन्दा माथि उठेर भलाइको काम गर्छ ।
– सदाचार, नैतिकता र आदर्श जीवनका आधारभुत गुणलाई व्यवहारमा नै प्रयोग गर्न मानव मूल्यमान्यताले उत्प्ररित गराउँछ ।
– स्वच्छ, पारदर्शी, जिम्मेवार र भ्रष्टाचारमुक्त राज्य संयन्त्रको स्थापना मानव मूल्यमान्यता बाट मात्र प्राप्त गर्न सकिन्छ ।
– व्यक्ति र समूहको सम्भाव्यतालाई मानवीय मूल्यको आधारमा मात्र मूल्याङ्कन गरिन्छ।
– मानवीय मूल्य मान्यताबाट मानिसहरूलाई आफ्नो स्थान के हो भनेर जान्न मदत गर्दछ ।
– मूल्य मान्यताको समूहलाई समाजको आदर्श विचार र व्यवहारको प्रतीक मानिन्छ।
– सफल सामाजिक जीवनको लागि अनुशासन आवश्यक छ। आन्तरिक, आत्म–अनुभूति, स्वैच्छिक, स्वीकार्य र रचनात्मक अनुशासन मानव मूल्यहरूद्वारा विकसित हुन्छ ।
– सदाचार,निष्पक्षता,निर्भिकता मानव मूल्यका अभिन्न अङ्गहुन् ।
– हाम्रो समाजको सम्पन्नता भनेको आपसी सद्भाव र भाइचारा व्यवहार नै हो । सद्भाव सम्पत्ती भन्दा धेरै गुणा शक्तिशाली हुन्छ । आर्थिक रुपले हामी पछाडि रहेकोमा  द्विविधा छैन तर यति हुँदा हुँदै पनि सुखि र खुशि अवस्थामा नेपालीहरू रहिरहन सक्नु भनेकै सद्भाव र एकापसको सहयोग नै हो । धनले मात्र मानव आवश्यकता परिपूर्ति गर्न सक्दैन । हाम्रा बानी व्यवहार नै यसका प्रमुख जिम्मेवार हुनेछन् ।
नैतिक मूल्य र मान्यता
समाजमा रहेका मानिसलाई नैतिकवान बनाई राज्यप्रति उसको उत्तरदायित्व अभिवृद्धि गर्नसक्ने तुल्याउनको लागि पनि समाजमा रहेका विभिन्न संघ सस्थाको भूमिका गहन हुन्छ । हाम्रो समाजले सकारात्मक सोच र व्यवहार भन्दा पनि नकारात्मक सोचको खेति गर्दै गरेको परिस्थितिमा यसलाइ चिर्न पनि नैतिक मुल्य र मान्यताको अझै महत्व हुन आउछ । नैतिक मुल्य र मान्यता तथा दायित्व सिकाउने सस्थाहरु भनेको मुलतः व्यक्ति स्वयम् र उसको परिवार, समाज, शैक्षिक सस्थाहरु तथा अन्य सान्दर्भिक सस्थाहरु हुन् । समाजमा यस्ता संस्थाहरुको भूमिका अझ गहन र जिम्मेवार हुनु पर्दछ । यी संस्थाहरुले मानिसलाई नैतिक मुल्य र मान्यता सिकाउन र राज्यप्रतिको दायित्व बढाउन शिक्षा एक अनिवार्य हुन आउछ । शिक्षा मुलतः औपचारिक तथा अनौपचारिक दुवै तरिकाबाट प्राप्त गर्न सकिन्छ ।
अनौपचारिक शिक्षा अन्तर्गत परिवारबाट प्राप्त गर्ने शिक्षाले मानवीय मूल्य निर्धारणमा महत्वपूर्ण हुन्छ । परिवार समाजिक संगठनको आधारभूत इकाइ हो । पारिवारिक मूल्य मान्यता तथा संस्कारबाट नै व्यक्तिको मूल्य निर्धारण हुन्छ अझ यसले व्यक्तिलाई समाजसँग जोड्नमा ठूलो सहयोग गदर्छ । मूल्य र मान्यतालाई समाजले स्वीकृति वा अस्वीकृति प्रदान गर्ने हुँदा व्यक्तिले सामाजिकीकरणका अधारभूत सीपहरु समेत परिवारबाटै प्राप्त गर्दछ । अतः व्यक्तिले अपनाउने मूल्य र मान्यताको विकासमा परिवारको अहम् भूमिका रहन्छ । परिवार कुनैपनि व्यक्तिको नैतिक मुल्य र मान्यता सिक्ने पहिलो महत्वपुर्ण पाठशाला हो । परिवारको प्रत्येक सदस्यले गर्ने व्यवहार, हाउभाउ तथा उनीहरुको जीवनशैली तथा उनीहरुले सिकाउने संस्कारबाट नै व्यक्तिको आचरणको विकास हुन्छ । त्यसकारण पनि मानिसको नैतिक मूल्य र मान्यताको विकास गर्न पारिवारिक सिकाईको महत्वपुर्ण भूमिका हुन्छ । त्यसको लागि पनि परिवार तथा समाजले असल मूल्यको विकास र व्यवहारको प्रर्दशन गर्नुपर्छ । सदाचार, नैतिकता र आदर्श जीवनका आधारभुत गुणहरुलाई व्यवहारमा नै प्रयोग गर्न उत्पे्ररित गराउनु पर्छ । बालबालिकालाई परिवारमा असल व्यवहार र असल चरित्र निर्माण गर्ने खालको पारिवारिक वातावरणको निर्माण गर्नुपर्छ । समाजका आधारभूत मान्यता र चरित्रहरुबारे जानकारी गराउने, समाजमा रहेका कमजोर वर्गलाई सहयोग गर्ने जस्ता गतिविधि गर्ने तथा परिवारको मूल्य प्रणालीलाई नैतिक र आदर्श बनाई त्यसको अनुसरण गर्न लगाउने कार्य गरिनु पर्छ । समाजमा विद्यमान असमानताको व्यवहार गलत हो भन्ने भावनाको विकास गराउने कार्य पनि त्यतिकै महत्वपूर्ण भएकोले यसतर्फ हाम्रो प्रयास जरुरी पर्छ । व्यक्तिको मूल्य प्रणालीमा परिवर्तन गराउने र समाजका सवैलाई समान व्यवहारको प्रर्दशन गर्ने संस्कार सिकाउने कार्यमा परिवारलाई जिम्मेवार वनाइनु पर्दछ ।
पारिवारिक सिकाईबाट नै समाजको संरचनाको निर्धारण हुने गर्दछ । समाजमा बस्ने मानिसहरुको आनीबानी, रहनसहन, आहारविहार, शिक्षाको अवस्था, विगतका चलनचल्ति जस्ता गतिविधिको समग्रता नै समाज हो । समाजमा बस्ने मानिसहरुको नैतिक मूल्यमान्यताबाट नै सामाजिक संस्कारको विकास हुने गर्दछ । यसले व्यक्तिको मानसिक वृद्धि र विकासमा समेत सकारात्मक प्रभाव पार्ने गर्दछ । अतः परिवारले यसको लागि उपयुक्त वातावरण निर्धारण गर्न सक्नुपर्दछ । समाजमा सद्गुणी,आचरणयुक्त,विवेकी,न्यायपुर्ण मानिसले नै समाजप्रति सकारात्मक धारणा निर्धारण गराउन सक्दछन् र समाजमा महत्वपूर्ण योगदान गर्न सघाउँदछ । यसका लागि असल सिकाईका अभ्यास र प्रयोगमा जोड दिई समाजका विभेदजन्य गतिविधिलाई नियन्त्रण गर्ने कार्यलाई प्रश्रय दिनुपर्छ । व्यक्तिको मुल्यप्रणालीमा परिवर्तन ल्याउन सहयोग गर्ने, नैतिक आचारणयुक्त सामाजिक वातावरण निर्माण गर्ने कार्य समेत सगै अगाडि बढाउनु पर्छ । सामजिक व्यवहारलाई सामाजिक हित अनुकल कार्य गर्न उत्प्रेरित गर्ने गरिनुपर्छ । समय समयमा जनचेतनामुलक शिक्षा प्रदान गर्न कक्षा सञ्चालन गर्ने, समाजमा समाजिक हितका खातिर सामाजिक क्लब, संघसंस्थाहरुलाई परिचालन गरी समाजको कुरिती र कुसंस्कारको अन्त्य गर्न प्रयोग गर्नु पर्दछ । हाम्रो शिक्षा नीतिमा असल चरित्रको प्रतिफल बारे सानो तहदेखि नै सचेत गराउने, सामाजिक अभियानको विकास गर्ने तथा सदाचार, आदर्श जीवनका आधारभूत मूल्य मान्यतावारे जानकारी दिलाउने जस्ता कार्य गरिनु उपयुक्त हुन्छ ।
सार्वजनिक व्यवस्थापनमा अध्यात्मवाद
अध्यात्मवाद आत्मालाई ब्रह्माण्डको जराको रूपमा लिने एक वैचारिक विचार हो। अध्यात्मवादको एउटा मतअनुसार भौतिक जगत परमात्मा र त्यसका गुणहरूको प्रकटीकरणको माध्यम हो। जबकि अन्य अध्यात्मवादीहरूका लागि यो मानव चेतनाको भ्रम हो। अध्यात्मवादका प्रवक्ताहरूले आत्माको शरीरबाट स्वतन्त्र अस्तित्व छ भनी विश्वास गर्छन्। सुसंगत अध्यात्मवादीहरूले आधुनिक विज्ञानका उपलब्धिहरूलाई झूटो ठहराउँछन् र विज्ञानलाई आत्मा र ईश्वरीय कानूनमा अन्धविश्वासको साथ बदल्ने प्रयास गर्छन्। अध्यात्म भनेको छालाले नदेखिने यथार्थ हो, यसलाई बुझ्न आत्मज्ञान चाहिन्छ। पूँजीवादी दर्शनमा अध्यात्मवादको अर्थ अक्सर आदर्शवाद हो। अध्यात्मवाद त्यो विचारधाराको नाम हो, जसमा आत्मालाई सबैको मूल मानिन्छ ।
अध्यात्मवाद एक विज्ञान हो जसले हामीलाई धार्मिक मार्गमा लैजान्छ । अर्थपूर्ण जीवन जिउने र सार्थक परिणामका लागि काम गर्ने कलाले अध्यात्मवादको माग गर्दछ । यो आफुले आफैलाई चिन्ने कला हो । म को हुँ? म यो धर्तीमा किन आए? ,मेरो कर्तव्य के हो ? मानव जीवनको उद्धेश्य के हो ? जस्ता शास्वत प्रश्नको खोजी अध्यात्मवादले गर्दछ । आत्मको वास्तविक परिचय मानवता र आत्माबाट सुरु हुन्छ। जर्ज बर्नार्ड शले संसारलाई प्रत्येक व्यक्तिको नाम अगाडि “मानव“ राख्न प्रस्ताव गरे जसमा हामी पहिलो मानव हौं र केवल हाम्रो नाम, पेशा र अन्य धेरै आउँछन्। हामीलाई तोकिएको कर्तव्य वा कार्यको बारेमा हामीले “म कहाँ जाँदैछु?“ प्रश्नहरूको बारेमा स्पष्ट हुनुपर्दछ। “मैले विशेष पेशा किन रोजें?“ तब मात्र हाम्रो जीवन क्रिस्टल बन्छ र अर्थपूर्ण रूपमा अगाडि बढ्छ।आफ्नो जीवनमा अध्यात्मको खेतीले अभ्यासीलाई अरूलाई पनि आफूसँग मिल्ने र सधैं सत्यको पालना गर्न लगाउँछ। सार्वजनिक सेवाको माग र आपूर्तिबीचको मेलमिलाप गर्नका लागि जनसेवकमा समानुभूति, सहिष्णुता, करुणा र अन्य आधारभूत मूल्यहरू हुनुपर्छ । यी मूल मूल्यहरू तब मात्र सिर्जित गर्न सजिलो हुन्छ जब एक व्यक्तिले आध्यात्मिक मार्ग लागू गर्न चाहान्छ । अर्को महत्वपूर्ण पक्ष यो हो कि एक आध्यात्मिक व्यक्ति सम्पत्ति र अहंकार त्याग गर्न तयार हुन्छ र दृष्टि र कर्मको एकीकृत रूप हो।
अध्यात्मवादले हाम्रो आत्मालाई यसको केन्द्रविन्दु मान्दछ। विज्ञानको एक धेरै महत्वपूर्ण क्षेत्रको रूपमा यसले मनोवृत्ति, योग्यता र उचाइ मात्र होइन तर एकै समयमा तीनवटै कुराको ख्याल राख्छ । स्टिभ जब्सले अध्यात्मवादलाई आधुनिक युगको धर्म मान्छन् । अध्यात्मवादले विभिन्न धर्मद्वारा प्रस्तुत गरिएका सबै तर्कहरूलाई समेट्छ र एकीकृत समाधान दिन्छ । धर्मलाई अध्यात्मवादको माध्यम मान्न सकिन्छ । एकचोटि हामीले आफूमा अध्यात्मवादलाई सिकाएपछि जीवनमा हाम्रो क्षमता बढ्छ र हामी प्रत्येक पल जागृत रहन्छौं। यो व्यक्तित्वमा परिष्करण हो जसले ज्ञान र सामाजिक कल्याणको साथ समग्र जीवन बिताउन मद्दत गर्दछ । मानव सभ्यताको क्रममा विकसित र प्रयोग हुने तीनवटा मुख्य पूँजीहरू छनः भौतिक पुँजी, मानव पुँजी र आध्यात्मिक पुँजी । यी मध्ये आध्यात्मिक पुँजी नै सर्वोत्कृष्ट हो जसले समग्र जीवनलाई सरल बनाउँछ ।
नेपालको संविधानले राष्ट्रिय गौरव, अनुशासन, लोकतान्त्रिक मान्यता, सहिष्णुता, समानता, सम्मान र एकता जस्ता मूल्यलाई अंगिकार गरेको छ । यसर्थ धर्म, मानवीय मूल्य र कानुनबीच त्रिकोणात्मक सम्बन्ध रहन्छ, जुन कुनै पनि लोकतान्त्रिक मुलुक सञ्चालनको मूल कडी हो । सार्वजनिक व्यवस्थापनमा आध्यात्म्कि मुल्य मान्यताको विकासवाट सार्वजनिक प्रशासनलाई स्वच्छ, सवल, पारदर्शी, समावेशी, जनसहभागीतामुलक, नवप्रर्वनतमुखी, गतिशिल वनाउन सकिन्छ । सार्वजनिक पदाधिकारीहरुलाई उत्तरदायी र जिम्मेवार वनाँउदै समग्र सार्वजनिक प्रशासनलाई भ्रष्टाचारमुक्त वनाउन सार्वजनिक प्रशासनमा आध्यात्मिक मुल्य मान्यताहरुलाई आनिवार्य रुपमा आत्मसात गर्नुपर्दछ ।
मानव मूल्य र मर्यादाः  
मानिस भएर जन्मिँदाको गौरव, प्रतिष्ठा र मूल्यको स्थान सबै मानव सभ्यता, धर्म, सँस्कृति र साहित्यमा उच्च रहँदै आएको छ । वैज्ञानिक रुपमा यसको परिभाषा स्थापित भैनसकेपनि मूलरुपमा एक मानिसले जन्मसिद्ध रुपमा एक मानिस भएको हिसाबले आत्मसम्मान, मूल्य, मर्यादा वा अरुबाट उचित रुपमा पाउनुपर्ने आदर वा उपयुक्त व्यवहारलाई मानवमूल्य वा मर्यादा भनी बुझ्नसकिन्छ । सामान्यतः जब यसको हनन् वा पिडित वा निमुखा वर्ग मानवमूल्यबाट च्यूत गरिन्छ तब यस शव्दको अक्सर सावधानीजन्य प्रयोग हुनेगर्छ । मानव मर्यादामाथिका चुनौतीहरुः  मानवमूल्य वा मर्यादामा व्यक्तिगत र सामुहिक हिसाबले विविध स्वरुपमा प्रहार वा हनन् हुनेगर्छ । जानीनजानी, सँस्कारगत वा नियतपुर्वक विशेष गरेर शक्तिशाली पक्षले कमजोर पक्षलाई उपहास गर्ने मतलब सिद्धीको लागि प्रयोग गर्ने , छुद्र साबित गर्ने  वा अमानवीय  व्यवहार गर्ने गरेका सानाठूला उदाहरणहरु हाम्रा घर, समाज, राज्य, विश्व र मानव इतिहासमा अनगिन्ति छन् । यातना, बलत्कार, बँधुवा, कमलरी, सती, सामाजिक बिभेद, मजदुरहरुको श्रम शोषण आदि मानवमूल्य उलंघनका केहि दृष्टान्त हुन् । साधनश्रोत, सम्पत्तिमा निश्चित वर्गको मात्र पहुँच र अधिकार बनाएर बहुसंख्यक जनतालाई गरीबी, अभाव र उत्पीदनमा बाँच्न बाध्य बनाउने र आफ्नो बर्चस्व कायम राख्ने परम्परा पनि कायमै छ । हुनेले खानेलाउने, मोजमस्ती, मनोरञ्जन, सामाजिक व्यवहार, शिक्षा र दैनिकजीवनका यावत् कुराहरुमा आममानिसले धान्न नसक्ने खालको व्यवहार देखाएर बहुसंख्य मानिसहरुको मनमा आफू तिरस्कृत, असक्षम वा नीच, सामाजिक रुपले त्यक्त, सिमान्तकृत वा समग्रमा मर्यादाविहिन भएको महसूस गराएर बिभेदको परम्परा चलाइराख्ने खेल पनि चलि नै रहेकोछ । विशेष गरेर विकासोन्मुख देशहरुमा महिलालाई सरसफाईको कमिले उनीहरुको आत्मसम्मानमा ठेस पुगिरहेको हुन्छ ।
शासकीय प्रणालीमा मानवीय मूल्यको आवश्यकता 
नेपालले लोकतान्त्रिक संघीय शासन प्रणालीमार्फत राष्ट्रहित, दिगो शान्ति, विकास र समृद्धिको आकांक्षा हासिल गर्ने सोच लिएको छ । यो सोचलाई मूर्तरुप दिन सामाजिक न्याय र एकता, आर्थिक समानता र श्रमको सम्मान, भ्रातृत्व, सहशासन, सहकार्य, सहअस्तित्व, समावेशी जस्ता सामाजिक–राजनीतिक मूल्यहरुको अवलम्बन राज्यले गर्नु पर्दछ । नेपाली जनताले सनातन कालदेखि धारण गर्दै आएको धर्म, समय सापेक्षिक रुपमा परिवर्तन हुँदै गएका मानवीय मूल्य र विचारले सामाजिक–राजनीतिक मूल्यलाई बलियो बनाउन मद्दत गर्छ, जसका कारण राज्य र नागरिकबीचको सम्बन्ध सुमधुर हुन जान्छ । लोकतान्त्रिक शासकीय प्रणालीमा राज्य र नागरिक दुवैको अहं भूमिका रहन्छ ।
निष्कर्ष,
 सर्वजनिक प्रशासनलाई सक्षम, निष्पक्ष, जवाफदेहि, पारदर्शी, नतिजामुलक  वनाउन सामाजिक, आध्यात्मिक, मानवीय र नैतिक मूल्यको कार्यान्वयन गरी मुलुकलाई दिगो शान्ति, विकास र समृद्धितर्फ लम्काउन आवश्यक रहेको छ । प्रशासनमा नातावाद,कृपावाद,आफ्नो मान्छे,भनसुन, चाकरी चाप्लुसी जस्ता विकृति र विसंगतीले समग्र शासन व्यवस्था नै कुरुप भएको अवस्था छ । यसवाट मुलुकलाई वचाई राज्य व्यवस्था संचालनमा गतिशिलता ल्याई नागरिकहरुको भविश्य उज्वल वनाई समृद्ध नेपाल र सुखि नेपालीको सपना साकार पार्न सार्वजनिक क्षेत्रको व्यवस्थापनमा मानवीय मुल्य, मुल्यमा आधारित शिक्षा, सामाजिक मुल्य मान्यता, नागरिक शिक्षा र अध्यात्मवादको अतुलनीय योगदान रहेको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।