लोकसेवाको सूचना :- नतिजा सार्वजनिक,योग्यताक्रम सूचीबाट हटाइएको देखि परीक्षा रद्धसम्म

लोकसेवा आयोगले बुधबार विभिन्न सूचनाहरु प्रकाशन गरेको छ । आयोगले बुधबार प्रकाशन गरेको सूचना अनुसार अधिकृत तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ भने केही उमेद्धारलाई योग्यताक्रमको सूचीबाट हटाएको छ यस्तै केही उमेद्धारको परीक्षा रद्ध गरी एक देखि २ बर्षसम्म लोकसेवा परीक्षा दिनबाट रोक लगाएको छ ।

बिज्ञापन

जसअनुसार आयोगले कृषि खाद्य तथा गुण नियन्त्रण समूहको विभिन्न पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । आयोगले राजपत्राकृत तृतीय तहका खुला,आदीवासी जनजाती र मधेसी गरी तीन जनाका लागि विज्ञापन खोलेकोमा लिखित परीक्षामा सहभागी ८८,वैज्ञानिक अधिकृत १,सहायक संरक्षण अधिकृत १,कम्युटर अपरेटर ६ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित १२८ र कम्युटर अधिकृत र महलिा विकास अधिकृतहरुको लिखित नतिजा सार्वजनिक गरेको हो ।

बिज्ञापन

यस्तै आयोगले केही उमेद्धारलाई योग्यताक्रमसूचीबाट हटाएको सूचनामा जनाएको छ । आयोगको विज्ञापन नम्बर १७२२४ ०८० ८१ आ प्र, नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, नवौं तह जनस्वास्थ्य पदको लिखित परीक्षाको नतिजाबाट अन्तर्वार्ताका लागि छनौट भएका रोल नं ८७०१५९ का उम्मेदवार किरण श्रेष्ठको नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २६ बमोजिम तोकिएको न्यूनतम सेवा अवधि पुगेको नदेखिएकोले निजको दरखास्त फाराम, लिखित परीक्षा र अन्तर्वार्ता समेत रद्द गरी नाम योग्यताक्रम सूचीबाट हटाउने गरी मिति २०८१।०४।२८ मा निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

यस्तै आयोगले खेताला लगाएर परीक्षा दिने उमेद्धारलाई उक्त विज्ञापनको लिखित परीक्षा रद्द गरी आयोग सञ्चालन हुने कुनै पनि लिखित परीक्षामा लोक सेवा आयोग ऐन २०७९ को दफा ४१ को उपदफा २ को खण्ड (ख) बमोजिम १(एक) वर्ष सम्म सामेल हुन नपाउने गरी निलम्बन गरेको छ । आयोगले सिफारिस, परीक्षा रद्धजस्ता सूचना पनि प्रकाशित गरेको छ

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष