प्रमुख कार्यकारीमा छनौंट ३ पात्र :- सिमेन्ट कम्पनी डुबाउनेदेखि अख्तियारमा मुद्धा खेपिरहेकासम्म

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तीन जनाको नाम सिफारिस गरेको छ । उद्योग मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दको कार्यकाल सकिएसँगै रिक्त रहेको उक्त कुर्सीमा पुग्नका लागि १८ जनाको प्रतिष्प्रर्धा चलेको थियो । जसमा तीन जनाको नाम सिफारिस भएको छ ।

बिज्ञापन

२०८१ बैशाख ५ देखि खाद्यमा सीईओ पद रिक्त छ । असार १७ गतेदेखि सीईओ छान्ने प्रक्रिया सुरु भएको थियो । प्रतिष्प्रर्धामा काठमाडौँका विष्णु बाबु मिश्र, भूपेन्द्र प्रसाद अर्याल, यशोदा कार्की र गोपाल घिमिरेका साथैं गुल्मीका भीम बहादुर थापा, तनहुँका डिल्लीराज लम्साल, झापाका कवि प्रसाद पाठक, सिन्धुपाल्चोकका बालकृष्ण बस्नेत, भोजपुरका सञ्जीव रोकाया, ललितपुरका शर्मिला न्यौपाने, भक्तपुरका गोपीकृष्ण न्यौपाने पनि आकाङ्क्षीको सूचीमा छन् । यस्तै धादिङका रमेश आचार्य, बाजुराका छत्र बहादुर कटुवाल, धनुषाका रामदेव यादव, धनकुटाका कुलप्रसाद राई, स्याङ्जाका जीवनारायण काफ्लेले पनि आवेदन दिएका छन् । दरखास्त दिनेहरूमा कञ्चनपुरका श्यामदत्त भट्ट र नरेन्द्र बहादुर बोहरा पनि रहेका छन् ।

बिज्ञापन

मन्त्रालयले प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान भएअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०८१ साउन २२ गते अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा तीन जना प्रतिस्पर्धीको नाम सिफारिस गरेको थियो । जसअनुसार सिफारिस समितिले तनहुँका लम्सालसहित भक्तपुरका गोपीकृष्ण न्यौपाने र धादिङका रमेश आचार्यको नाम अन्तिम निर्णयार्थ मन्त्रिपरिषद्मा पठाएको हो ।मन्त्रालयले १८ जना उमेद्धारमध्येबाट तीन उमेद्धार छनौंट गरेर मन्त्रिपरिषद्मा पठाएको छ । तीमध्ये कोही सरकारी कम्पनी नै डुबाएर हिडेकादेखि अख्तियारमा भ्रष्टाचार मुद्धा खेपिरहेकासम्म रहेको भेटिएको छ ।

जसमध्ये लम्साल कम्पनीकै कर्मचारी हुन उनी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन् । यस अघि उदयपुर सिमेन्टमा रहेर कम्पनी डुबाएर हिडेका गोपीकृष्ण न्यौपाने चौधरी समूहका कर्मचारीका रुपमा चिनिन्छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खल्तीविरुद्ध जेनजीहरु खुलकुदमन्त्रीकहाँ

अस्वभाविक बरियता : अधिवक्ताभन्दा सर्वाेच्चका न्यायधीश तल,पूर्व एआइजी जेनजी मन्त्रीभन्दा पुच्छारमा

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

नेपाललाई डिजिटल पथमा डोर्याउने ‘कहाँ’को योजना : स्मार्ट डोर बेलदेखि डिजिटल हाजिरीसम्म

अख्तियारको राडारमा तत्कालीन मन्त्री,सचिव,सह सचिवदेखि मन्त्रीका स्वकीयसम्म

मन्त्रिपरिषद् बिस्तार हुँदै,को को हुँदैछन् नयाँ मन्त्री ?

बिशेष