नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा र आम्दानी दुवै बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा र आम्दानी दुवै बढेको छ । बैंकले आज सार्वजनिक गरेको गत आवको त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको नाफा र आम्दानी दुवै बढेको हो ।

बिज्ञापन

बैंकले समीक्षा अवधिसम्ममा ५ अर्ब १९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३९.७० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले ३ अर्ब ७२ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

बिज्ञापन

बैंकले खुद ब्याज आम्दानी पनि बढाएको छ । बैंकले खुद ब्याज आम्दानी २२.०२ प्रतिशतले बढाएर १ अर्ब ५० करोड रुपैयाँ पुर्याएको छ । बैंकको सञ्चालन मुनाफा २१.६२ प्रतिशतले बढेर ८ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म बैंकको कर्मचारी खर्च भने २७.७२ प्रतिशतले बढेर ३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो आवसम्म ३ अर्ब ४७ करोड रुपैयाँले ऋणात्मक रहेको बैंकको रिटेन्ड अर्निङ ३ अर्ब ४३ करोडले ऋणात्मक अवस्थामा रहेको छ । यस्तै बैंकको रिजर्भको आकार २२.५५ प्रतिशतले बढेर ३० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

बिज्ञापन

बैंकको निक्षेप संकलन १३.८३ प्रतिशतले बढेर ४ खर्ब ३ अर्ब र कर्जा प्रवाह पनि १.५४ प्रतिशतले बढेर ३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । चौथौ त्रैमाससम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ४३ करोड रुपैयाँले ऋणात्मक रहेको छ । यस्तै वार्षिक लाभांश क्षमतादर पनि १०.०५ प्रतिशतले ऋणात्मक अवस्थामा छ ।

अघिल्लो आवमा ४.५४ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.९५ प्रतिशत कायम भएको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१५.२३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ४४४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.५० गुणा कायम भएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खाना पकाउने ग्यास लिन लाइन लागेका वृद्ध उभिँदा उभिँदै ढलेर बिते

मध्यपूर्वमा शक्ति सन्तुलन: अमेरिका–इजरायल–इरान द्वन्द्वको भू-राजनीतिक अर्थ

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

बिशेष