खराब कर्जा बढ्योः स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ह्वातै घट्यो

स्टान्डर्ड चार्टर्ड बैंकको नाफा घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकको नाफा ४.५१ प्रतिशतले घटेर ३ अर्ब ३० करोड ८९ लाख ५४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस बैंकले ३ अर्ब ४६ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । खुल ब्याज आम्दानी १३.४६ प्रतिशतले घटेर ५ अर्ब १५ करोड ४४ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।

बिज्ञापन

अघिल्लो वर्षको यसै अवधिमा यसले ५ अर्ब ९५ करोड ६० लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ छ । प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ०९ पैसा र प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ०४ पैसा छ । यसको खराब कर्जा भने बढेर २.१४ प्रतिशत पुगेको छ । आधारदर घटेर ६.६० प्रतिशतमा आइपुगेको छ ।

बिज्ञापन

समीक्षा अवधिमा खुद ब्याज आम्दानी घट्नु र निष्क्रिय कर्जा बढ्दाले बैंकको नाफा प्रभावित हुन पुगेको हो । आव २०८०।८१ मा बैंकको २ अर्ब ४९ करोड ९१ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ। अघिल्लो वर्ष वितरणयोग्य मुनाफा २ अर्ब ७१ करोड ५ लाख रुपैयाँ रहेको छ। समीक्षा वर्षका लागि बैंकको लाभांश क्षमता २६.५ प्रतिशत रहेको छ।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.१४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.१८ प्रतिशत थियो। खराब कर्जा मेन्टेन गर्न बैंकले २१ करोड ६१ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ।चुक्तापुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ रहेको बैंकको रिजर्भमा ८ अर्ब ६३ करोड १० लाख रुपैयाँ र रिटेन्ड अर्निङमा २ अर्ब ४९ करोड ९१ लाख रुपैयाँ रहेको छ।

बिज्ञापन

समीक्षा वर्षमा बैंकले १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षमा बैंकले १ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। समीक्षा वर्षमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३५.०९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ३६.७५ रुपैयाँ थियो। पीई रेसियो १७.१६ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २१८.०४ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहायक रथी खड्का सैनिक हिरासतमा

प्रशासनिक वेथितिको चरम नमुना : गृह र सामान्यको बरण्डामा तीन दर्जन सहसचिव

निजामती विधेयक माग्दै संयुक्त ट्रेड यूनियनद्वारा विरोधका कार्यक्रम

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट बाइक बुटवलमा सार्वजनिक

६ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

कांग्रेस सह-महामन्त्री मन्सुरले तरुण दलका केन्द्रीय सदस्य आलमलाई धक्का दिएको भिडियो भाइरल

उपसमितिले प्रतिवेदन बुझाएको १७ दिनपछि निजामती विधेयक उपर छलफलका लागि डाकियो बैठक

विज्ञता एकातिर,जिम्मेवारी अर्काेतिर

बिशेष