आर्थिक बर्षको अन्त्यमा ७२७ कर्मचारीको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाखदेखि असारसम्मको तीन महिनामै ७२७ कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले राजपत्राकित र राजपत्रअनकित गरी ७२६ कर्मचारीको सरुवा गरेको हो । जसमा राजपत्राकित ४४३ र राजपत्रअनंकित कर्मचारी २८३ जना रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाबाट मात्र यो अवधिमा उपसचिव तहका ११६,शाखा अधिकृत तहका २०१ र नासु तथा खरिदार तहका ५२ जना कर्मचारी सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

निजामती कानुनले सामान्य प्रशासन मन्त्रालयलाई केन्द्रीय निजामती कर्मचारी प्रशासन निकाय (सिपिए) मानिने गरिएको छ । अर्थात् निजामती कर्मचारी तथा प्रशासनिक व्यवस्थापनको समग्र कामको केन्द्रीय जिम्मेवारी कानुनले मन्त्रालयलाई दिएको छ । तर संघीय मामिला तथा सामान्य प्रशासनको जिम्मेवारीमा बसेका कर्मचारीहरुले अनुचित लेनदेन र सौदाबाजीमा सरुवा हुने गर्ने गरेको गुनासो पनि यो बीचमा सुनिएको हो । विद्यमान निजामती सेवा ऐनले कर्मचारीको सरुवासम्बन्धी व्यवस्था गरेको छ । जसअनुसार एक मन्त्रालय वा अन्तर्गतको विभाग वा कार्यालयको कर्मचारीलाई अर्को मन्त्रालय र अन्तर्गतको विभाग वा कार्यालयमा सामान्य प्रशासन मन्त्रालयले सरुवा गर्न सक्ने व्यवस्था छ । विशिष्ट श्रेणी (सचिव) को सरुवा भने मन्त्रिपरिषद्ले गर्ने व्यवस्था छ । पछिल्लो समय नियमावलीमा संशोधन गरेर सहसचिवको सरुवा पनि मन्त्रिपरिषद्बाटै गर्न थालिएको छ ।

बिज्ञापन


कर्मचारी सरुवाका लागि भदौं र असोज महिनामा गर्ने साधरण व्यवस्था भए पनि मन्त्रालयले आर्थिक बर्ष समाप्त हुने समयमै एकै पटक ७२७ कर्मचारीहरु सरुवामा परेका हुन । यस्तै यो अवधिमा राजपत्राकिंत कर्मचारी २२५ जना नियुक्ति भएका छन् भने राजपत्रअनकिंत कर्मचारी १८ जना नियुक्त भएका छन् । मन्त्रालयले यो अवधिमा ५२ जनाको काज सरुवा गरेको जनाएको छ ।

यस्तै स्थानीय तह कर्मचारी प्रशासन शाखाबाट उपसचिव तहका ११६ कर्मचारीको सरुवा भएको जनाइएको छ भने शाखा अधिकृत २०१ र नासु र खरिदार तहका ५२ कर्मचारी सरुवा गरिएको सामान्य प्रशासनले जनाएको छ ।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

कसले दियो अख्तियार प्रमुखलाई धम्की ?

“डिजिटल ढोका र बिचौलियाको ताला”

सरकारी तलब खाएर एमाले पार्टीको प्रतिनिधि डाक्टरहरू

दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

बिशेष