टेलिकमको एमडीका १६ प्रतिष्प्रर्धी :- ४ ‘रिङ आउट’,चार प्रमुख दाबेदार

नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) का आकांक्षीहरुको दौडधुप शुरु भएको छ । आफूभन्दा वरिष्ठलाई पछि पार्दै उक्त पद हत्याउन केही प्रतिस्पर्धीले शक्तिकेन्द्र धाउने क्रमलाई तीव्रता दिएको बताइन्छ ।

बिज्ञापन

यसमा शालिग्राम पराजुलीको दौडधुप अरुको भन्दा बढी देखिन्छ । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरीहरुमार्फत् प्रयासरत उनी सरकार परिवर्तनपछि एकाएक एमाले नेताहरुको घर धाउन थालेको आरोप छ ।

बिज्ञापन

विज्ञान तथा प्रविधि विभागमा रहेका पराजुलीको एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग पनि निकट सम्बन्ध थियो । विगतमा उनले नेपालमार्फत् टेलिकमको नेतृत्वमा पुग्न अधिकतम प्रयास गरेका थिए । तर,सत्ता परिवर्तनसँगै एमाले नेताहरुकोमा धाउन थालेका छन् ।

बुधबारमात्रै एमाले उपमहासचिव एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई भेटेर उनले आफूलाई उक्त पदको निम्ति योग्य भएका प्रमाणहरु देखाएको स्रोतको दाबी छ । एमालेको विज्ञान तथा प्रविधि विभाग र कर्मचारीहरुको संस्था नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन ९एनटिन० भने विपक्षमा उभिएको छ ।

बिज्ञापन

टेलिकमको एमडी नियुक्ति प्रक्रिया जेठ २२ देखि शुरु भएको थियो । १५ दिनको सूचना जारी भएको अवधिमा १७ जनाले आवेदन दिएका थिए । त्यसमध्ये नेपाल टेलिकममै कार्यरत इञ्जिनियर सुवास साहको योग्यता नपुगेपछि दरखास्त अस्वीकृत भएको छ ।

सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्व तथा पूर्वसचिव हरि बस्याल र मन्त्रालयका सहसचिव बाबुराम भण्डारी सदस्य रहेको प्रबन्ध निर्देशक छनोट सिफारिस समितिले एमडी छनोट प्रक्रिया अघि बढाउँदा अनन्तप्रकाश मल्लिक, अनिलकुमार झा र कमल लामिछाने असार २० गते तथा कृष्णप्रसाद भण्डारी, केदारनाथ कोइराला, चिन्तामणि बराल, नगेन्द्रकुमार दास,प्रेमप्रसाद सिलवाल र बुद्धिप्रसाद आचार्य २१ गते प्रस्तुतीकरण एवम् अन्तर्वार्तामा सामेल भइसकेका छन् ।

रमेशप्रसाद जोशी,राजेश जोशी,लक्ष्मण महर्जन, विमल आचार्य,शालिकराम सुवेदी,शालिग्राम पराजुली र संगीता पहाडीले २२ गते अन्तर्वार्ता दिएका छन् । छनोट समितिले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता प्रक्रियापछि तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्नेमा हाल रोकिएको छ ।

स्रोतका अनुसार डा आचार्य र टेलिकम बाहिरका अरु चार जना ‘लगभग रिङ आउट’ भएका छन् । बाँकी ११ प्रतिस्पर्धीमध्ये केदारनाथ कोइराला, अनन्तप्रकाश मल्लिक, टेलिकमकै पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य,शालिकराम सुवेदी, लक्ष्मण महर्जन,कमल लामिछाने र राजेश जोशीमाथि एमाले इतरको बिल्ला भिराइएको छ ।

प्रतिस्पर्धीमध्ये चार जना प्रमुख दाबेदार देखिएका छन् । पराजुलीसहित टेलिकमकै निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल), १०औं तहमा कार्यरत प्रेमप्रसाद सिलवाल र कृष्णप्रसाद भण्डारीलाई मुख्य दाबेदारको रुपमा हेरिएको छ ।

संगीताका श्रीमान नेपाली सेनाका इन्जिनियर कर्णेल हुन् । राजनीतिक तहमा उनको राम्रो सम्बन्ध छ ।सङ्गिता अन्तरिम संविधान लेखनमा सँलग्न लक्ष्मणप्रसाद अर्यालकी छोरी हुन् । कृष्णप्रसाद भण्डारी राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमको सहकार्यमा खुलेको वालेट नमस्ते पेको प्रमुख कार्यकारी अधिकृत भइसकेका व्यक्ति हुन् ।

एमालेनिकट उनलाई कार्यानुभव र क्षमताका हिसाबले पनि संगीतापछि दोस्रो दाबेदार मानिएको छ । उनी सन् १९९९ मा टेलिकम सिस्टम इञ्जिनियरका रुपमा नेपाल टेलिकममा प्रवेश गरेका थिए । दुई वर्षदेखि टेलिकमको प्रबन्धक छन् ।

प्रबन्धकहरुमध्ये सबैभन्दा वरिष्ठ प्रेमप्रसाद सिलवाल ११औं तहमा बढुवा हुनेको पहिलो नम्बरमा छन् । कार्यानुभव र क्षमताका हिसाबले अब्बल उनी एमालेकै आईटी विभागदेखि एनटिनसम्मले रुचाएका प्रतिस्पर्धी हुन् ।

यता सत्ता साझेदार नेपाली काँग्रेसले पनि टेलिकम एमालेको भागमा परेको मन्त्रालय भएकाले हस्तक्षेप नगर्ने बुझिएको छ । माओवादी सत्तामा रहिरहेको भए दूरसञ्चार प्राधिकरणको कार्यकारी अध्यक्ष नियुक्तिमा झैं परिस्थिति अन्तैतिर उन्मुख हुँदै थियो

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती विधेयकको प्रतिवेदन तयार,आइतबारदेखि दफादार छलफल

यी हुन असार मसान्त अगावै अनिवार्य अवकाशमा जान लागेका १४ सहसचिव

आज ललितपुर महानगरपालिकामा स्थानीय बिदा

काँग्रेस-एमाले सरकार बनेयता १३३ नियुक्ति,ठूला पद जति काँग्रेसलाई

खेलकुद पत्रकार मञ्चमा अधिकारी

पाकिस्तानमा तालिमप्राप्त नेपाली सैनिक अधिकृतको भेला

पाकिस्तानमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा जान अमेरिकाको निर्देशन

National Security Council reviews India-Pakistan latest developments

बिशेष