सरकारी जागिर खान धेरै मुस्किल छ । जो कोहि छिर्न सक्दैनन् । यसको फलामे ढोका मानिने लोकसेवा पार गर्ने कठिन संघर्ष गर्नुपर्दछ ।
तर,लगन,मेहनतपूर्वक तयारी गरिएको खण्डमा लोकसेवा सजिलै छिचोल्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छन्,शेखर रोकायाले । सुदूरपश्चिमको बझाङ स्थायी घर भएका शेखर रोकायाले उपसचिवमा ६ ठाउँमा नाम निकालेका छन् ।
बिज्ञापन
२०६९ सालदेखि सरकारी सेवामा प्रवेश गरेका रोकायाले लोक सेवा आयोगले हालै लिएको उपसचिव पदका लागि लिएको परीक्षामा एकै पटक ६ ठाउँमा नाम निकालेका हुन् । उनले नेपाल प्रशासन सेवाको उपसचिव पदको खुला प्रतियोगितातर्फ सामान्य प्रशासन, लेखा र राजस्व समूह तथा आन्तरिक प्रतियोगितातर्फ पनि सामान्य प्रशासन, लेखा, राजस्व समूह गरी ६ ठाउँमा एकै पटक नाम निकालेका हुन् । विभिन्न ६ ठाउँमा नाम निकाले पनि राकायाले सामान्य प्रशासन समूहबाट नियुक्ति लिइसकेका छन् ।
बिज्ञापन
बझाङको खप्तडछान्ना गाउँपालिका–७ को गडरायका ३४ वर्षीय शेखर रोकाया बझाङको खप्तडछान्ना गाउँपालिका–७ गडरायका हुन् । सरकारी सेवाको १२ वर्षे अवधिमा देशका विभिन्न स्थानबाट सेवा दिइरहेका रोकाया अहिले उपसचिवको नियुक्ति लिइसकेका छन् असार १७ गते ।
बुबा गंगालाल रोकाया, आमा तिपुरी रोकायाको कोखबाट जन्मिएका रोकायाका बुवा स्थानीय महेश्वरी माध्यमिक विद्यालयका शिक्षक । हुने विरुवाको चिल्लो पात भनेझैं पढाईमा अब्बल थिए उनी । एसएलसी पास गरेपछि उनी उच्च शिक्षा अध्ययनका लागि धनगढी झरे । धनगढीको ऐश्वर्य विद्या निकेतनबाट विज्ञानमा १२ कक्षा पास गरे । त्यहाँबाट पाइलो मोडियो काठमाडौंतर्फ । काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट भूगर्भशास्त्रको अध्ययन सुरु गरे । त्यही समयमा ०६९ सालतिर खरिदारको परीक्षा दिए नाम निस्कियो । यसरी सरकारी सेवामा पाइला राखेको १२ बर्ष पछि उनी उपसचिवमा नाम निकाल्न सफल भएका हुन । उनको पलिहो पोष्टिङ लेखा समूहअन्तर्गत सहायक लेखापाल पदमा जिल्ला अदालत बैतडीबाट सुरु भयो । अदालतमा काम गरिरहेका उनले त्यसै वर्ष न्याय सेवा समूहमा दरखास्त भरे । खरिदार पदमा जागिर सुरु गरेको १० महिना नपुग्दै २०७० मंसिरमा न्याय सेवाअन्तर्गत नायब सुब्बा पदमा उक्लिए । बैतडी छोडेर सरकारी वकिलको कार्यालय सल्यान पुगे ।
बिज्ञापन
नासुमा उक्लिएको ४ बर्ष पछि नै २०७४ मंसिरमा उनले शाखा अधिकृतको परीक्षा पनि उत्तीर्ण गरे । शाखा अधिकृतको रुपमा प्रदेशसभा सचिवालय, धनगढीमा एक वर्ष, जिल्ला समन्वय समिति बझाङमा रहेर काम गरे । विभिन्न सरकारी निकायमा काम गरिरहँदा अघिल्लो आर्थिक बर्ष लोकसेवा आयोगले लिएको उपसचिव तहको सामान्य प्रशसन,लेखा,राजश्व तिनवटै परीक्षामा भिडेर । जस्मा उपसचिव पदका लागि लिएको परीक्षामा एकै पटक ६ ठाउँमा उनले नाम निकाले । सामान्य प्रशासन, लेखा र राजस्व समूहमा खुला र आन्तरिक प्रतिष्प्रर्धा दुबैतिर नाम निकालेका उनले प्रशासनतर्फ नियुक्ति पत्र बुझेर अभिमुखीकरण तालिम समेत लिइसकेका छन् ।