आइपीओ विवादमा मुछिएका सहसचिव खुमलटारबाट आउट

दुई महिना नपुग्दै धितोपत्र वोर्डको अध्यक्ष हटाइएको छ । भरतपुर महानगरपालिकाबाट तानिएर अर्थ मन्त्रालय मातहतको बजेट तथा कार्यक्रम महाशाखा हेर्न आइपुगेका नरेन्द्र कुमार रानाको जिम्मेवारी खोसेर अर्थ मन्त्रालयले त्यहाँ अर्काे सहसचिवलाई खटाएको छ ।

बिज्ञापन

अर्थमन्त्रीका रुपमा विष्णु पौडेलको इन्ट्री भएसँगै नेपाल धितोपत्र बोर्डका अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सह सचिव फेरिएका हुन। यसअघि लामो समयदेखि रितेश शाक्य,नरेन्द्र कुमार राना मगरले प्रतिनिधित्व गर्दै आएकोमा उनलाई जिम्मेवारीबाट हटाइएको छ । यस अघि बजेट महाशाखाका प्रमुख रहेका रितेश शाक्य अहिले निलम्बनमा छन्,भ्रष्टाचार मुद्धा लागेर । विशेष अदालतले हालैमात्र उनलाई एक लाख धरौटीमा छाड्न आदेश दिएको छ । रितेशलाई हटाएर त्यहाँ तत्कालीन अर्थमन्त्री बर्षमान पुनले माओवादी निकटका प्रशासक नरेन्द्रकुमार रानालाई खटाएको थियो ।रानालाई अहिले अर्थ मन्त्रालयको बजेट महाशाखाको हाकिमको जिम्मेवारी दिइएको छ । उनलाई अर्थ मन्त्रालयमै रहेर काम गर्ने गरी धितोपत्र वोर्डको समेत जिम्मेवारी दिइएको थियो ।

बिज्ञापन

रानाले त्यहाँ रहँदा रिलायन्स स्पिनिङ मिलको आईपीओ ८२० रुपैयाँ ८० पैसा प्रतिकित्ताका दरले बिक्री गर्न स्वीकृति दिएका थिए । यो विवादपछि संसदको सार्वजनिक लेखा समिति हुँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसम्म पुगेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले हेर्दै आएको अध्यक्षको जिम्मेवारीबाट हटाएका हुन् । उनको ठाउँमा मन्त्रालयकै अर्का सहसचिव महेश बराललाई पठाइएको छ । बराल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका हाकिम हुन । नेपाल धितोपत्र बोर्डको अद्यावधिक कानुन बमोजिम अध्यक्ष नहुँदा अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सह सचिवले नै अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने उल्लेख छ ।

बिज्ञापन

धितोपत्र वोर्डका अध्यक्षका लागि यस अघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति बनेको थियो । सर्ट लिष्टमा परेका पाँच जना मध्ये तीन उमेद्धार संगठीत रुपमै अन्तर्वार्तामा अनुपस्थित रहेसँगै उक्त प्रक्रिया अगाडि बढाउन महान्यायीवक्ताको राय लिइएको थियो ।

महान्यायधीवक्ताको कार्यालयले तीन वा पाँच जनाको नाम सिफारिस गर्ने राय दिएको भए पनि अर्थ सचिव मधुकुमार मरासिनीले कलम चोप्न इन्कार गर्दा यो प्रक्रिया रद्ध भएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष