सरकारी जागिर खाने र राज्यको सेवा गर्ने धेरैको लक्ष्य हुन्छ तर सबैको लक्ष्य र उदेश्य पूरा हुँदैनन् ।
बिज्ञापन
कतिपय यस्ता उमेद्धार पनि देखिन्छन,जो दर्जनौ पटक लोकसेवा परीक्षामा भीडेर असफलता हाल लागेकाहरु छन् । ५० औं पटकसम्म लोकसेवा भीडेर नाम निकाल्नेहरु पनि पनि भेटिन्छन्,निजामतीमा ।
अनि कोही यस्ता अब्बल उमेद्धार पनि देखिन्छन्,जस्ले एकैपटक १० ठाउँमा नाम निकालेर रेकर्ड राख्नेहरु पनि यस अघि देखिएका हुन । दुई बर्ष अघिमात्र २७ वर्षे युवा रोशन सारू मगर (हुमबहादुर सारू) ले लोकसेवामा एकैपटक १० ठाउँमा नाम निकालेर सबैलाई चकित पारे । सारूले राष्ट्रिय विमा संस्थान, काठमाडौं उपत्यका विकास प्राधिकरणको चौथौ तह र पाचौँ तह, खाद्य संस्थान, निजामति सेवा नायव सुब्बा कानून, नेपाल विमा प्राधिकरण, राजश्व सुव्वा, नेपाल टेलिकम व्यवसाय प्रशासकीय अधिकृत र संघीय शाखा अधिकृतमा नाम निकालेर सबैलाई अचम्ममा पारेका थिए ।
भनिन्छ नि जहाँ इच्छा शक्ति त्यहाँ उपाय । यस्तै त्यस्तै पढाईमा अब्बल सुशील पौड्यालले एकै पटक ६ ठाउँमा नाम निकालेका छन् । यसरी उपसचिवमा नाम निकाल्ने शाखा अधिकृत हुन, छविलाल (सुशिल) पौड्याल ।
बिज्ञापन
उनले उपसचिव तहको लिखित परीक्षामा ह्याट्रीक गर्दै एकै पटक प्रशासन,राजश्व र लेखा समूहको आन्तरिक र बाह्य प्रतिष्प्रर्धामा नाम निकालेका थिए ।लोकसेवा आयोगले आइतबार सार्वजनिक गरेको विज्ञापन नम्बर १६६६४- ८०/ ८१ आन्तरिक प्रतिष्प्रर्धातर्फ नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूह,राजस्व र लेखा समूहमा दुबैतर्फ गरी ६ ठाउँमा नाम निकालेर अब्बल दह्रिएका पौडेल उपसचिव नियुक्तिका लागि सिफारिस भएका हुन । २६ उमेद्धारमध्ये इन बास्केटबल एक्सरसाइज र लिखित परीक्षाको समेत प्राप्तांकका आधारमा दोश्रो नम्बरमा प्रशासन सेवातर्फ नाम निकाल्न सफल भएका हुन ।
आयोगले आज सार्वजनिक गरेको नतिजा अनुसार १९ जनालाई उपसचिवमा नियुक्तिका लागि सिफारिस गरेको छ । जसमध्ये दोश्रो नम्बरमा उनी नियुक्तिका लागि सिफारिस भएका हुन ।