अधिकृतदेखि सहसचिवसम्मको तलब बढाउन दबाब,राजपत्रअनकिंत कर्मचारीहरु चिल्लै

सर्वोच्च अदालतले मर्यादाक्रमका आधारमा कर्मचारीको तलबमान निर्धारण गर्न सरकारका नाममा परमादेश जारी गरेसँगै राजत्रांकित कर्मचारीको तलब बढ्ने भएको छ भने राजपत्रअनकिंत कर्मचारीहरु चिल्लै हुने भएका छन् ।

बिज्ञापन

मर्यादाक्रम एउटै भएका सेना प्रहरी र निजामती कर्मचारीलाई तलबमान असमान रहँदै आएको थियो उक्त असमान व्यवस्थालाई हटाएर समान तलबको व्यवस्था गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

बिज्ञापन

महान्यायाधिवक्ता कार्यालयका कर्मचारीहरू भरतप्रसाद मैनाली,गोविन्द खनाल,उपरजिस्ट्रारहरू नीराजन शर्मा र नीराजन पाण्डे, सर्वोच्चकै इजलास अधिकृतहरू भेषराज कोइराला र ज्ञानेन्द्र दाहाल, गृह मन्त्रालयमा कार्यरत कानुन अधिकृत ऋषि पौडेल, महालेखापरीक्षकको कार्यालयका निर्देशक मुकुन्द घिमिरे, सर्वोच्चका शाखा अधिकृत वसन्त मैनाली, महान्यायाधिवक्ता कार्यालयका सहायक न्यायाधिवक्ता बाबुराम भट्टराई, लेखा अधिकृत कृष्णप्रसाद पन्थ, सर्वोच्चका लेखा अधिकृत टामलाल अधिकारीसहित विभिन्न कार्यालयमा कार्यरत ३३ जनाले निजामती सेवामा मर्यादाक्रम माथि भए पनि प्रहरी र सेनाको सोही स्तरका कर्मचारीको तलब बढी भएकोले शुरूको तलब स्केल समान कायम हुनुपर्ने माग गर्दै रिट दायर गरिएको थियो ।

२०७६ वैशाख १६ गते सरकारले कर्मचारीहरूको मर्यादाक्रम निर्धारण गरेको थियो । उक्त मर्यादाक्रम अनुसार आफूहरूले पाउनुपर्ने तलब नपाएको भन्दै उनीहरूले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा अन्तिम फैसला सुनाउँदै सर्वोच्चले विभेद नगर्न भनेको छ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार नेपाल सरकारको नाममा परमादेश जारी गरेसँगै राजपत्रअंकित प्रथम, द्वितीय र तृतीय श्रेणी अर्थात अधिकृतस्तरका कर्मचारीहरु अधिकृत,उपसचिव,सहसचिव तहका कर्मचारीको तलब बढ्ने भएको हो । मर्यादाक्रमअनुसार नेपाली सेनाको सहसेनानी र नेपाल सरकारका शाखा अधिकृतको समान छ । यी दुबै २० औं स्थानमा छन् । सहसेनानीको सुरु तलब ४७ हजार २०८ छ भने शाखा अधिकृतको ४३ हजार ६८९ मात्रै छ ।
यसले मर्यादामा बराबर हुँदा पनि शाखा अधिकृतले ३ हजार ५१९ कम तलब पाइरहेको देखाउँछ । यस्तै समान मर्यादाक्रममा रहेका सहसचिवको ५६ हजार ७८७ रुपैयाँ छ भने सहायक रथी, प्रहरी नायब महानिरीक्षक र सशस्त्र प्रहरी नायब महानिरीक्षकको ६० हजार ९५० छ । यसरी सहसचिवभन्दा तल्लो मर्यादयमा रहेका सुरक्षाकर्मीले सुरु तलब नै ४ हजार १६३ रुपैयाँ बढी पाइरहेको देखिन्छ ।
यस्तै समान मर्यादाक्रममा रहेका सुरक्षा निकाय ५२ हजार २७९ रुपैयाँ खाइरहेका छने यता उपसचिवको तलब ४८ हजार ७३७ रुपैयाँ मात्रै छ । यो मर्यादाक्रम पनि कर्मचारी पाउने तलब सुरक्षाकर्मीभन्दा ३ हजार ५४२ रुपैयाँ कम छ । सर्वाेच्चको परमादेशपछि शाखा अधिकृत, उपसचिव र सहसचिवको तलब ३ हजार ६००देखि ४ हजार २०० रुपैयाँसम्म तलब बढाउनुपर्ने देखिएको छ ।

बिज्ञापन
माथिल्ला तहका कर्मचारीको तलब बढ्दा राजपत्रअनंकित तहका कर्मचारीहरु नायब सुब्बा, खरिदार, कार्यालय सहायक, सवारी चालक लगायतका पदका कर्मचारीको तलबमानमा ठूलो अन्तर पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।