सम्यक बोल्नुस्

शिब पुरी बाबाको भन्नु हुन्छ “ लेखाई र बोलाईमा मिठास हुनु पर्छ । १० शब्द बोलेर पुग्ने कुरामा १०० शब्द बोल्नु हुदैन । ” मैले आजसम्म भेटेका मानिसहरु मध्ये औलामा गन्न मिल्ने व्यक्तिहरुमा मात्र प्रभावकारी बातचित र  संवाद गर्ने कला भएको पाएको छु । धेरै जसो मानिसहरु आवश्यकता भन्दा धेरै बढी बोल्दछन् । अगाडीको मान्छेलाई सुन्ने चाहना होस् या नहोस् उनीहरुको कुरा सुन्ने आवश्यकता होस् नहोस् बिना हेक्का आदतबस बोलिरहन्छन् । सोसल मिडिया लगायतका विभिन्न श्रोतबाट जम्मा पारेको सुचनाहरु दोहराई रहन्छन् । बोल्ने विषय पनि सकारमत्मक भन्दा नकारात्मक नै बढी हुन्छन् । जसले गर्दा सुन्ने व्यक्तिमा एक  किसिमको विकर्षण नै पैदा हुन्छ । चाख नै नभएपछि सुन्ने व्यक्तिले पनि कुरामा ध्यान दिदैन । यसरी जति नै बेर बोले पनि बोल्ने र सुन्ने दुबै पक्षलाई बेफाईदा हुन्छ किनकी बोल्दा या कसैको कुरा सुन्दा हाम्रो समय र उर्जा खर्च हुन्छ । यसरी बेतुकको बोलीले दुबै पक्षको समय र उर्जा खेरा जान्छ ।
सम्वादलाई प्रभावकारी बनाउका लागि कुन विषयमा, कति मात्रामा र कसरी बोल्ने यी सबै पक्षहरु महत्वपुर्ण हुन्छ । बातचित र संबादलाई प्रभावकारी बनाउन बोल्ने विषयमा चयन गर्दा सचेत हुनु पर्दछ । जस्तो व्यक्तिलाई याद गर्यो चर्चा गर्यो उस्तै भईन्छ किनकी कसैलाई याद गर्ने बितिकै हाम्रो उर्जा उनीहरुको उर्जासङ्ग मिल्न जान्छ । विस्तारै हाम्रो मनोभाव र आचरण हामीले चर्चा गरिरहने व्यक्तिको जस्तो हुन पुग्दछ । त्यसलै सकेसम्म कुनै खराब घटना या खराब व्यक्तित्वलाई चर्चाको विषय बनाउनु हुदैन । अन्यथा यस्तो चर्चाले आफैलाई नकारात्मक असर पर्दछ । बोल्ने विषयवस्तु चयन गर्दा सकेसम्म उत्कृष्ट व्यक्तित्व या सकारात्मक उर्जा दिने घटनाहरुको चर्चा गर्नु पर्दछ । यस्तो विषयमा बोल्दै गर्दा बोल्ने र सुन्ने दुबैलाई सकारात्मक उर्जा मिल्छ ।
याद होस् , जति चर्चा गरे पनि  नित्कृष्ट कहिले पनि उत्कृष्ट हुदैन । तर नित्कृष्टको धेरै चर्चा गर्यो भने बोल्ने सुन्ने दुबैको मनोभाव नित्कृष्ट हुदै जान्छ । सम्बादको विषय अर्को महत्वपुर्ण पक्ष कति बोल्ने हो । यस सम्बन्धमा गौतम बुद्धको अष्टाङ्ग मार्गमा पनि बताईएको छ । बोली यानी बाणी सम्यक हुनु पर्दछ, सम्यक भनेको न धेरै न त थोरै, आवश्यअनुसार ठिक्क । बोल्दा सकेसम्म वक्ताले सुन्ने व्यक्तिको मनोभाव बिचार गर्नु पर्दछ । सुन्ने व्यक्तिको मनोभाव सुन्न सक्ने स्थितिमा नभएको बेला बोल्नु भनेको समय र उर्जाको बर्बादी मात्र हो । त्यसैले  सकेसम्म सुन्ने व्यक्तिको मनोभाव स्थिर हुदा सम्म र सुन्ने ईच्छा देखाए सम्म मात्र बोल्नु पर्दछ । जसरी भोको व्यक्तिको लागि पेट नभरिदा सम्म मात्र खाना महत्वपुर्ण हुन्छ । त्यसैगरी सुन्नेले सुन्ने तत्परता देखाउदासम्म मात्र बोल्दा बातचित प्रभावकारी हुन्छ ।
संबादमा बोल्ने विषय बोल्ने र बोल्ने मात्रा मात्र होईन कसरी बोल्ने महत्वपुर्ण छ । बोल्दा सकेसम्म मधुर शब्दहरु चयन गर्नु पर्दछ साथै बोल्ने टोन पनि मधुरो राख्नु पर्दछ । मधुर शब्द चयन गरिएको मधुरो टोनको बातचितले सुन्ने र बोल्ने  दुबैका लागि सहज बातावरणको श्रृजना गर्दछ । जसले बातचित प्रभावकारी बनाउन सहयोग पुग्दछ । तर मधुरो बोल्ने भन्दैमा चाकडी दर्शाउने गरी बिनम्र हुन पनि जरुरी छैन । जसरी स्वस्थ्यकर र स्वादी भोजनलाई आवश्यकता भन्दा बढी प्रसोसिङ्ग र सजावट गरियो भने खानाको स्वाद र मौलिकता हराउछ । त्यसैगरी धेरै सजावट गरिएको सम्बादमा विषयबस्तुको मौलिकता हराउछ । साथै सकेसम्म हरेक घटना र विषय बस्तुलाई सामान्यकृत गरेर कुरा गर्नु पर्दछ । व्यक्तिगत भएर बोल्नु हुदैन । अन्यथा मान्छेको अहंकारलाई चोट पुग्छ ।  त्यसैगरी सम्बादमा अर्को बिचार गर्नु पर्ने कुरा के हो भने हरेक व्यक्ति फरक हो । उसले फरक मत राख्न सक्छ । फरक मतलाई सहज स्वीकार गर्नु पर्दछ ।  बोल्दा या विचार राख्दा कसैमाथि हाबी हुनु हुदैन ।
प्रभावकारी सम्बादको तरिका : सबैभन्दा पहिले धैर्य भई अगाडीको मान्छेको कुरा सुन्ने । उसले कुरा सकाएको जस्तो लागेपछि अरु केही भन्नु भनि सोध्ने । अगाडीको व्यक्तिले  कुरा सकियो भने पछि मात्र आफुले बुझेको कुरा तपाईले भन्न खोजेको यही हो भनि सोध्ने । वक्ताले तपाईले बुझेको सही हो भनि बिचार सुन्ने ईच्छा व्यक्त गरेपछि मात्र आफ्नो बिचार राख्ने । प्रभावकारी बाणीको नियम स् पहिले आफुले कुरा बुझ्ने त्यसपछि मात्र अरुलाई बुझाउन तिर लाग्ने ।
भनिन्छ, बोलीमा धेरै शक्ति हुन्छ । यदि हामीले कुनै वातावरण या व्यक्तिको बारेमा एकोहोरो आलोचना गरेर समय बितायौ भने मनले त्यसलाई अझ बलियो गरी सत्य मान्छ । जब हामीले पटक पटक आलोचना गरेका व्यक्तिहरु हाम्रो निकट आउछन्, मनले आन्दोलन गर्छ, अस्थिर हुन्छ । मन अस्थिर हुदा मान्छेबाट गल्ती हुने सम्भावना बढी हुन्छ । त्यसैले हामी कुरा काटेका मान्छेहरुसङ्ग राम्रोसंग तालमेल हुनसक्दैन । बुझ्नुपर्छ, हरेक व्यक्ति गुण र अवगुण सहितको हुन्छ । त्यसैले आफैलाई हानी हुने गरी कसैको अवगुणको चर्चा गर्नु आवश्यक छैन ।
सकारात्मक विषयवस्तुमा मधुर शब्द चयन गरी मधुरो टोनमा गरिएको सम्बाद शिलत हुन्छ,  प्रभावकारी हुन्छ । साथै यसले वक्ता र श्रोता बिच सुमधर सम्बन्धको आधार पनि निर्माण गर्दछ । त्यसैले सम्यक बोलौ । शिलत रहौ ।  यसैमा गरिमा छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।