सन्तोषनारायणलाई धितोपत्र वोर्डको अध्यक्ष बनाउन को को सक्रिय ?

नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्जले ६ महिना पछि नेतृत्व पाउँदै छ । अर्थ मन्त्रालयले आज सेबोनको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेको छ । वोर्डका अध्यक्षका लागि सर्ट सलष्टमा परेका उमेद्धारहरुको व्यवसायिक कार्ययोजना तथा प्रस्तुतीकरण आजै बिहान ९ बजेदेखि शुरु हुँदैछ । ९ बजेदेखि राष्ट्रिय सभागृहको सभाहल सञचालन हुने अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले एक सूचना निकालेर जानकारी दिएको छ ।

बिज्ञापन

यता नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्तिका लागि छानिएका पाँचै जना उम्मेदवारविरुद्धमात्र होइन नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिमा योग्यताका बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सरकारले गत माघमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको अध्यक्षतामा धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समिति गठन गरेको थियो । समितिमा अर्थ मन्त्रालयका सचिव र व्यवस्थापन विषयका प्राध्यापक उदय निरौला सदस्य छन् । समितिले २५ चैतमा धितोपत्र बोर्डको अध्यक्षका लागि डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्जका कृष्णबहादुर कार्की, तत्कालीन बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं र सन्तोष श्रेष्ठको नाम संक्षिप्त सूचीमा राखेको थियो ।उजुरकर्ताले अध्यक्ष छनौट समितिमा योग्यता नपुगेका व्यक्तिलाई व्यवसायिक स्वार्थसहित समावेश गरेको आरोप लगाएका छन् । समिति सदस्य उदय निरौलाको विज्ञता र क्षमतामाथि प्रश्न उठाउँदै उनको प्रत्यक्ष सम्बन्ध हिमालयन स्टक एक्सचेञ्जका लागि आवेदन दिएको बिचौलिया दिपक भट्ट समूहसँग रहेको उजुरीमा दाबी छ । सी–०७९२६८ नम्बरमा दर्ता भएको उजुरीपत्रमा भनिएको छ,‘अध्यक्ष नियुक्तिका लागि गठित समितिका उदय निरौला सामान्य शेयर कारोबारी मात्रै हुन् र उनको प्रत्यक्ष सम्बन्ध हिमालयन स्टक एक्सचेञ्जका लागि आवेदन दिने समूहसँग रहेको देखिन्छ ।’

बिज्ञापन

 

त्यस्तै,अध्यक्षका लागि सबैभन्दा बढी कसरत गरिरहेका सन्तोषनारायण श्रेष्ठ हिमालयन स्टक एक्सचेञ्जको मुख्य लगानीकर्ता दिपक भट्टको व्यवसायिक साझेदार भएको ठोकुवा छ । श्रेष्ठको लगानी रहेको कम्पनीलाई नेपाल आयल निगमले इन्धन चोरीको आरोपमा यसअघि कारबाही गरेको बताइन्छ । जलविद्युत क्षेत्रमा समेत हात हालेका श्रेष्ठको व्यवसायिक पृष्ठभूमि, विवादास्पद व्यक्तिहरुसँग सहकार्य,शैक्षिक योग्यता र अनुभवको अभावजस्ता कारणले गर्दा बोर्डको अध्यक्ष बन्न अयोग्य रहेको उजुरीकर्ताको जिकिर छ ।यता विवादास्पद ब्यापारी दीपक भट्टको स्वार्थमा बुटवलका सन्तोषनारायण श्रेष्ठलाई सेबोनको अध्यक्ष बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चर्को दबाब दिइरहेको बताइन्छ ।  आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालको आफन्तको रुपमा चिनाउने डा. नवराज अधिकारीको अध्यक्षका लागि बार्गेनिङ्ग र अर्का प्रतिस्पर्धी मुक्तिनाथ श्रेष्ठमाथि तत्कालीन अध्यक्ष रमेश हमालसँग मिलेमतोमा प्रिमियम आईपिओमा अनियमितता गरेको आरोप छ ।

बिज्ञापन

नेपाल स्टक एक्सचेञ्जका सिइओ कृष्ण कार्कीको नेतृत्व क्षमतामाथि नै प्रश्न उठाइएको छ । अर्का उम्मेदवार चिरञ्जिवी चापागाईंको पनि आलोचना गर्दै अख्तियार गुहारिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि…

अतिरिक्त सचिवको प्रावधानप्रति मुख्यसचिवको असन्तृष्टि

बिशेष