पालिकाका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीयसहित १४ विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियारले अर्काे स्थानीय तहको तत्कालीन अध्यक्ष,उपाध्यक्ष,कर्मचारी सहित १४ उपर भ्रष्टाचार मुद्धा चलाएको छ ।

बिज्ञापन

अख्तियारले नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभाकुमारी यादव भन्ने शोभा कुमारीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, लेखापाल सोमप्रसाद आचार्य, इन्जिनीयर कृष्णा साह, सब इन्जिनियर सन्तोषकुमार यादव समेत १४ जनाउपर सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले मधेस प्रदेश सरकारको सांसद् अनुदानबाट रामजाकी दलित आधारभूत विद्यालय मझौरामा अधुरो काम पूरा गर्नका लागि दिएको रकमबाट कुनै पनि काम नगरी हिनामिना गरेको पाइएकाले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

आर्थिक वर्ष २०७७/०७८ मा उक्त विद्यालयको अपूरो कार्य पूरा गर्ने योजनामा विद्यालय भवनको काम नै नगरी गरेको भनेर १४ लाख ५१ हजार ५५१ रुपैयाँ हिनामिना गरेको निष्कर्षसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायाण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोस मुखिया मलाह, वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष मदन यादव, वडा नम्बर ५ का तत्कालीन वडाध्यक्ष मनोजकुमार यादव, वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष खुशीलाल साह समेतलाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तरिम सरकारका चार मन्त्री लस्करै विदेश भ्रमणमा

दल र दलीय कर्मचारीको दबाबका कारण काम गर्न कठिन भएको सचिवको स्वीकारोक्ति

प्रशासनका १२,शिक्षा २ र इञ्जिनियरिङका १ सहसचिवको सरुवा :गृहमा १ भित्रदा ३ बाहिरिए

सरुवा,बढुवादेखि आयोग खारेजीसम्म : यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय

मालपोतको सुव्वा,कम्युटर अपरेटर,भूमाफियासहित चार विरुद्ध पक्राउ पूर्जी जारी

प्रचण्ड र ओलीको सुरक्षार्थ खटिएका २७ सशस्त्र प्रहरी फिर्ता

काठमाडौं प्रशासनले एमालेलाई दिएन मोटरसाइकल र्याली र सभा गर्न अनुमति

सरकारी जग्गा व्यक्तिको नाममा! रंगेली मालपोतको सेटिङमा सुकुमबासी बस्ती बेचियो

बिशेष