१० दिन अघि श्रीमतीसँग डिभोर्स गरेका सेनाका अमल्दारले गरे श्रीमतीको हत्या

महिना दिन अगाडिमात्र शान्ति सेनाबाट फर्किएका र १० दिन अघि अदालतबाट श्रीमतीसँग सम्बन्ध विच्छेद रोजेका नेपाली सेनाका एक अमल्दार श्रीमती कर्तव्य ज्यानसम्बन्धी कसुरमा समातिएका छन् । सल्यानको कपुरकोट गाउँपालिका–६ स्थायी ठेगाना भई बारास्थित ज्वालादल गणमा कार्यरत ३६ वर्षीय सालिकराम बुढाथोकी व्यक्ति हत्याको अभियोगमा पक्राउ परेका हुन् ।

बिज्ञापन

खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी टिका राउतलाई उपचारार्थ राप्ती प्रादेशिक अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको हो । त्यस्तै, टिकाको साथमा फेला पारेका २९ वर्षीय आर्यन थापा गम्भीर घाइते छन् । उनको अहिले राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बिज्ञापन

ज्वालादल गण बारामा कार्यरत अमलदार ३६ वर्षीय शालिकराम बुढाथोकीले तुलसीपुर उपमहानगरपालिका– ६ राप्ती टोलमा डेरा गरी बसेकी रावतको शुक्रबार बिहान ८ः४० बजे डेरा नजिककै अर्को घरमा हत्या गरेका हुन । पक्राउपछि प्रारम्भिक बयानमा बुढाथोकीले १० दिन अघि टीकासँग आफूले ‘डिभोर्स’ गरेको बताएका हुन् ।

महिना दिन अघि मात्र शान्ति मिसनबाट फर्किएका बुढाथोकीले जिल्ला अदालतमा सम्बन्धविच्छेदको लागि निवेदन दिएका थिए । १४ जेठमा मात्रै अदालतले शालिकराम र टीकाबीच सम्बन्धबिच्छेद भएको फैसला गरेको थियो ।१० दिन अघि अदालतबाट श्रीमतीसँग सम्बन्ध विच्छेद रोजेका उनले श्रीमती परपुरुषसँग देख्न नसकेका कारण हत्या गरेको बताएका छन् ।

बिज्ञापन

शालिकराम र टीकाका सात वर्षीय छोरा छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष