स्थानीय तहमा जनप्रतिनिधि र सञ्चारकर्मीको भूमिकाबारे छलफल

ऋषि भट्टराई

बिज्ञापन

बुटवल, जेष्ठ २१ । बुटवलमा आज भएको कार्यक्रममा स्थानीय तहमा जनप्रतिनिधि र सञ्चारकर्मीको भूमिकाबारे छलफल भएको छ । स्थानीय तहका जनप्रतिनिधिहरुले दलित तथा सिमान्तकृत समुदायको आवाजलाई सशक्त रुपमा  उठाउनु पर्नेमा सरोकारवाला हरुले जोड दिएका छन् । जागरण मिडिया सेन्टरद्धारा सञ्चालित रेडियो जागरण ९३.६ मेगाहर्जले बुटवल उपमहानगरको सहयोगमा  बुटवलमा आयोजना गरेको सामाजिक समावेशिकरणको मुद्धामा स्थानीय सरकार र सञ्चारमाध्यमको भूमिका बिषयक छलफल कार्यक्रममा सहभागीहरुले यस्तो कुरा बताएका हुन । उनीहरुले बुटवल उपमहानगरपालिका द्धारा दलित तथा सिमान्तकृत समुदायका पक्षमा थालेका प्रयास र गरेका कामहरुको सन्बन्धमा छलफल समेत गरिएको हो ।

बिज्ञापन

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले विभेदका मुद्धा जहिल्यै पनि पत्रकार र सञ्चारमाध्यमको प्राथमिकतामा पर्ने बताउँदै समन्वयका लागि जनप्रतिनिधिहरुले भूमिका खेल्नुपर्ने बताए । उनले जातका बिषयमा सञ्चारक्षेत्र विभाजित हुन नहुने बताउँदै मुद्धा उठानमा सञ्चारक्षेत्रले कहिल्यै कन्जुस्याईँ नगरेको बताए । यस्तै कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरु यमबहादुर सुनार, कृष्णबहादुर सुनार, बसन्ती विश्वकर्मा र सुनिता खडलुकले बुटवल उपमहानगरपालिकामा दलित तथा सिमान्तकृत समुदायको सवाललाई कार्यक्रम र बजेट मार्फत सक्दो सम्बोधन गर्ने प्रयत्नमा जुटेको बताउँदै प्राप्त सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाएका छन् । कार्यक्रममा रेडियो जागरणका तर्फबाट विनोद परियारले बुटवल उपमहानगरका असल अभ्यास अन्तर्गत तयार पारिएको कार्यक्रमहरु र त्यसबाट प्राप्त निकर्षलाई जनप्रतिनिधि र सरोकारवालाहरुका विच प्रस्तुत गरेका थिए ।

बुटवल उपमहानगरका उपनिर्देशक दामोदर ज्ञवालीले बुटवल उपमहानगरबाट दलित तथा सिमान्तकृत समुदायका सवालमा नीतिगत र बजेट कार्यक्रमका रुपमा समेटिएका बिषयहरुबारे प्रस्तुती राखेका थिए । कार्यक्रममा जनप्रतिनिधिहरु माया दर्नाल, अधिकारकर्मीहरु लोकबहादुर नेपाली, गंकुल विश्वकर्मा, अधिवक्ता दीपा सुनार, मनु खड्का, पत्रकार टंक सुनार लगायतले दलित जनप्रतिनिधिहरुले जातीय छुवाछुत अन्त्यका लागि ठोस कार्यक्रम ल्याउनुपर्नेमा सुझाव दिएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एक दर्जन मन्त्रीले ल्याउन नसकेको निजामती ऐन भगवतीको पालामा आउला ?

मन्त्रीका जोडबलमा नियुक्त आठ महंगा परामर्शदाताको जागिर चट

कर्मचारीमाथि निरन्तर आक्रमणको अर्काे श्रृंखला- ‘कुलिङ्ग पिरियड’

अख्तियार प्रमुख राईविरुद्ध तीन ठूला प्रकरणमा छानबिनको माग गर्दै उजुरी दर्ता

गृह पुगेपछि सचिवको स्वास्थ्यमा गडबडी

कुलिङ अफ पिरियडको संशोधन प्रस्तावलाई गलत ढंगबाट प्रचार गरियो

प्रतिवेदन लेखन अघि तीन शीर्ष नेतासँग छलफल गर्दै विशेष छानबिन समिति

जिल्लाबासी विवादित सहसचिवलाई सामान्य प्रशासनमा भित्र्याउने मन्त्री न्यौपानेको तयारी

बिशेष