बुटवलमा गृहणी महिला रोजगार कार्यक्रम शुरु

ऋृषि भट्टराई

बिज्ञापन

बुटवल । बुटवलमा गृहणी महिलालाई सीप र रोजगारसँग जोड्दै आर्थिक रुपमा सबल बनाउन नगर प्रमुख गृहणी महिला रोजगार कार्यक्रम शुरु भएको छ।महिलाहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउन नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अगाडि सारेको हो ।

बिज्ञापन

कार्यक्रमको सोमबार बुटवल वडा नम्बर ६ बाट शुभारम्भ गरिएको छ। कार्यक्रमको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले महिलालाई सीप र रोजगारसँग जोडेर सबल बनाउनका लागि कार्यक्रम शुरु गरिएको बताए। समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहरको नारा लिएको बुटवलले घरमै बस्ने गृहिणी महिलालाई स्वरोजगारी बनाउन यो कार्यक्रम अघि सारेको उनले बताए। पहिलो चरणमा नगरका ८ सय जना महिलालाई तालिममा समाबेश गर्ने नगरको लक्ष्य रहेको बताउदै प्रमुख पाण्डेले तालिम पश्चात हरेक टोल टोलमा गृहिणी महिला स्वरोजगार समिति नै गठन गरेर अगाडि बढाउने बताए ।प्रमुख पाण्डेले महिलाहरुलाई आर्यआर्जनसँग जोड्न सिप नै सबैभन्दा ठुलो माध्यम हो भन्ने अभियान चलाएर बुटवललाई एउटा आर्थिक आर्यआर्जनको उर्जाशिल क्षेत्रको रुपमा रुपान्तरण गर्न चाहेको बताए । उनले सिपसिकेर महिलाहरुले उत्पादन गरेका सामग्री कोशेली घरको निर्माण गरि बिक्रीवितरणको व्यवस्था मिलाईने बताए।

गृहिणी महिला स्वरोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७९ अनुसार यो तालिममा सहभागी भएका महिलाहरुले उत्पादन गरेका सामग्री बिक्रीका लागि कोशेली घर निर्माण गरी बजारीकरणको व्यवस्था गर्ने उपप्रमुख सावित्रादेवी अर्यालले बताइन्। वडा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपानेले स्थानीय स्तरमा महिलाहरुमा उत्साह बढेको र यसले बुटवललाई सीप र उत्पादनका क्षेत्रमा अगाडि लैजाने बताए। स्थानीय समन्वय संस्था हातेमालो परोपकार केन्द्रकी अध्यक्ष लक्ष्मी खनालले महिलाहरुका लागि ल्याइएको यो कार्यक्रमको सदुपयोग गर्दै सीप सिकेर स्वरोजगार बन्ने बताइन्। वडा नम्बर ६ बाट गुन्द्रुक र मस्यौरा बनाउने तालिम शुरु भएको नगर प्रमुख गृहणी महिला रोजगार कार्यक्रमका प्रमुख विजयदेव भुर्तेलले बताए।

बिज्ञापन

बुटवलमा ७० जना गृहिणी महिलाहरुका लागि चुरा, पोते, टिका बनाउने ४५ दिने तालिम, १०० जना महिलाहरुका लागि १५ दिने गुन्द्रुक, मस्यौरा बनाउने तालिम, १०० जना महिलाका लागि १ महिने दुना टपरी बनाउने तालिम, ६० जना महिलाका लागि बिभिन्न जातजातिको भेषभूषा, ड्रेस तयार गर्ने २ महिने तालिम दिने योजना रहेको छ। यस्तै ५० जना महिलाका लागि बटुवा धुपबत्ति बनाउने १५ दिने तालिम, २० जना महिलाका लागि आईसक्रिम बनाउने १५ दिने तालिम, १० जना महिलाका लागि थाकलबाट झोला, टोपी, चकटी, गमला बनाउने १ महिने तालिम, १०० जना महिलाका लागि झिनीया रोटी, सेलरोटी, बटुकरोटी, कोदोको रोटी, सुख्खा रोटी, तावा रोटी, फापरको रोटी र परौठा बनाउने १५ दिने तालिम गरी जम्मा नगरमा रहेका ५१० जना गृहिणी महिलाले तालिम पाउने छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,नियुक्तिदेखि दरबन्दी तेरिज स्वीकृतसम्म

सडकमा १८३ सबइञ्जिनियरहरुको सरुवा

अर्थका २० अधिकृतको सरुवा : राजश्व अनुसन्धान विभागमा १५ को ‘इन्ट्री’

अध्यादेशद्धारा उल्टियो ओली सरकारको निर्णय

अध्यागमन विभागद्वारा विदेशीमाथि कडाइ — ‘निगरानी नराखिए राष्ट्र कमजोर हुने’ निर्देशन

भरतपुरका प्रमुख प्रशासकीय भन्छन् “धुर्मुस सुन्तली फाउण्डेसनको ऋृण तिर्न कानुनी आधार भेटिएन”

मन्त्रिपरिषद्को बैठक बस्दै,निर्वाचनमा सेना परिचालनको निर्णय गर्ने

यी हुन सरकारले तोकेका २६ सार्वजनिक खाद्य विश्लेषक

बिशेष