पाँच स्थानीय तहको बेरुजु शून्य, लक्ष्मीपुर गाउँपालिकाको अनियमित खर्च २६ प्रतिशत

गत आर्थिक बर्षमा ७५३ वटा स्थानीय तहमध्ये पाँच वटा पालिकाको बेरुजु शून्य रहेको पाइएको छ । कार्यालयका अनुसार सातै प्रदेशका ७ सय ५३ स्थानीय तहमध्ये मध्ये ७ सय ४६ स्थानीय तहको लेखापरीक्षण गरिएकामा पाँच तहका शून्य बेरुजु देखिएको छ । एउटा स्थानीय तहको बेरुजु २५ प्रतिशतभन्दा बढी रहेको विवरण महालेखाले सार्वजनिक गरेको छ ।

बिज्ञापन

बेरुजु शून्य भएका पाँच पालिकामा बागमती प्रदेशका तीन र कोशी प्रदेशका दुईवटा पालिका रहेका छन् ।बागमती प्रदेश अन्तर्गत काभ्रेको महाभारत गाउँपालिका, ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिका र धादिङ्गको बेनीघाट रोराङ गाउँपालिका, कोशी प्रदेशको पाँचथरको याङवरक गाउँपालिका र ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकामा शून्य बेरुजु रहेको छ ।

बिज्ञापन

यस्तै सिराहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकाको २५ दशमलव ३५ प्रतिशत बेरुजु छ । लक्ष्मीपुर पतारी गाउँपालिका नेपालकै धेरै बेरुजु भएको स्थानीय तहमा पर्दछ । यस्तै रौतहट जिल्लाको बृन्द्रावन नगरपालिकामा ११ दशमलव ८४,राजपुर नगरपालिकाको १० दशमलव ५९, कटहरिया नगरपालिकाको १२ दशमलव ९२ प्रतिशत, गढीमाई नगरपालिकाकामा १२ दशमलव ६३ प्रतिशत बेरुजु छ । महोत्तरीको बलवा नगरपालिकाको ११ दशमलव ८५ प्रतिशत बेरुजु रहेको छ । महोत्तरीकै लोहरपट्टी नगरपालिकामा ११ दशमलव २३ प्रतिशत बेरुजु छ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको १० दशमलव ३० प्रतिशत बेरुजु छ । सिराहाको लहान नगरपालिकाको १२ दशमलव ७६ प्रतिशत बेरुजु छ । नवराजपुर गाउँपालिकाको ११ दशमलव २० प्रतिशत, भगवानपुर गाउँपालिकाको १० दशमलव ३० प्रतिशत बेरुजु छ ।

यस्तै बेरुजु कम भएका महानगरपालिका मध्ये भरतपुर महानगरपालिकाको ० दशमलव १ प्रतिशत बेरुजु रहेको छ । ललितपुर महानगरपालिकाको ० दशमलव ४६ प्रतिशत बेरुजु रहेको छ । विराटनगर महानगरपालिकाको १ दशमलव ०३ प्रतिशत बेरुजु रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दुुई सहसचिव सचिवमा बढुवा सिफारिस

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

फागुन २१ मा निर्वाचन नभए के हुन्छ ?

पूर्वउपकुलपति डा भण्डारीविरुद्ध १२ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौंको सुरक्षा व्यवस्था कडा,सात हजार प्रहरी तैनाथ

काँग्रेसको बैठकमा देउवा नजाने,पूर्णबहादुरले चलाउने

सत्ताच्यूत भएपछि कालोसूचीमा परेका ओलीले गुण्डुबाट विशेष सम्बोधन गर्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

बिशेष