मंगलबार १ बजे बजेट भाषण

सरकारले प्रतिपक्षी नेपाली काँग्रेस लगायतका अवरोधका बीच नै आगामी आर्थिक बर्ष २०८१/ ८२ का लागि बजेट ल्याउने तयारी गरेको छ । आजको बैठक अन्त्य गर्दै सभामुख देवराज घिमिरेले मंगलबार दिउँसो १ बजे दुवै सदनको संयुक्त बैठकमा उपस्थितिका लागि सांसदहरूलाई आग्रह गरेका छन् ।

बिज्ञापन

आगामी आर्थिक वर्षको बजेट प्रस्तुतका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक १५ जेठमा बस्ने भएको छ । १५ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार त्यस दिन अर्थमन्त्री वर्षमान पुनले बजेट पेस गर्दैछन् ।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् ।

बिज्ञापन

बजेट पेसका लागि मंगलबार दिउँसो १ बजे संसदको संयुक्त बैठक बस्नेछ ।बजेट भाषणपछि दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नेछ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसदमा नाराबाजी गर्दै आएको छ । आज पनि नारावाजी र हो हल्लाकै बीच प्रतिनिधिसभाले नीति तथा कार्यक्रम पारित गरेको छ । सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गरेका हुन ।

 

बिज्ञापन

मंगलबार १ बजेसम्म दलहरुबीच सहमति नभए उक्त दिन पनि कांग्रेसको नाराबाजीबीच संसदमा बजेट पेस हुने सम्भावना छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फ्लाइङ कार’ को नाममा ड्रोन देखाएर प्रधानमन्त्री ओलीसम्म झुक्याइयो

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

प्रकाशचन्द्र खतिवडाको कविता : साम्यवाद

पालिका अध्यक्षद्धारा गर्भवती महिलाको उद्धार

मन्त्री सुडी र सचिव बस्नेतबीच कार्यसम्पादन सम्झौता

शहरीमा भद्रगोल :दुई दर्जन कर्मचारी बरण्डामा, दर्जन कर्मचारीलाई दोहोरो जिम्मेवारी र निमित्त

बिशेष