‘वाइवाइ’ चाउचाउमाथि धमाधम प्रतिबन्ध

बागलुङको गल्कोट नगरपालिकाले चौधरी ग्रुपको उत्पादन वाइवाइ चाउचाउ किनबेचमा पूर्ण प्रतिबन्ध लगाएको छ । ४ नम्बर वडा कार्यालयले आफ्नो क्षेत्रभित्र वाइवाइ किनबेच गर्न नदिने निर्णय गरेको हो ।

बिज्ञापन

नेपालमा सर्वाधिक बिक्री हुँदै आएको चौधरी ग्रुपद्धारा उत्पादित वाइवाइ चाउचाउमा प्रयोग गरिएको कच्चा पदार्थ र रसाइन विषदीयुक्त रहेको भेटिएको विषदीयुक्त रहेको भेटिएपछि चाउचाउको बिक्रीमै प्रतिबन्ध लगाइएको छ । बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित वाइवाइ चाउचाउमाथि वडाले प्रतिबन्ध लगाइएको हो ।कार्यालयले सूचना जारी गर्दै कसैले वाइवाइ चाउचाउ बेच्न राखेको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ । ‘उपरोक्त सम्बन्धमा चौधरी ग्रुपको वाइवाइ चाउचाउलाई काठमाडौं महानगरपालिकाले परीक्षण गरी उक्त चाउचाउमा क्यान्सरजस्तो आत्माघाती तत्व प्रमाणित भएकाले उक्त चाउचाउ गल्कोट नगरपालिका वडा नम्बर ४ भित्र किनबेच गर्नका लागि पूर्णरुपमा प्रतिबन्ध गरिएको…’, सूचनामा उल्लेख छ ।

बिज्ञापन

विवादास्पद व्यापारी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीको सिजी ग्रुपले उत्पादन गरेको वाइवाइ चाउचाउमा क्यान्सर हुनसक्ने घातक रसायन भेटिएको थियो । काठमाडौं महानगरपालिकाले गत वैशाख १२ गते गुणस्तर परीक्षणका क्रममा एसिड भ्यालु अत्याधिक बढी पाएपछि कम्पनीलाई दुई लाख रुपैयाँ जरिवानासमेत तिराएको थियो ।त्यस्तै, वाइवाइको ब्याच नम्बर ६० जीएमआरएस २० एआर वाइएल २३ सीएचआइ २०८० को उत्पादन सबै बजारबाट फिर्ता लिन निर्देशन दिइएको थियो ।

चाउचाउले शरीरमा अक्सिडेन्टको मात्रा बढ्न गई क्यान्सरले आक्रमण गर्ने, हड्डी कमजोर हुने, मुटुका भल्भहरू साँघुरिँदै जाने, मस्तिष्कमा रक्त प्रवाह गर्ने नलीहरू सुनिने, मुत्रासयमा मासु पलाउने, फिस्टुला र पायल्सको समस्या बढ्नेलगायतका रोगहरू देखा पर्दछन् ।साथै, गर्भवती तथा प्रजनन् उमेरका महिलाहरूमा यस्तो लिडले सबैभन्दा ठूलो समस्या निम्त्याउने चिकित्सकहरूले जनाएका छन् । वाइवाइ चाउचाउको प्रयोग बढेसँगै दक्षिणी भारतमा पाठेघर खस्ने, महिनावारी गडबड हुने, गर्भपतन हुने, सुस्तमनस्थितिको बच्चा जन्मने, महिनाबारी भएका बेलामा पेट दुख्ने, योनिबाट सेतो पानी बगिरहने लगायतका समस्या बढी देखिएपछि सो चाउचाउको बिक्री वितरणमा रोकनै लगाएको हो । एकाएक यस्ता विरामी बढेपछि हरेक खाद्य सामग्रीको परीक्षण सुरु गरिएको थियो ।

बिज्ञापन

विशेषगरी जंक फुडहरूले यस्तो समस्या निम्त्याउने चिकित्सकहरूले बताउँदै आएपनि अत्याधिकमात्रामा बाईबाई चाउचाउ खानेहरुमा सो समस्या देखा परेको अनुसन्धानबाट खुलेको छ । चाउचाउमा अखाद्य तत्वको मात्रा भेटिएपछि तत्काल प्रतिबन्ध लगाएर वाइवाइ चाउचाउमा परीक्षण गर्दा कहालीलाग्दो परिणाम देखिएको तामिलनाडुमा भएको परिक्षण रिपोटमा भनिएको छ । खाद्यविद्का अनुसार चाउचाउमा पाइने लिडले सबैभन्दा छिटो असर स्नायु प्रणालीमा पुर्याउने गरेको जनाएका छन् ।

वाइबाई चाउचाउमा अरु चाउचाउले समेत प्रयोग नगरिएको अखाद्य रसायन मोनोसोडियम ग्लुकोमेट समावेश गरिएको भेटिएको छ । मोनोसोडियम ग्लुकोमेट रसायनले टाउको दुख्ने, आँखा कमजोर हुने, श्रवण शक्ति नै गुम्ने, जिब्रोले स्वाद पाउन छाड्ने लगायतका समस्या उत्पन्न हुने गर्दछ । यसैगरी, आकर्षक देखाउन सिन्थेटिक (एक प्रकारको प्लास्टिक) समेत वाइवाइ चाउचाउमा प्रयोग गर्ने गरिएको फेला परेको छ ।

आफ्नो उत्पादनको गुणस्तरमाथि प्रश्न उठेपछि सिजी ग्रुपले ठूला मिडियालाई वाइवाइ चाउचाउको विज्ञापन पनि बाँडेको थियो । चार दशकदेखि उत्पादन भइरहेको वाइवाइको गुणस्तर उत्कृष्ट भएको भन्दै कतिपय सञ्चारगृहले समाचार पनि प्रकाशित गरेको हो ।चौधरी ग्रुपले वाइ वाइ तयारी चाउचाउ स्वादसँगै गुणस्तरमा अब्बल आईएसओ र फुड सेफ्टी मेनेजमेन्टको पनि सर्टिफिकेट पाएकाले गुणस्तरीय रहेको भन्दै समाचार प्रकाशित गरेको हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि…

अतिरिक्त सचिवको प्रावधानप्रति मुख्यसचिवको असन्तृष्टि

बिशेष