बाग्मतीमा शालिकरामको शासन :- कोठै पिच्छे मन्त्रालय, झ्यालै पिच्छे साइनबोर्ड

विज्ञहरु भन्छन्, प्रदेशमा एउटा मन्त्रालय थप्दा बार्षिक खर्च ७५ लाख हाराहारी थपिन्छ । तर कुर्सी जोगाउने,सत्ता टिकाउने नाममा मन्त्री थप्दै,मन्त्रालय फुटाउने धन्दा चलिरहेको प्रदेशमा । यस्तै रोग बाग्मती प्रदेशमा पनि देखिएको छ । मुख्यमन्त्रीको कुर्सी जोगाउने र सत्ता टिकाउने नाममा त्यहाँ विज्ञहरुका सुझाव विपरित मन्त्रालयको संख्या १३ पुर्याइएको छ ।बाग्मती प्रदेश सभामा ११० सांसद छन् । विज्ञहरुका सुझाव अनुसार त्यहाँ घटीमा ९ र बढीमा ११ सम्म मन्त्री बनाउनुपर्ने हो तर अहिले मन्त्री र मन्त्रालयको संख्या नै १३ पुर्याइएको छ ।

बिज्ञापन

एकीकृत समाजवादीकी सांसद रमा आले मगर डेढ महिनाअघि बिनाविभागीय मन्त्री बनेकी थिइन् । उनलाई मन्त्रालय भागबण्डा पुर्याउनका लागि भन्दै सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको हो । अब बागमती प्रदेशमा मन्त्रालयको संख्या १३ पुगेको छ । त्यहाँ जगन्नाथ थपलिया,आर्थिक मामिला तथा योजना,गंगा नारायण श्रेष्ठआन्तरिक मामिला तथा कानुन,कुमारी मुक्तानलाई सामाजिक विकास मन्त्रालय,युवराज दुलाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै राजेन्द्र मान श्रेष्ठ,कृषि तथा पशुपन्छी विकास,लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्रालय सम्हाल्दै आएका छन् । शैलेन्द्र मान बज्राचार्य मन्त्री संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा छन् भने केशव प्रसाद पोखरेल वन तथा वातावरण मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय दिइएको छ । यस्तै एकालाल श्रेष्ठ,खानेपानी,ऊर्जा तथा सिंचाई मन्त्रालय सम्हाल्दै आएका छन् भने प्रकाश श्रेष्ठ उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय चलाइरहेका छन् । यस अघि विनाविभागीय मन्त्री रहेकी रमा ओललाई मन्त्रालय भाग पुर्याउन समाजिक विकास मन्त्रालयलाई फुटाइएको हो । बागमती प्रदेश सरकार स्थापना भएको साढे ६ वर्षमा चार पटक मन्त्रालय विभाजन भएका छन् ।

बिज्ञापन

२०७४ मा प्रदेश स्थापना भएपछि पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले ७ वटा मन्त्रालय बनाएका थिए । साढे ३ वर्ष सरकारमा बसेका उनले ७ वटै मन्त्रालयबाट सरकार चलाएका थिए । त्यसपछि अष्टलक्ष्मी शाक्य हुँदा मन्त्रालय टुटफुटको श्रृंखला शुरु भएको थियो । राजेन्द्र पाण्डे मुख्यमन्त्री हुँदा त्यहाँ मन्त्रालयको संख्या १४ पुगेको थियो । शालिकराम जमरकट्टेल मुख्यमन्त्री हुँदा खर्च कटौती गर्न भन्दौ १४ बाट १२ मा झारिएको थियो मन्त्रालयको संख्या फेरि १३ पुर्याइएको हो ।
जबकी प्रशासन सुधार आयोगहरुले प्रदेशमा कायम रहेको संख्याको १० प्रतिशतभन्दा बढी मन्त्री बनाउन नहुने सुझाव दिँदै आएका छन् ।

हाल सामान्य प्रशासन सचिवको कुर्सीमा रहेका तत्कालीन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव मुकुन्द निरौलाको संयोजकत्वमा रहेको कार्यदलले कम्तीमा ९ वटा र बढीमा ११ वटासम्म मन्त्रालालय राख्न सकिने विकल्प दिएको थियो । एउटा मन्त्रालयको वार्षिक खर्च ७३ लाख रुपैयाँ रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बरण्डामा आधा दर्जन सहसचिव,२ महानगर र ९ उपमहानगरमा उपसचिवलाई प्रमुख प्रशासकीयको जिम्मेवारी

इतिहासकै कमजोर महानिर्देशक बने चण्डी,खारेजीको चरणमा राजश्व अनुसन्धान विभाग

बिचौलिया खड्का ४० लाख खर्च गरेर हाकिम फेर्दै

आदेशमा अग्राधिकार,६ महिना पछि पेशी

अदालत छिर्यो अख्तियार : कपिलवस्तुका दुई कर्मचारी भ्रष्ट ठहर,नवलपरासीका कम्युटर अपरेटरविरुद्ध मुद्धा दायर

‘कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न सशक्त आन्दोलनको विकल्प छैन’

१५ बुँदे काठमाडौं घोषणा पत्र जारी गर्दै सकियो प्रथम राष्ट्रिय महिला भेला

सार्वजनिक सेवामा नवप्रवर्तनका उपकरण : एजेन्सकिरण र अर्ध बजारकिरण

बिशेष