संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले कर्मचारीहरुले सिडिओ हुन हानथाप गर्ने तर प्रमुख प्रशासकीय अधिकृत हुन नचहाने विकृती रहेको उल्लेख गरेका छन् ।सहसचिवको दरबन्दी रहेका ११ उपमहानगरपालिकामध्ये ९ वटा अहिले पनि उपसचिवले चलाइरहेको उल्लेख गर्दै कतै कर्मचारी र कतै जनप्रतिनिधिले सरुवालाई व्यवस्थित गर्न अबरोध सिर्जना गरको प्रसंग जोड्दै उनले ११ वटा उपमहानगरपालिका मध्ये नौ वटा निमित्तको भरमा सञ्चालन भइरहेको जनाएका हुन ।
बिज्ञापन
स्थानीय तह प्रगति अनुगमन प्रणालीको शुभारम्भ गर्ने कार्यक्रममा संघीय मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री जोशीले कर्मचारी सरुवाका यस प्रकारको विकृती रहेको उल्लेख गरेका हुन । उनले, सरुवाका लागि थेग्नै नसक्ने राजनीतिक दबाब आउने गरेको बताएका हुन । उनले कर्मचारी सरुवामा राजनीतिक दबाब थेग्नै मुस्किल भएको बताएका छन् ।
बिज्ञापन
उनले आफ्नो मन्त्रालयको नाम संघीय मामिला भएपनि काम भने कर्मचारी सरुवामा बित्ने गरेको बताए । सरुवामा राजनीतिक दबाब थेग्नै नसक्नेगरी आउँदोरहेछ । कतिपय अवस्थामा मैले पनि सकिन मन्त्री जोशीले भने । मन्त्री जोशीले राजनीतिकर्मी, जनप्रतिनिधि र कर्मचारीको दबाबका कारण मन्त्रालयले कर्मचारी सरुवालाई व्यवस्थित गर्न नसकेको बताए । उनले संघीय मन्त्रालयले संघीयताको भन्दा पनि कर्मचारी सरुवामा समय बिताउनुपरेको भन्दै स्थानीय तहहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन गर्नुपरेको उल्लेख गरे । कर्णाली, गण्डकी, लुम्बिनीका नगरपालिकामा उपसचिवको भरमा सञ्चालन भइरहेको जानकारी दिँदै उपसचिवहरु सिडिओ हुन राजी हुन्छन तर स्थानीय तहमा जान नमान्ने गरेको उल्लेख गरे ।
यस्तै डेढ सय भन्दा बढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत निमित्त छन् ।
बिज्ञापन
कर्मचारीले सिडिओ हुन राजी हुने तर प्रमुख प्रशासकीय अधिकृत हुन नमान्ने गरेको अनुभव सुनाउँदै उनले सरुवा प्रणालीको व्यवस्थापन नगरे सँधै समस्या हुने बताए । कोही कर्मचारी जहिल्यै उपत्यकामै घुम्ने, कोही कर्णालीमै बस्नुपर्ने परिपाटीको अन्त्य गराउन आफूले कार्यविधि तयार गर्न लागेको जानकारी उनले दिए । उनले आर्थिक बर्षको अन्त्यमा कर्मचारी सरुवा गर्ने थितिको अन्त्य गर्नुपर्ने बताए ।