हिँउदे अधिवेशनको २३ बैठक :- ठेकेदार सांसद ५ बैठकमा गयल

संसद् बैठकमा उपस्थित भएर नीति निर्माणमा सहभागी हुनु र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनु सांसदको जिम्मेवारी नै हो । तर, रसुवावासीले निर्वाचनबाट जिताएर संघीय संसद बनाएर पठाएका इ. मोहन आचार्य विना सूचना पाँच बैठकमा बैठकमा अनुपस्थित रहेको विवरण संघीय संसद सचिवालयले दिएको छ ।

बिज्ञापन

गत माघमा शुरु भएर वैशाखमा हठात अन्त्य भएको हिँउदे अधिवेशनमा रसुवाका ठेकेदार सांसद ५ दिन गयल भएको भेटिएको छ । विधान अधिवेशनको रुपमा लिइने संसद्को हिउँदे अधिवेशनमा २३ दिन बैठक बसेका थिए । माघ महिनामा २, फागुनमा ८, चैतमा १२ र वैशाखमा १ दिन गरी २३ दिन बैठक चलेका थिए ।

बिज्ञापन

जसमध्ये रसुवाका एक मात्र प्रतिनिधि सभाका ठेकेदार सांसद मोहन आचार्य १८ दिन उपस्थित रहेको संसद सचिवालयको हाजिरी रेकर्डमा देखिएको छ ।
उक्त रेकर्ड अनुसार माघमा २,फागुनमा ७,चैत्रमा ८ र वैशाखमा १ वटा बैठकमा आचार्य उपस्थित भएका हुन ।

फागुनको १,चैत्रमा ४ बैठकमा आचार्य गयल भएका हुन ।

बिज्ञापन

यस अघि संसदको पहिलो अधिवेशनमा आचार्य ८ दिन गयल भएको संघीय संसद सचिवालयले रेकर्ड उपलव्ध गराएको छ । प्रतिनिधि सभाको पहिलो अधिवेशन पुसमा दुई, माघमा आठ, फागुनमा चार, चैतमा नौ र वैशाखमा ६ गरी २९ दिन बैठक चलेको थियो सोमध्ये ८ दिन उनी गयल भएका हुन । सो अधिवेशनमा आचार्य ७२ प्रतिशत उपस्थित र २८ प्रतिशत गयल भएका हुन ।

प्रतिनिधिसभा नियमावलीले एक दिन पनि अनुपस्थित रहँदा पूर्वसूचना दिनुपर्ने व्यवस्था गरेको छ । तर आचार्य सूचना नै नदिइ आठ दिन गयल भएका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

धुलिखेलमा पहिरोपीडितको घरबाट सामान सुरक्षित स्थानमा सारियो

काठमाडौंका प्रमुख राजमार्गहरू एकतर्फी सञ्चालनमा

बिपी राजमार्ग सुचारु हुन ढिलाइ, वैकल्पिक सडक पनि जोखिममा

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

राष्ट्रका लागि लड्ने क्याप्टेन, जीवनका लागि एक्लै योद्धा

दलिय कर्मचारी संगठनको दादागिरी : वरिष्ठ अधिकृत हटाइ युनियन सल्लाहकारलाई प्रमुख बनाउन दबाब

भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

बिशेष