आइटीका खलनायक र पूर्व मुख्यसचिवको के हो कनेक्सन ?

सूचना प्रविधिको क्षेत्रका एकछत्र राज गरेका विकल पौडेल र सुनिल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरिसकेको छ । उनीहरूविरुद्ध एउटा मात्र होइन दुई वटा मुद्धा दायर भैसकेका छन् । सोही समूहले टेलिकमको क्षेत्रमा मात्र होइन इम्बोष्ट नम्बर प्लेट र राहदानी विभागको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) खरिद प्रकरणमा पनि करोडौं घोटला गरेको पाइएको छ । उनीहरू एकपछि अर्को काण्डमा मुछिन थालेका छन् । नेपालीको आइटी सेक्टरमा उनी माफिया ग्याङस्टारको रुपमा देखिएका छन् ।

बिज्ञापन

आइटी माफियाका किङ रहेका विकल पौडेल र ओबर्थर टेक्नोलोजिज कम्पनीका लोकल एजेन्ट सिद्धार्थराज पाण्डे दुवैको मिलेमतोमा तत्कालीन राहदानी विभागका महानिर्देशक लोकबहादुर थापा र पूर्वपरराष्ट्र सचिव (हालका सुरक्षा सल्लाहकार) शंकरदास बैरागी खनालले करोडौं घोटाला गरेको स्रोतको दाबी छ । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अख्तियारले केही दिन अघि प्रकाशराज पौडेलको मोवाइल बरामद गरेपछि त्यसमा भेटिएको प्रमाणको आधारमा बैरागीको पनि संलग्नता भएको आशंका गरिएको हो । प्रकाश पौडेल सुरक्षा सल्लाहकार बैरागीको नातामा सालीको छोरा पर्छन ।

बिज्ञापन

प्रकाश पौडेलको मोबाइलमा भेटिएको प्रमाणको आधारमा शंकरदास वैरागीले समेत ओबर्थर टेक्नोलोजिज कम्पनीसँग बार्गेनिङ गरेको भेटिएको स्रोतले दाबी छ । ‘केही दिनपछि उनलाई पनि सोधपुछमा बोलाउने अख्तियारको तयारी छ’, स्रोतले भन्यो ।

स्रोतका अनुसार डिजाइनमा एमआरपीको फिचर्स परिवर्तन र भेरिएसनका नाममा राज्यकोषमाथि करोडौं हानिनोक्सानी पुर्याउने काममा पूर्वपरराष्ट्रसचिव वैरागी तयार भएका थिए । इम्बोस्ड नम्बर प्लेटमा काम नलाग्ने बनाएका विकल–सिद्धार्थ समूहले एमआरपीमा पनि सरकारी कर्मचारीसँगको मिलेमतोमा उस्तै हर्कत गरेको स्रोतको दाबी छ । एमआरपी र इम्बोस्ड नम्बर प्लेटको ठेक्का सिद्धार्थ लोकल एजेन्ट भएको कम्पनीलाई नै दिलाएर विकल र पराराष्ट्रका तत्कालीन अधिकारीहरूले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई समेत प्रभावमा पारेको स्रोतले जनाएको छ । विकलको डिजाइनमा एमआरपी घोटालामा संलग्न थापा बेल्जियमको राजदूत र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थानीय नियोगका प्रतिनिधि (राजदूत) हुन सफल भएका थिए । शंकरदास भने मुख्यसचिव हुँदै प्रधानमन्त्रीको राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका छन् ।

बिज्ञापन

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा मुख्यसचिव बनेका उनी शेरबहादुर देउवाका पालामा झन् शक्तिशाली बने । शंकरदासपछि विकलसँग विशेष सम्बन्ध भएका बैकुण्ठप्रसाद अर्याल मुख्यसचिव बन्न सफल भएका हुन् । अर्याल विकलसँगको आर्थिक लेनदेन र टेरामक्स प्रकरणमा मुछिएका छन् । मुख्यसचिव अर्याल बयानका लागि अख्तियार धाइरहेका छन् । राहदानी विभागका तत्कालीन महानिर्देशक लोकबहादुर थापा, प्राविधिक प्रतिनिधि राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपनिर्देशक विकल पौडेल, लेखा अधिकृत अनु अर्याल पोखरेल र ओबर्थरका स्थानीय एजेन्ट सिद्धार्थ पाण्डेको मिलेमतोमा राज्यकोषलाई नोक्सानी गराएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

त्यसैगरी विकल पौडेलको सेटिङमा एमआरपीको फिचर्स परिवर्तन गरेरसमेत ८ करोड घोटाला गरेको अख्तियारमा उजुरी परेको थियो । त्यसको अनुसन्धान करिब करिब अन्तिम अवस्थामा पुगेको स्रोतको दाबी छ । विभागले एमआरपीमा ओबर्थरसँग भएको सम्झौताअनुसार तीस लाख थान एमआरपीमध्ये ६ लाख थान पुरानै सम्झौताबमोजिम र २४ लाख थान भेरिएसन गराएर बढाएको दरमा आपूर्ति गर्नुपर्ने थियो । तर, पाँच लाख थान एमआरपीको मात्र पुरानो मूल्यमा र एक लाख थानको भने भेरिएसन गरेर बढाएको नयाँ दरमा भुक्तानी गर्दा राज्यलाई करोडौं रुपैयाँ नोक्सानी भएको थियो ।

ठेक्का हुँदा राहदानी विभागले ४० लाख एमआरपी छाप्न ओबर्थरसँग प्रतिथान एमआरपी ३ डलर ५९ सेन्टका दरले २०६७ भदौ ११ गते ५ वर्षका लागि सम्झौता गरेको थियो । थप २५ लाख थान एमआरपी आपूर्ति गर्न सार्वजनिक खरिद ऐन उल्लंघन गर्दै ओबर्थरलाई नै बिनाप्रतिस्पर्धा दिइएको थियो । थप २५ लाख थान एमआरपी खरिद गर्दा पहिलाको मूल्यमा भेरिएसन गरेर प्रतिथान ५ डलर १४ सेन्ट पु–याएको देखिन्छ । भेरिएसन गरेपछि आपूर्ति गर्नुपर्ने तीस लाख एमआरपीमध्ये २४ लाख थान ५ डलर १४ सेन्टमा र बाँकी रहेको ६ लाख थान ३ डलर ५९ सेन्टमा उपलब्ध गराउनुपर्ने उल्लेख थियो ।

विभागले सम्झौताबमोजिम पुरानै दरमा भुक्तानी गर्नुपर्ने ६ लाख थान एमआरपीमध्ये पाँच लाखलाई पुरानो दरमा र एक लाख थान एमआरपीमा भेरिएसन गरेर बढाएको दरमा भुक्तानी गरेकाले एक लाख थानको प्रतिराहदानी १ डलर ५५ सेन्टका दरले नोक्सानी भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पतञ्जली जग्गा प्रकरणमा मुछिएका सहसचिव २५ हजार धरौटी बुझाएर छुटे

अबदेखि सरकारी सेवामा नियुक्त कर्मचारीले पाउँने छैनन् पेन्सन {परिपत्रसहित}

प्रमुख प्रशासकीय अधिकृत सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सीमा सुरक्षामा स्थानीय तहको सहभागिता महत्वपूर्ण : सशस्त्र प्रहरी बलद्वारा सीमावर्ती वडाध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

पूर्व प्रशासकहरुलाई धमाधम बैंकमा नियुक्ति

कुलिङ पिरियडको चलखेलमा मुछिएका सभापतिको प्रतिक्रिया : “छानबिन समिति बनेपछि जिम्मेवारी छाड्छु”

११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

राजस्व अनुसन्धान विभागको महानिर्देशकको कुर्सी खाली, शक्तिशाली सहसचिवबीच चर्को प्रतिस्पर्धा

बिशेष