सहसचिवको नतिजा सार्वजनिक

लोकसेवा आयोगले सहसचिव तहको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्रशासन,परराष्ट्र,लेखापरीक्षण,न्याय सेवा,सरकारी वकिल समूहतर्फ लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगका अनुसार प्रशासन सेवातर्फ ९,लेखापरीक्षण,परराष्ट्र,न्याय र सरकारी वकिल समूहबाट एक एक जना सहसिचवमा नियुक्तिका लागि सिफारिस भएका हुन ।

बिज्ञापन

प्रशासन सेवा तर्फ ९ जना माग गरेकोमा लिखित परीक्षाबाट अन्तर्वार्तामा छनौंट भएका १३ जनाको अन्तर्वार्ता,मामिला प्रस्तुतिकरण र लिखित परीक्षाको प्राप्ताकको आधारमा नतिजा सार्वजनिक गरेको हो ।

बिज्ञापन

आयोगको नतिजा अनुसार,विनोदबहादुर खड्का,राजन पौडेल, पुरुषोत्तम शर्मा,कृष्णप्रसाद मैनाली,केशवराज सुवेदी,बेदप्रसाद भण्डारी,मिरा आचार्य,रविलाल शर्मा र ज्ञानहरी शर्मालाई बढुवा नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको छ ।

यस्तै लेखापरीक्षण समूहबाट राजेन्द्रराज ओझा नियुक्तिका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

आयोगका अनुसार,परराष्ट्र सेवाबाट ज्ञानबहादुर मगर,सरकारी वकिल समूहबाट दीपशिखा मुनाकर्मी,न्याय सेवाबाट दीपक भण्डारी नियुक्तिका लागि सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुशासनमैत्री,नागरिकमैत्री कर्मचारीतन्त्र निर्माणमा दलको प्रतिवद्धता खोज्दै एकीकृत सरकारी कर्मचारी संगठन

प्रमुख प्रशासकीय अधिकृत,सव इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

निर्वाचन आचारसंहिताकै बीच नियामक निकायमा धमाधम नियुक्ति

‘सचिवस्तरीय’ निर्णयबाट भएको आधा दर्जन कर्मचारी सरुवा ‘मन्त्रीस्तरीय निर्णयले बदर

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

गृहमा अनेकन मनपरी : सहसचिवहरु जगेडामा,तालिम नलिएका कर्मचारीलाई धमाधम सिडियो

कर्मचारी सरुवामै चुनावी सरकारको ध्यान,निर्वाचन आचारसंहिता लाग्दा समेत सचिव सरुवा

पुनरावेदकको मागदावी पुग्ने अदालतको ठहर पछि यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बिशेष