तस्करसँग समाएको सुन पगाल्ने मेसिन राजश्व अनुसन्धान विभागले नेपाल राष्ट्र बैंकलाई नदिएपछि केन्द्रीय बैंकले ५० लाख लगानीमा सुन पगाल्ने मेसिन खरिद प्रक्रिया अगाडि बढाएको छ । विभागले टोखा र सोह्रखुट्टेबाट चार वटा सुन पगाल्ने मेसिन बरामद गरेको भए पनि केन्द्रीय बैंकलाई हस्तान्तरण गरेको छैन ।
बिज्ञापन
क्विन्टलका क्विन्टल सुन बरामद हुन थालेपछि केन्द्रीय बैंकले सुन गाल्न नयाँ मेसिन किन्ने तयारी गरेको छ । हाल टक्सार महाशाखासँग दुईवटामात्र मेसिन भएकोमा नयाँ मेसिन किन्ने तयारी थालिएको टक्सार महाशाखा स्रोतले जनाएको छ । टक्सार विभागका अनुसार नेपाल राष्ट्र बैंकले यस्तो मेसिन खरिद प्रक्रिया अगाडि बढाएको हो । टक्सारले झण्डै ५० लाख खर्चेर अर्को अत्याधुनिक सुन पगाल्ने मेसिन खरिद प्रक्रिया अगाडि बढाएको जनाएको छ । हाल नेपाल राष्ट्र बैंकसँग राष्ट्र बैंकसँग जम्मा दुईवटा मात्र सुन पगाल्ने मेसिन छ । राष्ट्र बैंकका अनुसार पौराणिक प्रविधिको एउटा र (अत्याधुनिक) इलेक्ट्रोनिक प्रविधिको गरी दुई वटा मात्र सुन पगाल्ने मेसिन नेपालमा छ ।
बिज्ञापन
यसबीच निजी कम्पनीले दुई वटा सुन गाल्ने मेसिन भित्र्याएको कागजत भेटिएको छ । भेप प्रकरण उत्कर्षमा पुगेकै बेला तामाङ प्रनुज ट्रेडर्स प्रालिले रसुवा भन्सार हुँदै २ वटा मेसिन ल्याएको हो । कम्पनी रजिस्ट्रार कार्यालयमा ०७५ फागुन ५ मा दर्ता भएको उक्त कम्पनीको संस्थापक ओमकुमारी गुरुङ, पार्चे ८ कास्की (ना प्र नम्बर १३१४७५) र चौरीदेउराली काभ्रेपलाञ्चोक (१२८४१०० का प्रकाश लामाको संयुक्त नाममा रहेको उक्त कम्पनीले २ वटा सुन पगाल्ने मेसिन गत जुन ८, २०२३ मा रसुवा नाका हुँदै चीनबाट भित्र्याएको थियो । सो कम्पनीले आन्तरिक राजश्व कार्यालय गोकर्णेश्वरमा स्थायी लेखा नम्बर ६०६७३६१० मार्फत कारोबार गरिरहेको छ ।
बिज्ञापन
अहिले ती सुन पगाल्ने मेसिन कहाँ, कुन हालतमा छ ? कसरी ल्याइयो ? यत्रो भन्सार तिरेर पाँच पाँच केजी सुन पगाल्ने मेसिन ल्याइएको छ भने त्यसबाट कति सुन पगालियो र ती सुन कहाँ लगियो ? कतै लेखाजोखा छैन । टक्सार विभागका कर्मचारीका अनुसार राष्ट्र बैंकसँग भएको सुन पगाल्ने मेसिनको बजार मूल्य १२ लाख हाराहारी छ । तामाङ प्रनुज ट्रेडर्सले भने वैधानिक बाटोबाटै २ लाख ७ हजार ६७३ भन्सार तिरेरै उक्त मेसिन भित्र्याएको देखिन्छ । रमेश खड्का नामक अधिकृतले त्यसमा हस्ताक्षर गरेका छन् ।
भन्सार विभाग स्रोतका अनुसार प्रज्ञान पत्रमा एउटामात्र सुन पगाल्ने मेसिनको अनुमति लिएर दुईवटा सुन पगाल्ने मेसिन ल्याएको भेटिए पछि रसुवा भन्सारले तामाङ प्रनुज ट्रेडर्सलाई शत प्रतिशत पेनाल्टी तिराएको थियो । सोही कारण उसले २ लाख ७ हजार ६७३ भन्सार शुल्क तिरेर रसुवा नाका हुँदै सुन पगाल्ने मेसिन भित्राएको थियो ।
उक्त मेसिन,कहाँ कुन अबस्थामा छन्,राज्यका निकायहरुलाई केही जानकारी छैन ।