सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीले अवैध रुपमा ल्याइएको १० हजार केजी प्याजको गाडी बरामद गरेको छ । १० हजार केजी प्याज, बोरा सिलाउने मेसिन र गाडीको बिगो मूल्य सहित कायम गरी ५० लाख बराबरको अवैध सामान बरामद गरी आज भैरहवा भन्सार कार्यालयमा प्राप्त भएको प्रमुख नारद गौतमले जानकारी दिए ।
बिज्ञापन
रुपन्देहीको सिद्धार्थनगर ४ दोगहरा इलाकामा भारतबाट अवैधरुपमा नेपालतर्फ ल्याएर बाँसको छाप्रोमा भण्डारण गरी ग १ ख ९२२६ नं. को २.५ टाटा गाडीमा गत आइतबार राती साढे दश बजेको समयमा लोड गर्दै गरेको अवस्थामा फेला पारेको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन न्यौपानेले जानकारी दिए ।
२७ गणका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरको नेतृत्वमा खटिएको ११ जना सीमा अनुगमन टोलीले सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा उक्त प्याजसहितको गाडी पक्राउ गरिएको हो ।

























