सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चल्यो : डा.भट्टराई

वैशाख ९, बुटवल । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपालका पार्टीहरु उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन् ।

बिज्ञापन

उनले ठूलो त्याग र वलिदानले ल्याएको गणतन्त्र लोकतन्त्रलाई बचाउन नसक्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको भन्दै राजनीतिक दलहरुकै कारण देश र जनताको अवस्था निकै गम्भीर अवस्थामा पुगेको जिकिर गरे । आइतवार  डाक्टर भट्टराईले यस्तो बताएका हुन् ।

बिज्ञापन

देशमा अहिले चरम बेरोजगारी, बेथिति र उद्योग व्यवसायहरु धरासायी बन्दै गएकोप्रति वर्तमान सरकारले ध्यान नदिएको, सरकारले उठाएका ठूला फाईलहरुको हालसम्म कुनै टुङ्गोमा पुर्योउन नसकेको जनाउँदै सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चलेको दाबी गरे ।

अध्यक्ष भट्टराईले भने, राजनीतिक भनेको देश लुट्ने अस्त्र बन्यो । चुनाबलाई महंगो बनाउने र नागरिकले दिएको भोटले जितेर त्यसको फाईदा विभिन्न नाममा भ्रष्टाचार गर्ने प्रवृत्तिले देश ठूलो भड्कालो जाँदै गरेको उल्लेख गरे । देशमा उदाएका नयाँ शक्तीहरुको उपयुक्तता नहुने ठोकुवा गर्दै अब देशको विकासका लागि विभिन्न दिशामुखि दलहरु भन्दा देशलाई नेपालमुखि दल चाहिएकाले आफ्नो पार्टीलाई नयाँ बैकल्पिक पार्टी बनाउने दृढताका साथ अगाडि बढेको जनाए ।

बिज्ञापन

उनले थपे, आफ्नो पार्टीलाई केही शक्तिहरुले धमिलो बनाउन खोजेका थिए । मैले ती तत्वहरुलाई प्रदूषित गराउनबाट बचाउन अलग गरिसके म अब आफ्नो पार्टीलाई नेपालमुखी बनाउनेमा कस्सिएको छु , डा।भट्टराईले भने । अहिलेको राजनीतिक गठबन्धन ठगबन्धन भएको बताउँदै यो गठबन्धन पहिले नै असफल भएकाले पटक पटक दोहोर्‍याए पनि सही मार्गमा जान नसक्ने बताए । जनताहरुले यसबाट कुनै नयाँ परिवर्तनको अपेक्षा नराखेको उनको भनाई थियो ।

नेता भट्टराईले सत्ताको लालाची आफु कहिल्यै भएन । हुँदैन पनि ।  पदको निम्ति कहिले पनि कसैसँग सम्झौता गरेको छैन् । मैले कुनै भ्रष्टाचार गरेको कुनै प्रमाण छ रु भन्दै प्रश्न गरे । केही भुक्ने कुकुर छन्, ती भुक्ने कुकुरहरुलाई ढुङ्गा हान्ने भन्दा मेरो ध्यान आफ्नै बाटोमा लागेको छु । हामीहरुको एउटा माग छ त्यो हो, प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको निर्वाचन प्रणाली । त्यसमा गयो भने मात्रै देशमा स्थायित्व सरकार आउने र विकास हुने विश्वास छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

राष्ट्र बैंकमा दुवै डेपुटी गभर्नर पद रिक्त, नयाँ नियुक्ति प्रक्रिया अझै सुरु भएन

पेरूको राजनीतिक अस्थिरता र फुजिमोरीको निरंकुशता

अमरेश सिंहको गगन थापालाई खुल्लापत्र: चुनावका तीता कुरा बिर्सेर देश निर्माणमा लागौँ

यस्तो १६ निर्वाचन क्षेत्र : कतै ५० हजारको मतान्तर,कतै ५ मत अन्तरले हार जित

समानुपातिकमा ७६ लाख बढी मतगणना : यही अनुपात कायम रहे कुन दलले कति सिट पाउँछन् ?

कर्मचारीतन्त्र सुधार्न धेरै होइन, ८ निर्णय काफी : उपसचिव ढकाल

बागमती प्रदेशका ३१ निर्वाचन क्षेत्र रास्वपाले बढार्दा रसुवाले पत्याएन

बिशेष