सिंहदरबारकै कर्मचारीको स्वीकारोक्ति :- दलालले चलाउँछन् मन्त्रालय

मुलुककै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार,त्यहाँ बन्ने नीति नियमले मुलुकको भविष्य कोरिन्छ । यो निकाय मन्त्री,सचिव र कर्मचारीहरुले चलाउँछन् भन्ने लाग्छ,तपाई हामीलाई तर यही बस्ने कर्मचारीहरु भन्छन्,पछिल्लो समय निर्णय प्रक्रियामा विचौलिया हाबी हुन थाल्यो । सर्वसाधरण,जनताका होइन कि विचौलियाका इच्छा र चाहना अनुसार नीति निर्माण हुन थालेको कर्मचारी प्रेसका सम्पर्कमा आएका अधिकांश प्रशासकहरुले स्वीकार गरेका छन् ।

बिज्ञापन

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत एक सहसचिवका अनुसार ‘राजनीति र कर्मचारीतन्त्रमाथि दलालतन्त्र हाबी हुँदै जाँदा अहिले सिंगो प्रशासन संयन्त्र त्राहीमाम छ ।’निर्णयकर्ता उम्कने,टिप्पणी उठाउने सोझा सिधा कर्मचारीलाई मात्र अख्तियारदेखि मुद्धा मामिला खेप्नुपर्ने भए पछि अहिले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका कर्मचारीले कलमै चोप्नै छाडेका अनुभव सुनाउँछन्,उनी ।

बिज्ञापन

भूमि व्यवस्था मन्त्रालयका सहसचिवको अनुभव पनि उस्तै छ । ‘पहिला क्याविनेटका निर्णय सुप्रिम मान्थ्यौं, तर पछिल्ला चरणमा अदृश्य तत्वले नै सिंहदरबार चलाइरहेको’ अनुभव सुनाउँछन् उनी । सिंहदरबारमा बन्ने नीति नियमले सिंगो देश अगाडि बढ्छ । तर इमान्दार प्रशासकहरु भन्दछन्,‘राम्रो काम गर्न कर्मचारीलाई सिंहदरबारमा वातावरण नै छैन ।’विचौलियाका इन्ट्रेष्ट अनुसार काम नगर्ने कर्मचारीलाई भकुण्डो बनाइने गरेको अनुभव सुनाए उनले ।

यस्को उदाहरण पेश गर्दै ती कर्मचारीले भने,जस्तो केही अघिमात्र भूमि आयोगमार्फत अतिक्रमितहरुलाई ६० प्रतिशतसम्म राजश्व छुट दिने गरी जग्गा बाढ्ने प्रस्ताव तयार भयो । झण्डै खर्बाै राजश्व छुटमा जान्थ्यो यसरी जग्गा बाडिदा तर अर्थमा पुगेर फाइल रोकिएको छ । यस्तै आर्थिक मन्दी छाएको र अर्थतन्त्र डाँवाडोल भएको मौका छोप्दै जग्गा कारोबारी, रियल इस्टेट कम्पनी मालिक, ठूला उद्योग तथा कलकारखानाका मालिकका अलवा भूमाफिायाहरुलाई पक्षपोषण गर्ने गरी ऐन संशोधनको प्रस्ताव भूमि मन्त्रालय हुँदै कानुन मन्त्रालयमा पुगेको छ ।गोप्य रूपमा भूमिमाथिको हदबन्दी हटाउन मन्त्रालयबाट निर्णय भएर कानुनी प्रक्रिया अघि बढिसकेको छ । भूमिसम्बन्धी ऐन २०२१ (आठौं संशोधन २०७६) हेरफेर गर्न भूमिसुधार मन्त्रालयबाट मन्त्रालयमा मस्यौदा पठाइसकिएको छ । विद्यमान व्यवस्थामा तराई, मधेशमा १० बिघा, काठमाडौं उपत्यकामा २५ रोपनी र उपत्यकाबाहेक पहाडी क्षेत्रमा ७० रोपनीको हदबन्दी कायम छ । योबाहेक घरबारीको निम्ति सम्बन्धित व्यक्ति वा उसको परिवारले तराईमा १ बिघा, काठमाडौंमा ५ रोपनी र पहाडमा ५ रोपनी जग्गा थप राख्न सक्ने कानुनी व्यवस्था छ । सहसचिव कुमार दाहालले यसमा कलम चलाउन नचाहेपछि प्रशासन हेर्ने सहसचिव गणेश भट्टलाई हस्ताक्षर गर्न लगाएर फाइल अगाडि बढाइएको स्रोतले जनाएको छ ।

बिज्ञापन

यी दुईवटामात्र उदाहरण हेर्ने हो भने ‘त्यो पात्र आफू मन्त्रालयमा आइपुग्दैन, फोन पनि कहीँ कतैबाट गराउँदैन, तर कसको इन्ट्रेस्टमा यो सबै काम भइरहेको छ, रहस्यमय छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरण,टेरामक्स, ललिता निवास,सुन काण्ड,वाइवडी,मेलम्ची लगायतका जति पनि भ्रष्टाचारका प्रकरणहरु सार्वजनिक भए । ती प्रकरणमा नेतालाई उन्मुक्ति दिने र रिटायर्ड भएका प्रशासकहरुलाई समेत पोल्न थालिएपछि अचेल सिंहदरबारका कर्मचारीले नीतिगत निर्णय गर्न छाडेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अर्का उपसचिले आफ्नो अनुभव सुनाए ।

पहिला पहिला भन्सार,मालपोत,एयरपोर्ट अध्यागमन जान कर्मचारीहरुको लाइन लाग्दथ्यो । सुन काण्ड पछि अहिले त्यहाँ जाने कर्मचारीको खडेरी लागेको छ । टिआइए भन्सारमा अरुण पोखरेलपछि गोगन बहादुर हमाल हुँदै शोभाकान्त पोखरेललाई त्यहाँ खटाइएको हो तर उनी जानै मानेनन । अत्यन्त संवेदनशील मानिएको उक्त निकाय तीन महिनादेखि निमित्तकै भरमा चलिरहेको छ । अहिले त्यहाँ उपसचिव गगनबहादुर बिकेले निमित्तको जिम्मेवारी सम्हालिरहेका छन् । सात जना उपसचिवको दरबन्दी रहेको उक्त कार्यालयमा ४ उपसचिव रिक्त छ । भएका ३ मध्ये पनि उपसचिव श्रीधर टण्डनलाई सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पोलेका कारण २ जनामा सीमित छ । अधिकृतको हविगत पनि उस्तै छ,त्यहाँ । पछिल्लो समयमा विमानस्थल भन्सार,मालपोत,यातायात लगायतका कार्यालय ‘करियर’ भएका कर्मचारीको रोजाइमा पर्न छाडेको टिप्पणी गर्दैछन्,प्रशासकहरु नै ।

प्रशासन संयन्त्रसभित्र डिलरसीपको निर्णय ओभरसुट हुन थाल्यो । कुनै पनि निर्णय मन्त्रालय,वालुवाटारमा होइन । अदृश्य तत्वले निर्णय गराउने,आफू कतै नदेखिने,तर भोलि अप्ठ्यारोमा पर्ने र फस्दा टिप्पणी उठाउने,सदर गर्नेसम्म प्रशासकहरु फस्न थाले पछि अहिले अधिकांश मन्त्रालयका कर्मचारीहरुले कलमै चोप्न छाडेको अनुभव सुनाउने गरेका छन् । ‘काम गरे विवादमा,कामै नगरे हाइसञ्चो !’  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका अर्काे सहसचिवको टिप्पणी हो यो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संघीय निजामती सेवा विद्येयक : आज कर्मचारी ट्रेड युनियनसँग छलफल, भोलि पारित गर्ने तयारी

कक्षा १२ को परीक्षा नरोकिने,निजामती कर्मचारी परिचालन गरेर सञ्चालन हुने

शिक्षक आन्दोलनमा विश्वभरबाट सहयोग र ऐक्यबद्धता प्राप्त

अर्बौंको कर छली गर्ने मालपानी बाणिज्य विभागको फन्दामा

प्रजातान्त्रिक उदार शासन प्रणालीमा कूटनीतिका आयाम

केदारनाथ शर्मा बने भूमि व्यवस्था सचिव

चन्द्रकला पौडेल सचिवमा बढुवा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

बिशेष