दुईतिर डुंगामा ढुंगनाको खुट्टा,तोयमलाई पर्यो महालेखापरीक्षकको चिठ्ठा

एउटै खुट्टा दुईतिर टेक्दा यस पटक पूर्व अर्थ सचिव शिशिर ढुंगना चिप्लिएको चर्चा एमाले क्याम्पमा चल्न थालेको छ । ११ महिना अघि महालेखापरीक्षकका रुपमा कार्यरत टंकमणि शर्मा घर फर्किएसँगै रिक्त थियो उक्त पद ।

बिज्ञापन

७ जेठ २०८० मा महालेखापरीक्षक टंकमणि शर्माको कार्यकाल सकिएपछि महालेखापरीक्षकको कार्यालय नेतृत्वविहीन भएको थियो । २ भदौसम्म १६ जनाले महालेखापरीक्षक बन्न दाबी गरेका छन् । त्यसरी दाबी गर्ने तथ्यांक सचिव तोयम रायका अलवा कार्यबाहक महालेखा परीक्षक महेश्वर काफ्ले, उपमहालेखा परीक्षक बामदेव शर्मा अधिकारी, पूर्वसचिव शिशिरकुमार ढुंगाना, राममाया कुँवर, रामशरण पुडासैनी, गोपीनाथ मैनाली, हरि बस्याल, रामप्रसाद थपलिया, शंकर खरेल, बाबुराम गौतमले आवेदन दिएका थिए । यस्तै महालेखामै नायब महालेखापरीक्षक पदमा कार्यरत सहसचिव बैकुण्ठबहादुर अधिकारी र चन्द्रकान्त भण्डारी,विवादित चार्डर्ट एकाउन्टेन्टहरु सुबोधकुमार कर्ण र हरि सिलवालहरुले दरखास्त दिएका थिए ।

बिज्ञापन

संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश विशम्म्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना मगर छन् । केपी शर्मा ओलीले चाहेको व्यक्ति नै महालेखापरीक्षक बन्ने स्थिति थियो । यसकारण चर्चामा थिए पूर्व अर्थ सचिव शिशिर ढुंगना । तर बाजी मारे,तोयम रायाले । यी सबैलाई पछि पार्दै सचिव राय ६ बर्षे कार्यकालका लागि महालेखापरीक्षक नियुक्तका लागि सिफारिस भए । जबकी सरुवाको लिष्टमा उनलाई तथ्यांक कार्यालयबाट तानेर उद्योगमा ल्याउने सुरसार चल्दै थियो तर घर जानु ६ महिना अगाडि ढुक्कैले ६ बर्ष कार्यकालका लागि जागिर सुरक्षित पारे तोयमले । रायको नाममा केपी ओली अडिएपछि राजनीतिक स्रोतले बालुवाटार,बूढानीलकण्ठ र बालकोट सबैलाई मिलाउन उनी सफल भएको अर्थ लगायो । अस्तिको बैठकमा सहर्ष उनको नाम चयन हुनुलाई प्रशासन र राजनीतिक दुवै क्षेत्रमा सुखद आश्चर्यको रुपमा लिइएको बताइन्छ ।

अर्थबाट बाहिरिएपछि लोकसेवा आयोग ताकेका र त्यहाँ पनि ठाउँ नपाएका शिशिर प्रमुख महालेखा परीक्षक बन्ने पक्कापक्की थियो तर उनले अर्थमन्त्री बर्षमान पुनसँग सम्बन्ध बढाएको थाहा पाएपछि बालकोट चिढिएका कारण उनी महालेखा परीक्षक बन्नबाट चुकेको चर्चा एमाले निकट पूर्व प्रशासकहरुबीच चल्ने गरेको छ । ‘बालकोटले निकै भरोसा गर्दै आएको अवस्थामा उनी अर्थमन्त्री वर्षमान पुनसँग नजिकिएपछि निर्णय रायको पोल्टामा परेको हुनुपर्छ’ एमाले निकट एक जना पूर्व प्रशासकले भने ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष