एनएमबि बैंकको सुनवल शाखाद्वारा विद्यालयलाई सिसिटिभि क्यामेरा प्रदान

एनएमबि बैंकको सुनवल शाखा कार्यालयले सुनवल बनकट्टी स्थित भगवती माध्यमिक विद्यालयलाई सिसिटिभि क्यामेरा प्रदान गरेको छ । विद्यालयको सुरक्षालाइ ध्यानमा राख्दै सिसिटिभि क्यामेरा प्रदान गरिएको एनएमबि बैंक सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले जनाएका छन् ।

बिज्ञापन

भगवती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर पौडेल, प्राचार्य बाबुराम पाण्डे, शिक्षक अभिभावक संघका अध्यक्ष पुर्ण बहादुर बिक, व्यवस्थापन समिति सदस्य लक्षमण तिवारी, सहायक प्राचार्य हेमराज पौडेल, लेखा अधिकृत गम्भीर खड्का, शिक्षक, बैंकका कर्मचारी दिनेश वस्याल, अमित गैरे तथा अभिभावकहरुको उपस्थितिमा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली, सिनियर एरिया म्यानेजर मेघराज तिमिसिना र शाखा प्रबन्धक अर्जुन ज्ञवालीले सिसिटिभि क्यामेरा विद्यालयलाई हस्तान्तरण गरेका थिए l

बिज्ञापन

एनएमबि बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुलीले नेपालको एक अग्रणी वाणिज्य बैंक एनएमबि बैंकले भगवती विद्यालयलाइ सिसिटिभि हस्तान्तरण गर्न पाउदा खुशी व्यक्त गर्दै सामाजिक उत्तरदायित्व अन्तरगत विगत देखि नै महत्त्वपूर्ण सहयोग प्रदान गर्दै आइरहेको र आगामी दिनहरुमा पनि सहयोगका थप कार्यक्रमहरु अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आठौं तहका अधिकृतसँग पौने सात करोड अवैद्य सम्पत्ति,श्रीमतीलाई समेत अख्तियारले बनायो प्रतिवादी

राज्यकोष दोहनको केन्द्र बन्दै शहरी मन्त्रालय, अख्तियार मौन !

दुर्लभ संयोग : एउटै कार्यालयमा बाबु र छोरा राष्ट्रसेवामा

निर्झरीको गजल

निर्वाचनका लागि २ लाख १३ हजार कर्मचारी खटाइने

शत प्रतिशत अंकसहित सात अधिकृत उपसचिवमा बढुवा सिफारिस

उपसचिवको बसाँइ अष्ट्रेलियामा,हाजिर नेपालमा : कामै नगरी खातामा मासिक ६८ हजार ५२३

वीमा प्राधिकरणले पायो पहिलो महिला अध्यक्ष,अर्थका सहसचिवहरु भन्छन् “अचम्मै भयो”

बिशेष