भ्रष्टाचारमा तानिए पशुसेवा विज्ञ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा सुनिलकुमार यादवलगायतका व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले उनीसहित  तत्कालीन योजना प्रमुख सुरेन्द्र महतो कोइरी, चक्रघट्टा गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष रामईश्वर ठाकुर लोहार, आम्रपाली बहुमुखी सहकारी संस्थाका अध्यक्ष मृगेन्द्रप्रसाद यादव, उपाध्यक्ष जयनारायण राय र व्यवस्थापक जयनन्दन राय यादवविरुद्ध समेत आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाइएको छ ।

बिज्ञापन

 

बिज्ञापन

चक्रघट्टा गाउँपालिका–९, गोइयाहीमा सञ्चालित आम्रपाली सहकारीलाई कृषि सेड निर्माणको लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट रकम उपलब्ध गराएकोमा उनीहरुको मिलेमतोमा हिनामिना तथा भ्रष्टाचार गरिएको अख्तियारको आरोप छ ।फिल्डमा भएको कार्यभन्दा बढीको मूल्यांकन गराई रु नौ लाख ७७ हजार १६ बराबरको भ्रष्टाचार भएको अभियोगमा निमित्त कार्यालय प्रमुख यादवलाई बिगो बमोजिमको कारवाहीको माग गरिएको छ

‘कृषि सेड निर्माण सम्बन्धमा फिल्डमा भएको कार्यभन्दा बढी कार्यको मूल्यांकन गराई आम्रपाली बहुमुखी सहकारी संस्थाले पेश गरेको नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदनको सत्यता जाँचबुझ नगरी नगराई स्वीकृत गरी ९ लाख ७७ हजार १६ रुपैयाँ भुक्तानी दिइएको,’ अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बिज्ञापन

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को कसुर गरेको देखिएको उल्लेख गर्दै दायर मुद्दामा सोही ऐनबमोजिम जरिवाना तथा कैद हुन र उक्त रकम जफत गर्न समेत मागदाबी गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अर्थ सचिवको प्रस्ताव :’मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिव नराखौं’

अर्घाखाँचीका ट्रेड युनियनकर्मीद्धारा प्रमुख जिल्ला अधिकारीमार्फत सभामुखलाई १२ बुँदे ज्ञापन पत्र

बैंकका अध्यक्षलाई अख्तियारको सात दिने पूर्जी

राज्य व्यवस्था समितिको बैठकमा निजामती कर्मचारीका बारेमा छलफल हुदैँ

कस्तो हुनुपर्छ संघीय  निजामती सेवा ऐन  ?

सुनुवाई भएन राजपत्र अनंकित कर्मचारीका माग,सशक्त आन्दोलनको तयारीमा

प्रहरीकै परीक्षामा ‘खेताला’ उमेद्धारको विगविगी : एकै पटक सात पक्राउ

७ प्रतिशतले घट्यो शेयर कारोवार

बिशेष