सरुवा माग्ने शिक्षिकासामु यौन प्रस्ताव

मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षा शाखा अधिकृत बेगबहादुर काफ्लेको एउटा यौन लीला यतिबेला सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । स्थायी नियुक्ति लिएको ३ वर्ष अन्यत्रै कार्यरत कानेपोखरीकी प्राथमिक शिक्षिकाको घरपायक सरुवा मिलाइदिँदा काफ्लेले यौन प्रस्ताव राखेपछि सो काण्ड छताछुल्ल भएको हो । ती शिक्षिकाले त्यस्तो गर्न नसक्ने बरु आर्थिक रूपमा के–कति खर्च लाग्छ व्यहोर्छु भनेकी थिइन् तर काफ्लेले आर्थिक पाटो र यौनको पाटो अलग्गै हो भन्दै पटक–पटक यौन प्रस्ताव राखिरहेपछि सो काण्ड छताछुल्ल भएको छ ।

बिज्ञापन

हाल कानेपोखरीका अधिकांश मानिसको म्यासेञ्जरमा काफ्लेले महिलासँग गरेको कुराकानीको स्क्रिन सट पुगेको छ । काफ्लेले बारम्बार यौन प्रस्ताव राख्दै म्यासेज डिलिट गर्न थालेपछि ती शिक्षिकाले स्क्रिन सट राखेकी थिइन् । आफ्नो बेइज्जत हुने डरमा काफ्लेले आफ्नो म्यासेञ्जर नै कसैले ह्याक गरेर चलाएको भन्दै शिक्षिकालाई फेसबुकमा ब्लक गरेका थिए । यो विषय बाहिर आएपछि शुक्रबारदेखि नै काफ्ले कार्यालयमा अनुपस्थित छन् । अधिकृत काफ्लेले आफूले कसैसँग गफ नगरेको र पुराना दुश्मन र कसैले आफूलाई फसाउन खोजेको दाबी गरेका छन्् । उता, ती शिक्षिकालाई भने म्यासेञ्जरको स्क्रिन सट किन र कसलाई दिएको भन्दै सबैले ¥याख¥याख्ती पारिरहेका छन्् । गाउँपालिकाले बेइज्जती केस सामसुम पार्न खोजे पनि स्क्रिन सट सार्वजनिक भएपछि शिक्षिकाले स्क्रिन सट पठाएका कुन शिक्षक वा नेताले मिडियामा दियो भनेर खोजी गर्न थालिएको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रकाशित भयो एसईईको नतिजा,कसरी हेर्ने ?

वीमा प्राधिकरणको अध्यक्षमा ‘अयोग्य’ पुडासैनीलाई स्टाफ कलेजको जिम्मेवारी

अनिवार्य अवकाशमा गएको तीन सातामै पूर्व सचिव विष्टलाई लाभको पद

भेप आयात र बिक्री गर्न उच्च अदालतको अनुमति

प्रधानमन्त्रीको स्पेन भ्रमण : तीन सचिवसहित सहभागी हुँदैछन् यी कर्मचारी

मन्त्रिपरिषद्को बैठक जारी

एसईईको नतिजा बेलुका सार्वजनिक गर्ने तयारी

बनुवा घुम्ती फेरि जोखिममा : ठेकेदार र कर्मचारीको लापरबाही

बिशेष