प्रभावकारी सेवा दिन सकिन भन्दै यी हाकिमले बुझाए राजीनामा

एक जना उपसचिव (कार्यालय प्रमुख)ले चुस्त दुरुस्त सेवा दिन नसक्दा सेवाग्राही माथि अन्याय भयो भन्दै पदबाटै राजीनामा बुझाएर हिडेका छन् ।स्वीकृत दरबन्दी जम्मा १२ जना,सेवाग्राहीको भीड लाग्दछ,औसतमा दैनिक १२ सय बढी । यसरी ती सेवाग्राहीलाई प्रभावकारी सेवा दिन नसकेको र उनीहरुमाथि अन्याय भएको भन्दै राजीनामा बुझाउने शिक्षातर्फका उपसचिव शान्तिराम पौडेल । उनी सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) कार्यालयका प्रमुखको भूमिकामा थिए ।

बिज्ञापन

पछिल्लो समय प्रविधिमैत्री बनाइएको भनिए पनि एनओसी शाखामा दैनिक १२ देखि १५ सय  बढी विद्यार्थीहरुको लाइन लाग्दै आएको छ । कार्यालयको क्षमताभन्दा बढी विद्यार्थी वैदेशिक अध्ययनका लागि एनओसी प्रमाणपत्रका लागि कार्यालयमा आएको र चुस्त र छिटो सेवा दिन नसक्दा सेवाग्राहीमाथि अन्याय भएको भन्दै हिजै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुलीसमक्ष उनले राजीनामा पत्र बुझाएका छन् ।

बिज्ञापन

कार्यालयका अनुसार दैनिक तीन हजार बढी विद्यार्थीको भीड लाग्ने कार्यालयमा ११ जनामात्र कर्मचारीको दरबन्दी छ । जसमा कार्यालय प्रमुख १,शाखा अधिकृत ६,१ जना प्राविधिक सहायक र २ कम्युटर अपरेटरको दरबन्दी छ ।

उक्त शाखाका अनुसार हालसम्म एक लाख ११ हजार आठ सय विद्यार्थीको वैदेशिक अध्ययन अनुमति फारम स्वीकृत भएको हो । सन २०२२ मा एक लाख आठ हजार ८२९ जना विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिका लागि एनओसी लिएकामा २०२१ मा ४३ हजार ७०६ र २०२० मा २५ हजार तीन सय विद्यार्थीले एनओसी लिएका थिए । सोही वर्षको अगस्टदेखि डिसेम्बरसम्मको तथ्यांक डिजिटलाइज्ड गरिएको छ भने अन्य तथ्यांक एनओसी कार्यालयको ढड्डामै राखिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६ सय बोरा चिनी गायब: गणपति र डीएसपी समेत मुख्यालय तानिए

सात दिनभित्र समाजिक सञ्जाल सूचीकरण नभए नेपालमा निष्क्रिय

भौतिक मन्त्रालयमा कर्मचारी घोटाला: कसैलाई बेरोजगार, कसैलाई दुई–दुई जागिर !

लेखाका ३० उपसचिव र अधिकृतहरुको सरुवा

५० जना लेखापाल सरुवा, दबाबपछि मात्र सूची सार्वजनिक

प्रतिनिधिसभाले हटाएको सहसचिवमा खुला प्रतिस्पर्धा राष्ट्रिय सभाको समितिले उल्टायो

उच्च प्रशासकहरुको राजीनामाको लहर : जागिरबाटै विरक्ति कि अर्काे नियुक्तिको तयारी ?

ओली सरकारको वैद्यानिकता विवाद :अदालतले माग्यो तीन कागजात

बिशेष