वन कार्यालयका प्रमुख र सहायक वन अधिकृत महतो बेपत्ता

डिभिजन वन कार्यालय रौतहटका प्रमुख डिएफओ र एकजना सहायक वन अधिकृत नेकपा एमाले निकट युवा संघको कारण कार्यालय छाडेर बेपत्ता भएका छन् । युवा संघको कारण डिएफओ शैलेन्द्रकुमार मिश्र र सहायक वन अधिकृत सुरेश महतो बिहीबारदेखि बेपत्ता भएका हुन्।

बिज्ञापन

रौतहटको चन्द्रपुर २ मा रहेको राष्ट्रिय वनमा दुई महिना पहिला दर्जनौं काँचा खयरका रुख कटान भएपछि स्थानीय बासिन्दा तथा नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य बिक्रम लामाले स्थानीय संचारकर्मी बोलाएर खयर कटान भएको स्थान देखाएका थिए। लामालाई गत बुधबार डिभिजन वन कार्यालय चन्द्रनिगाहापुरमा गएको बेला पक्राउ गरेर वनको हिरासतमा राखेपछि कार्यालय प्रमुख मिश्र र सहायक वन अधिकृत महतो एकाएक बेपत्ता भएका हुन् ।

बिज्ञापन

नेकपा एमालेका नेता कार्यकर्ता नियमित रुपमा वन कार्यालयमा गएर लामा पक्राउको विषयलाई लिएर नाराबाजी गर्न थालेपछि दुबै जना कार्यालय छाडेर हिँडेका हुन्। लामालाई सहायक वन अधिकृत महतो र महादेव स्थान सामुदायिक वनका अध्यक्ष केशव पुलामीको मिलेमतोमा सामुदायिक वनको लेटरप्याडमा खयर फँडानीमा लामाको संलग्नता रहेको भन्दै लिखित दिएपछि उनी पक्राउ परेका थिए ।

हाल वनको हिरासतमा रहेका लामाले सो सामुदायिक वनमा रहेको २२ क्युफिट काठ गोप्य रुपमा बिक्री गर्न लागेको र त्यो काठ आफूहरूले समेत खरिद गर्न पाउनुपर्ने भन्दै टेण्डर फर्म माग गर्न थालेका कारण पहिलाको खयरको रिस र यो दुबै रिस साँध्नका लागि पक्राउ गरेको पाइएको नेकपा एमालेका जिल्ला सचिव बाबुराम दाहालले बताए। एमालेको प्रेसर सहन नसकेर मिश्र र महतो कार्यालय छाडेर भागेपछि रौतहटको वनमा चोरी तस्करी बढेको स्थानीयले बताएका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

श्रम मन्त्रालयको गाडी विवाद:- राजनीतिक उपहार कि प्रशासनिक अपराध ?

कर्मचारीतन्त्र मात्र होइन राजनीतिमा पनि कुलिङ पिरियड राखौं: गोविन्द भट्टराई

राष्ट्रिय किताबखानाले थाल्यो ‘अभिलेख शुद्धीकरण अभियान’

पतञ्जली जग्गा प्रकरणमा मुछिएका सहसचिव २५ हजार धरौटी बुझाएर छुटे

अबदेखि सरकारी सेवामा नियुक्त कर्मचारीले पाउँने छैनन् पेन्सन {परिपत्रसहित}

प्रमुख प्रशासकीय अधिकृत सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सीमा सुरक्षामा स्थानीय तहको सहभागिता महत्वपूर्ण : सशस्त्र प्रहरी बलद्वारा सीमावर्ती वडाध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

पूर्व प्रशासकहरुलाई धमाधम बैंकमा नियुक्ति

बिशेष