एक अब्बल न्यायाधीशको अवकाश

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा बिहीबारदेखि अवकाशमा गएका छन् । २०१५ साल फागुन २५ गते जन्मिएका खतिवडा ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् ।

बिज्ञापन

२०३९ साल चैत ७ गतेबाट न्याय सेवामा प्रवेश गरेका खतिवडा सरकारी वकिल समूहबाट न्यायाधीश बनेका व्यक्ति हुन् । २०७३ साल साउन १७ गते सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त भएका खतिवडाले साढे ७ वर्ष सर्वोच्च अदालतको न्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेका छन् ।

बिज्ञापन

न्यायाधीश रहँदा उनले संविधानकाे व्याख्या, फौजदारी न्यायका सिद्धान्त, संवैधानिक नैतिकता लगायत विषयमा विधिशास्त्रीय महत्वका नजिर प्रतिपादन गरे ।

सर्वोच्च अदालतमा ७ वर्ष ७ महिना रहँदा उनले गरेका कुनै पनि फैसला आचरणगत विवादमा परेनन् । आचरण र स्वभावमा पनि उनी विवादित भएनन् । न्यायिक नेतृत्व विवादित र विचलित हुँदा सुधारको पक्षमा उभिए । न्यायसम्पादन बाहेकको भूमिकामा पनि उनी प्रश्नभन्दा बाहिरै रहे ।

बिज्ञापन

नजिर स्थापित गर्ने महत्त्वपूर्ण फैसलाहरूमा संलग्न भएका न्यायाधीश खतिवडा निर्भीक न्यायाधीशका रूपमा चिनिँदै आएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमाले महाधिवेशन उद्घाटनमा शीर्ष नेता गएनन्

आफ्नै प्रस्तावबाट व्याक भए ओली

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी सहसचिव भट्टराई २५ लाख धरौटीमा रिहा

खल्तीविरुद्ध जेनजीहरु खुलकुदमन्त्रीकहाँ

अस्वभाविक बरियता : अधिवक्ताभन्दा सर्वाेच्चका न्यायधीश तल,पूर्व एआइजी जेनजी मन्त्रीभन्दा पुच्छारमा

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

बिशेष