अख्तियारले डामेपछि प्रदेश सभा सदस्य निलम्बित

राप्रपाबाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद जानकीप्रसाद यादव निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले कपिलवस्तु क्षेत्र ३ (२) बाट निर्वाचित यादवलाई भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाई विशेष अदालतमा दायर गरेपछि लुम्बिनी प्रदेशसभाबाट स्वतः निलम्बन गरिएको प्रदेश सभाले जनाएको हो । वन पैदावार बिक्री गरेर राज्यकोषमा हानीनोक्सानी पुर्याएको आरोपमा यादवलगायतविरुद्ध मुद्दा दायर भएको छ ।

बिज्ञापन

लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगर  विज्ञप्ति जारी गर्दै कपिलवस्तुस्थित गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले ठेकेदारसँगको मिलेमतोमा ३७ हजार क्यूफिट काठको २९ लाख १२ हजार एक सय ९३ रुपैयाँ ६५ पैसा गोलमाल गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फागुन ८ गते मुद्दा दायर गरेकोले उक्त मुद्दाको किनारा नलाग्दासम्म स्वतः निलम्बन गरिएको जनाएका छन् ।

बिज्ञापन

आयोगले लुम्बिनी प्रदेशका प्रदेश सांसद यादवसहित समितिका तत्कालीन पदाधिकारी र ठेकेदारसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७४ ०७५ मा गौतमबुद्ध साझेदारी वनमा ६ वटा कटान प्लटहरूको ३७ हजार क्यूफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराई कर्मचारीहरूसँग मिलेमतो गरेर बिक्री गरेको अभियोग उनीहरूमाथि छ ।

८०३ वटा रुखहरू काट्दा त्यसबाट निस्किएको ३५ हजार ७ सय ७८ दशमलव १० क्यूफिट काठ र ४९।२३ क्विन्टल चट्टा दाउरा सङ्कलन गर्नुपर्नेमा नापजाँच मूल्याङ्कन परिमाणभन्दा कम परिमाणमा काठ उत्पादन सङ्कलन भएको देखाएर भ्रष्टाचार गरेको आरोप पत्रमा उल्लेख छ । लुम्बिनी प्रदेशका सांसद यादवको हकमा २९ लाख १२ हजार एक सय ९३ रुपैयाँ ६५ पैसा बिगो कायम गरी कैदसजायको मागदाबी गरिएको छ ।

बिज्ञापन

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ मा भएको व्यवस्थाबमोजिम उक्त ऐन अन्तर्गतको कसूरको आरोपको सम्बन्धमा कुनै व्यक्ति उपर भएको अनुसन्धान र तहकिकातबाट निजले सो कसूर गरेको हो भन्ने विश्वास गर्नुपर्ने मनासिव कारण भएमा अनुसन्धान अधिकारीले भ्रष्टाचार सम्बन्धी मुद्दाको कारवाही र किनारा गर्न प्रचलित कानूनबमोजिम अधिकार प्राप्त मुद्दा हेर्ने अधिकारीसमक्ष मुद्दा दायर गर्नेछ भन्ने व्यवस्था छ । ऐनको दफा ३३ मा निजउपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था उल्लेख छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एक करोड हिनामिना प्रकरण : तत्कालीन कृषि सचिव सिंह भ्रष्टाचारी ठहर

दुई प्राविधिक र शिक्षा सेवाका एक सहसचिवको सरुवा

झापामा मनसुनजन्य जलप्रकोप न्यूनीकरणका लागि संयुक्त अभ्यास सम्पन्न

भ्रष्टाचार मुद्धा चलेपछि स्वत: निलम्बनमा परे सहसचिव र उपसचिव

बैंकका पाँच कर्मचारीविरुद्ध पनि भ्रष्टाचार मुद्धा

पतञ्जलीको जग्गा प्रकरण : खरिदारदेखि पूर्व मुख्यसचिवसम्म प्रतिवादी (नामसहित)

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्धा दायर,सांसद पद स्वत निलम्बन

२३ जना नासुको सरुवा : ६ लाई काज,२ को गृहमा इन्ट्री

बिशेष