करोडौं खानेलाई सफाई,२५ हजार घुस लिनेलाई तीन महिना कैद

बिशेष अदालतले २५ हजार घुस लिने सब इञ्जिनियरलाई दोषी ठहर गरेको छ । अख्तियारको टोलीले गत असोज १६ गते २५ हजार घुस लिँदै गरेको अवस्थामा चन्द्रागिरी नगरपालिका १४ नम्बर वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव इन्जिनियर विजया लक्ष्मी पन्तलाई पक्राउ गरेर मुद्धा चलाएको थियो ।

बिज्ञापन

घर निर्माण गरिसकेको प्रमाणपत्र उपलब्ध गराए बापत पन्तले घुस लिइसकेको अवस्थामा पक्राउ गरेर गत २२ पुसमा विशेषमा मुद्धा दायर गरेकोमा विशेष अदालतले दुई महिना नबित्दै उक्त मुद्धाको फैसला सुनाउँदै दोषी ठहर गरेको हो ।तीन महिना कैद र २५ हजार जरिवानाको फैसला भएको छ। पछिल्ला समय विशेषबाट छिटोभन्दा छिटो मुद्धाको फैसला आउन थालेको छ । तर त्यही अदालतले करोडौं अकुत आर्जनको मुद्धामा सफाई दिने र अनि केही हजार घुस लिएको अभियोगमा अख्तियारले मुद्धा चलाएकोलाई दोषी करार गर्दछ र कैद सजाय तोक्दै आएका केही घटनाक्रमहरु छन् ।

बिज्ञापन

अर्बाै भ्रष्टाचारका मुद्धामा डामिएका पूर्व मन्त्री विजय गच्छदार विक्रम पाण्डेका अलवा,करोडौं आर्थिक अनियमितताको आरोप सर्वेक्षक राजेन्द्र काफ्ले,लेखापाल युगल किशोर ठाकुरलाई सफाइ दिएको विशेषले २५ ३० हजार घुस लिएको आरोपमा अख्तियारले मुद्धा चलाएका कर्मचारीहरु विजया लक्ष्मी पन्त,नासु प्रमोद पाण्डे,कम्प्युटर अधिकृत बिन्दु प्रधान लगायतलाई कैद सजाय सुनाएको छ ।

जसरी राष्ट्रिय गौरवको सिक्टा सिञ्चाइ आयोजनाको ठेक्का पाएका र राप्रपाबाट शहरी विकासमन्त्रीसमेत बनिसकेका विक्रम पाण्डेलाई यही विशेष अदालतले अढाई अर्बको भ्रष्टाचार मुद्दामा सफाइ दिएको घटना पूरानो भएको छैन । यस्तै नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेको दम्पतीलाई सफाइ दिएको थियो,केही महिना अगाडि । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झन्डै साढे पाँच करोड रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको अभियोग लगाएर उनीहरुलाई प्रतिवादी बनाएको थियो । विशेषका यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले काफ्ले र उनकी पत्नी सुशीलालाई भ्रष्टाचार भन्न नमिल्ने ठहर गर्दै अख्तियारको जिकिरलाई खारेज गरिदिएको हो ।

बिज्ञापन

यस्तै विशेष अख्तियारले तीन करोड भन्दा बढी अकुत आर्जनको मुद्धा चलाएको अर्को नासुले विशेष अदालतबाट सफाई पाएका थिए । सरकारी सेवामा प्रवेश गरेको सात बर्षमै तीन करोड बढी रकम आर्जन गरेको र सो को स्रोत देखाउन नसकेको भन्दै अख्तियारले विशेष अदालतमा अभियोग पत्र दायर गरेको थियो । मालपोत कार्यालय बाराका तत्कालिन लेखापाल युगल किशोर ठाकुरलाई बिशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धि मुद्दामा सफाई दिएको हो ।

करोडौं अर्बौ भ्रष्टचारको आरोप पूर्व लागेका मन्त्री र कर्मचारीहरुले सफाई पाउँदा ३० हजार घुस लिएको अभियोगमा अर्काे एक नासुलाई तीन महिना कैद सजाय सुनायो विशेषले । वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेलाई विशेष अदालतले तीन महिना कैद सजाय सुनाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात् बैंक खाता सुचारु गर्न र तारेखसमेतका कार्यमा सहजीकरण गरिदिन ३० हजार मागेका थिए । सेवाग्राहीले यसको जानकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएपछि उनलाई उक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सुनुवाइ गर्दै कसुर कायमको फैसला गरेको हो । ८ चैत ०७९ मा विशेषमा मुद्दा चलेको थियो । पाण्डेलाई कैदका साथै ३० हजार रुपैयाँ जरिवानासमेत हुने भएको छ ।

यसरी करोडौं भ्रष्टाचारको अभियोग लागेका,करोडौं सम्पत्तिको स्रोत देखाउन नसक्नेलाई सफाई दिएको त्यही विशेष अदालतले केही महिना अर्को कम्युटर अपरेटरलाई कैद सजाय सुनाएको थियो । ३० हजार घुससहित पक्राउ परेकी एक कम्युटर अपरेटरलाई भने कैदको सजाय सुनाएको थियो । विशेष अदालतले ३० हजार घुस लिने आन्तरिक राजश्व कार्यालय महाराजगञ्जकी कम्प्युटर अधिकृत बिन्दु प्रधानलाई कैद सजायँ सुनाए । उनका श्रीमान् रिह्याब सेन्टर’ मा छन् भने दुई छोरी पाल्नुपर्ने जिम्मेवारी उनको काँधमा थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।