राजावादी भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याज पीडितको नाराबाजी

मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको छ । ज्ञानेन्द्र शाही राजावादी र सामन्तवादी भएको भन्दै मिटर ब्याज पीडितहरुले उनीबिरुद्ध नाराबाजी गरेका हुन् । आफूहरुले नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामन्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताए । बिहान टंगालमा धर्ना बसेका उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेका फेरि धर्नामा बसेका छन् । उनीहरु पुग्ने वित्तिकै ज्ञानेन्द्र शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउन भन्दै माइतीघरमा पुगेका थिए । ज्ञानेन्द्र शाहीले भने आफू जनप्रतिनिधि भएको नाताले नागरिकको समस्या बुझ्न आएको बताएका थिए । तर मिटर ब्याज पीडितले उनको कुरै सुन्न चाहेनन् र उनीबिरुद्ध चर्को नाराबाजी गरे ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जेन–जी आन्दोलन प्रतिवेदन कार्यान्वयन भए देशको मुहार फेरिने : आयोग अध्यक्ष कार्की

 ६ महिना लगाएर जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई बुझायो १० हजार पानाको प्रतिवेदन

रास्वपाबाट पाँच पूर्वप्रहरी संसदीय यात्रामा,को-को छन् गृहमन्त्रीको आकांक्षी ?

रुग्ण ठेक्कामाथि कठोर निर्णय किन अपरिहार्य ?

धमाधम तोडिँदै रुग्ण ठेक्का, पाउला नीतिगत निरन्तरता ?

पूर्व एआइजीको संघीय संसद यात्रा : ५ मतको अन्तरमा विजयी

प्रतिनिधि सभामा भाग लिएका चार पूर्व सामान्य प्रशासन मन्त्री : तीन पराजित,एक निर्वाचित

मध्यपूर्वमा बदलिँदो शक्ति–सन्तुलन, आतंकवाद र इरान–अमेरिका तनाव 

बिशेष