कम्युनिष्टहरुको रोगै हो,टुट,फुट र गुट । पार्टीमा देखिने यस्तो रोग कर्मचारीहरुको संगठनमा पनि सरेको छ,त्यो पनि पदका लागि । यस्तै एउटा गुटका कारण निजामती कर्मचारीहरुको कान्छो संगठनमा कलह शुरु भएको छ । पूर्व अध्यक्षहरुले आफू निकटका कर्मचारीलाई अध्यक्ष बनाए पछि पार्टी अध्यक्ष माधव नेपालका भाञ्जि ज्वाईहरुको टिमले विद्रोह शुरु गरेको हुन । दुई बर्ष अघिमात्र श्रम […]

कृषि विभागको महानिर्देशकको लागि बनेको भवन विगत ४ वर्षदेखि सचिवले कब्जा गरिरहेका छन्। आफू महानिर्देशक हुँदा प्रयोग गर्दै आएको उक्त भवन सचिव हुँदासम्म प्रयोग गर्दै आइरहेका हुन् । किर्तिपुर बागबागी केन्द्रमा रहेका सिङ्गै घर सरकारी निवास लामो समयदेखि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुसेवा तर्फका सचिव डा रेवतीरमण पौडेलको पन्जाबाट छुटकारा मिलेको छैन । कृषि […]

सक्कली विवाह नक्कली डिभोर्स गर्नेको भीडमा थपिएका थिए गुरु प्रसाद न्यौपाने । पाँच बर्ष अघि सम्पत्ति जोगाउनका लागि पत्नीसँग  नक्कली डिभोर्स गरेका थिए । व्यापारीहरुमा आफ्नो व्यावसायिक जीवनमा समस्या परेपछि कागजी सम्बन्ध विच्छेद गर्ने प्रचलन बढ्दै गएको छ । जसरी गरिबका छोराछोरी अमेरिका,अष्ट्रेलिया जान नक्कली विवाह गरेर समस्यामा पर्दछन् । त्यस्को ठीक विपरित धनाढ्यहरु चाहिँ […]

गृह मन्त्रालयले इजाजत दिइएका हतियारको विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ । सोमवार सर्वोच्च अदालतबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेपछि मन्त्रालयले मंगलवार २४ घण्टाभित्र इजाजत दिइएका हतियारको विवरण उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो। ‘हालसम्म हातहतियार तथा खरखजानाको इजाजतपत्र जारी गरिएका व्यक्ति, प्रयोजन, प्रकार तथा संख्यासहित नवीकरण भए/नभएको विवरण, […]

गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरेको छ भने मन्त्रालयले लामो समयदेखि रिक्त अध्यागमन विभागको महानिर्देशमा कोषहरी निरौलालाई नियुक्त गरेको छ । गृह मन्त्रालयका सहसचिव निरौलालाई महानिर्देशक बनाइ पठाएको हो । संखुवासभाको प्रजीअमा ध्रुब बहादुर खड्कालाई पठाइएको छ । सुर्य बहादुर खत्रीलाई अर्घाखाँची, बुद्धबहादुर गुरुङलाई लमजुङ र नारायण ढकाललाई ओखलढुंगाको प्रजिअमा […]

गृह मन्त्रालयले एकै पटक २२ कर्मचारीहरुको सरुवा गरेको छ । गृहले सह सचिव र उपसचिव गरी २२ जना कर्मचारीहरुको सरुवा गरेको हो । जसमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी,विभागका महानिर्देशकहरु सरुवामा परेका छन् । गृहले अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी कोषहरि निरौलालाई दिइएको छ । केही अघिमात्र त्यहाँका महानिर्देशक रुद्रमान सिंह तमाङ मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार […]

गृह मन्त्रालयले १३ जना सहसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । गृहले आज गरेको निर्णय अनुसार अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी कोषहरि निरौलालाई दिइएको छ । केही अघिमात्र त्यहाँका महानिर्देशक रुद्रमान सिंह तमाङ मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार काण्ड लागेर निलम्बनमा परेसँगै त्यहाँ निरौलालाई खटाइएको हो । यस्तै गृहले प्रमुख अध्यागमन अधिकृत गोगन बहादुर हमाललाई राष्ट्रिय विपद् […]

दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी पक्राउ परेका छन् ।सरकारी निवासमा आफैले आगजनी गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत अधिकारी पक्राउ परेका हुन् । फागुन २४ गते सुतिरहेको अवस्थामा शक्रबार राति अज्ञात समूहले ढुंगामुढा र आगजनी भएको थियो । सुरुमा अज्ञात समूहबाट गरिएको भनिए पनि प्रहरी अनुसन्धानबाट प्रमुख प्रशासकीय अधिकृत आफैले आगजनी गरेको खुलेको […]

  राजस्व अनुसन्धान विभागले भन्सार छलेर व्यापारिक बस्तु आयात गरेको अभियोगमा बिगो र जरिवानासहित ७९ करोड असूलउपरसहित हदैसम्मको कैद सजाय माग गर्दै ८ जना व्यापारीविरुद्व अदालतमा मुद्दा दर्ता गरेको छ । विभागले सोमबार उच्च अदालत बुटवल र पाटनमा छुट्टा-छुट्टै मुद्दा दर्ता गरेको हो । विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार उनीहरुले विभिन्न समयमा भन्सारमा तिर्नुपर्ने […]

सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको कोठा नम्बर ४१३ मा दिउँसो २ बजे सत्ता साझेदार दलहरूले तयार पारेका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।