प्रशासन
बजेटको आकार ठूलो बनाउने र खर्च गर्न नसक्ने रोग पूरानै हो । चालु आर्थिक बर्षमा प्रकाशशरण महतले १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेका थिए तर ६ महिना बित्दा समेत लक्ष्य अनुसार खर्च गर्न नसक्दा बजेट संशोधन गरी १५ खर्ब ३० अर्ब रुपैयाँमात्रै खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेका थिए । विगतका यी अभ्यासबाट पाठ […]
भ्रष्टाचार मुद्दा लागेका काँग्रेस सांसदको निलम्बन फुकुवा भएको छ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको पद फिर्ता भएको हो । मनाङवाट प्रतिनिधि सभामा निर्वाचित भएका गुरुङलाई स्वत निलम्वन हुने भनि गरेको ,संघीय संसद र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र बदर हुने आदेश सर्वोच्चले शुक्रबार गरेको हो । न्यायाधीशद्धय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले २०७९ […]
अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माको नेतृत्वमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट लेखन समिति गठन गरेका छन् ।शुक्रबार अर्थमन्त्री वर्षमान पुनले सहसचिव धनिराम शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गथन गरेका हुन् ।मन्त्री पुनले अर्थमन्त्रालयका सहसचिव तथा प्रवक्ता शर्माको नेतृत्वमा बजेट टोली बनाएका हुन् । राजस्व महाशाखा प्रमुख शर्माको नेतृत्वमा गठित समितिमा अन्य […]
सरकारले स्वास्थ्य सेवा अन्तर्गतका ११ जना अधिृकतलाई बढ्वा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । नेपाल स्वास्थ्य सेवा अन्तर्गत विभिन्न समूह, उपसमूहका ११ जना अधिकृतहरुलाई सम्बन्धित समूह, उपसमूहका ११ औं तहमा बढुवा गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय […]
नेपाल दूरसञ्चार प्राधिकरणका १६ जना कर्मचारी एकै पटक निलम्बनमा परेका छन् । कूल ७२ कर्मचारीको दरबन्दी रहेकोमा अध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्धा चलेको हो । अख्तियारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम अर्थात एमडीएमएस खरिद प्रक्रियामा अनियमितता गरेको अभियोगसहित दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउँदा दूरसञ्चार प्राधिकरणका झण्डै २५ प्रतिशत कर्मचारी एकै पटक निलम्बनमा […]
सरकारले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र आवेदन दिन भनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले चालु आर्थिक वर्ष ०८०–८१ मा प्रदान गरिने शैक्षिक प्रोत्साहन वृत्तिका लागि आवेदन मागेको हो । आवेदन स्वदेशी विश्वविद्यालय […]
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक बर्षका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ५ अर्बको ६३ करोडको बजेटको सिलिङ तोकिदिएको छ । आयोगले आम्दानी र खर्च गर्न सक्ने क्षमतालाई आँकलन गरेर आगामी आवको लागि सम्बन्धित मन्त्रालयलाई बजेटको सिलिङ तोकिएको हो । आयोगले आवका सबैभन्दा धेरै गृह मन्त्रालयले १ खर्ब ९५ अर्ब रुपैयाँको सिलिङ पाएको छ […]
दुर्गा प्रसाईंका अंगरक्षकले हतियार बोकेर हिँडेको विषयमा छानबिन गर्न गृह मन्त्रालयले सह सचिवको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ । गृहले सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा बनाएको चार सदस्यीय समितिमा गृहकै उपसचिव ऋषि पौडेल र प्रहरी उपरीक्षक सन्तोष भट्टराईका अलवा गृहका उपसचिव एकदेव अधिकारी सदस्यसचिव छन् ।समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न समितिलाई […]
स्थानीय तहहरुले सडक बत्ति प्रयोग गरे वापत नेपाल विद्युत प्राधिकरणलाई ६ अर्ब बढी भुक्तानी गर्न बाँकी छ । उक्त रकम स्थानीय तहहरुले नतिरेको भन्दै विद्युत प्राधिकरणले सूचना नै निकालेर भुक्तानीका लागि पुन ताकेता गरेको छ ।गत असार महिनामा अर्थ मन्त्रालयले सडक बत्तीको बक्यौता महसुल सम्बन्धित पालिकाहरुबाट असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको थियो । […]
गल्ती कर्मचारीले गर्ने,खारेजीमा आयोग पर्ने । यस्तो अचम्म भएको हामै नेपालमा । कर्मचारी जति नापी र भूमि व्यवस्था विभागका,अनि आयोगले मात्र चुरीफुरी गरेर के लर्छान सक्थ्यो र ! भूमिहीन सुकुम्बासीलाई जग्गा बाढ्न पहिला मालपोत अधिकृतलाई सचिवका रुपमा खटाइन्थ्यो । जतिखेर देवी ज्ञवाली संयोजक थिए,उनको पालामा जिल्ला समन्वय अधिकारीलाई जिम्मेवारी दिइएकोमा फेरि प्रमुख जिल्ला नापी अधिकृतलाई […]