Author: कर्मचारी प्रेस
मगर दिवसको अवसरमा मगर बाहुल्य पालिकाहरूले सार्वजनिक बिदा घोषणा गरेका छन् । तनहुँका ८ पालिकामा बिदा घोषणा गरिएको हो । मङ्गलवार ४२ औँ मगर स्थापना दिवस मनाइँदै छ । तनहुँका शुक्ल गण्डकी, भीमाद र भानु नगरपालिका तथा म्याग्दे, ऋषिङ, घिरिङ, बन्दीपुर र देवघाट गाउँपालिकाले बिदा घोषणा गरेका हुन् । उनीहरुले कार्यपालिका बैठकबाट बिदाको निर्णय गरेका […]
विशेष अदालतले भ्रष्टाचार मुद्धामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत,लेखा अधिकृतहरुलाई दोषी ठहर गरेको छ । सिमरौनगढ नगरपालिकामा भएको भ्रष्टाचार मुद्धामा अख्तियारले २०८० असोज ७ तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनीसहित लेखा अधिकृतहरुलाई प्रतिवादी बनाएर मुद्धा चलाएको विशेषले उनीहरुलाई दोषी ठहर गरेको हो । अख्तियारले सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित ५ जनाविरुद्ध विशेष अदालतमा […]
रुपन्देहीस्थित देवदह नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटामाथि कुटपिट भएको छ । उनीमाथि वडा अध्यक्षहरुले कुटपिट गर्नुका साथैं कार्यकक्षमा समेत ताला लगाइदिएका थिए । वडा अध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृत बस्ने कुर्सी समेत तोडफोड गरेर फुटाइदिएका छन् । नगरपालिकाको मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा अनियमितता भएको आरोप लगाउँदै वडा अध्यक्षहरुले उनीहरुको कार्यकक्षमा ताला लगाउनुका अलवा […]
विषय प्रवेश संघीयता सन्निकटताको सिद्धान्तमा आधारित हुन्छ। संघीयतामा सबैभन्दा तल्लो तहको सरकार नागरिकलाई घरपायकबाट सेवा प्रवाह गर्ने गरी निर्माण गरिएको हुन्छ।संघीय शासन प्रणाली राज्यलाई दुई वा तीन तहमा विभाजन गरी सबै तहका सरकारले आफ्नो भौगोलिक क्षेत्रभित्र विकास निर्माण, शान्ति सुव्यवस्था र सार्वजनिक सेवा प्रवाह गर्ने विशिष्ट शासकीय प्रणाली हो। संघीय शासन प्रणालीमा सरकारका तहबीच अन्तरसम्बन्ध, […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेश अन्तर्गतको आपूर्ति ब्यवस्थापन शाखाबाट उपकरण खरिदमा भएको अनियमिमतता प्रकरण अहिले चर्चामा छ । मधेश प्रदेशको स्वास्थ्य मन्त्रालयमातहतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ६ करोड पर्ने सीटी स्क्यान मेसिन १० करोडमा खरिद गर्न लागेको पाइएको छ । आपूर्ति केन्द्रले सर्लाही र सिरहाका लागि सीटी स्क्यान मेसिन खरिद गर्न लागेको हो । […]
नगरपालिकाको मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा अनियमितता भएको आरोप लगाउँदै वडा अध्यक्षहरुले उनीहरुको कार्यकक्षमा ताला लगाइदिएका छन् । प्रंसग हो, देवदह नगरपालिकाको ।सो पालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा आर्थिक अनियमितता चुलिएको भन्दै नगरपालिकाकाका ८ वटा वडाका वडाध्यक्षले सामुहिक रुपमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला ठोकेका हुन । सो पालिकाको […]
अभिनेत्री तथा निर्मात्री निशा अधिकारीले श्रीमान् शरद भेषवाकरसम्पत्तिबाट एक भाग अंश पाउने भएकी छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले निशाले पतिको सम्पत्तिबाट तीन भागको एक भाग पाउने फैसला सुनाएको हो । निशाले छोरा र आफ्नो लागि शरदको सम्पत्तिबाट दुई भाग माग गर्दै २०७९ सालको भदौ २८ गते अदालतमा मुद्दा हालेकी […]
भ्रष्टाचार मुद्धामा शाखा अधिकृतसहित सात जनाले सफाइ पाएका छन् । नदीजन्य पदार्थको उत्खननसम्बन्धि ठेक्कामा भ्रष्टाचार भएको भन्दै अख्तियारले प्रमुख प्रशासकीयसहित सात जनालाई प्रतिवादी बनाएर दायर गरेको मुद्धामा विशेष अदालतले सफाइ दिएको छ । अख्तियारले रुपन्देहीको कोटहीमाई गाउँपालिका १ अवस्थित दानव नदीको सिपाहा नाकाबाट नदीजन्य पदार्थको उत्खननसम्बन्धि ठेक्कामा भ्रष्टाचार भएको भन्दै बिशेष अदालतमा मुद्धा दायर […]
जसरी अर्थ र भन्सारमा बसेर राज गरिरहेका सहसचिव सेवन्तक पोखरेलले शक्ति प्रयोग गरेर मधेश प्रदेशको अर्थ मन्त्रालयमा भएको सरुवा उल्टाए ठीक उसैगरी दुई जुनियर सहसचिवलाई संघकै कार्यालय त्यसमा पनि अर्थ मन्त्रालय नै चाहिँदा लफडा निस्किएको छ । ‘नाइ मलाई त्यही केटी चाहिन्छ’ भनेझै दुई सहसचिवलाई प्रदेशमा नपठाई संघकै कार्यालयमा राख्न र अर्थमै टिकाइराख्न अर्थमन्त्री डा […]
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत टेरामक्स घोटाला प्रकरणमा सञ्चारकर्मीहरूसँग झोक्किएका छन्। प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘पुंग न, पुच्छार’को कुरा लिएर हिँडेको टिप्पणी गरे। सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बस्नेतले निजी दुरसञ्चार सेवा प्रदायकलाई पोस्नका लागि अहिले टेरामस्क प्रणालीको कुरा निकालिएको भन्दै यसमा कुनै अनियमतता नभएको बताएका हुन्। उनले […]