संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत र उपसचिव तहका कर्मचारीहरुलाई सेवाकालीन तालिममा सहभागिताका लागि मनोनयन गरी पठाउन अनुरोध गरेको छ ।
बिज्ञापन
मन्त्रालयको मानव संशाधन तथा योजना शाखाले उपसचिव तहका कर्मचारीहरुका लागि एडभान्स कोर्स अफ म्यानेजम्यान्ट एण्ड डेभलपमेन्ट र शाखा अधिकृत तहका कर्मचारीहरुका लागि प्रोफेसनल कोर्स अफ म्यानेजम्यान्ट एण्ड डेभलपमेन्ट बिषयक तालिम हुन लागेका कारण तालिममा सहभागि हुन इच्छुक र योग्यता पुगेका निजामती कर्मचारी मनोनयन गरी पठाउन भनिएको छ ।
तालिम लिनका लागि द्धितीय श्रेणीको कर्मचारीको हकमा ८१ असार मसान्तसम्ममा नइूनतम २ बर्ष सेवा अवधि र अधिकृतको हकमा तीन बर्ष सेवा अवधि पूरा भएको हुनुपर्नेछ । हालको तह वा श्रेणीमा ३० कार्य दिन वा सो भन्दा बढी अवधिको सेवाकालीन तालिम लिएका कर्मचारीहरु मनोनयनका लागि योग्य हुने छैनन् ।


























