यस्तो बन्दैछ वालेन क्याविनेट,सामान्य प्रशासनमा ढकालको चर्चा

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा दुईतिहाइ नजिकको नतिजा निकालेको छ । रास्वपाले कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट गरी १८२ सिट जितेको छ । जुन दुईतिहाइ बहुमतको २ सिट मात्रै कम हो । गणतन्त्र पछि नेपालमा पहिलो पटक संविधानको धारा संविधानको धारा ७६ (१) अनुसार सरकार बन्दैछ । यसरी दुई तिहाई बहुमत २०१५ सालमा कांग्रेसले पाएको थियो । त्यसपछि अहिले नै हो, कुनै एउटा दलले दुई तिहाई बहुमत पाएको । २०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले १०९ सिटमध्ये ७४ सिट जितेर दुई तिहाइ ल्याएको थियो । त्यसयता कुनै पनि दलले यो सफलता दोहोर्याउन सकेका छैनन् ।

बिज्ञापन

निर्वाचनको अन्तिम नतिजा आएसँगै बालेन्द्र शाह नेतृत्वको सरकार कहिले बन्ला भन्ने प्रश्नको जवाफ खोजिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत ल्याएपछि नयाँ सरकार गठनको व्यग्र प्रतीक्षा भइरहेका बेला चैतको दोस्रो सातामात्र नयाँ सरकार बन्न सक्ने जानकारहरुले प्रतिक्रिया दिएका छन् ।

बिज्ञापन

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा निर्वाचनको नतिजा घोषणा भएको एक साताभित्र निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने प्रावधान छ । कानूनको बाध्यात्मक व्यवस्था र निर्वाचन आयोगको तयारी अनुसार, चैतको पहिलो साताभित्र राष्ट्रपति कार्यालयमा प्रतिवेदन पुग्नेछ । निर्वाचन आयोगका तयारीका आधारमा धेरै भन्दा धेरै छिटोमा चैत ५ गतेसम्ममा आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको समग्र प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने सम्भावना रहन्छ । त्यसपश्चात् राष्ट्रपति कार्यालयले निर्वाचनको नतिजाबारे औपचारिक जानकारी प्राप्त गर्नेछ, किनभने कानूनी व्यवस्थाअनुसार आयोगले निर्वाचनसम्बन्धी परिणामको प्रतिवेदन बुझाएपश्चात् मात्र राष्ट्रपतिलाई औपचारिक जानकारी भएको मानिन्छ । र राष्ट्रपतिले सरकार गठनका लागि औपचारिक तयारी शुरू गर्नुपूर्व कानूनअनुसार निर्वाचन आयोगले प्रक्रियालाई पूर्णता दिनुपर्ने मत राख्छन् ।

राष्ट्रपतिले धारा ७६(१) बमोजिम बहुमत प्राप्त गर्ने दलको संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने संविधानको प्रावधान छ । ७६ (१) मा भनिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुनेछ ।’ यी सबै प्राविधिक, कानुनी र संवैधानिक प्रक्रियाहरू पूरा गर्दा चैतको १० देखि १२ गतेतिर मात्रै मुलुकले नयाँ सरकार पाउनेछ । दलहरूबीचको सहमति र आन्तरिक तयारी तीव्र भएमा यो प्रक्रियाले गति लिने भए पनि कानुनी समयसीमाका कारण चैत दोस्रो साता नै सरकार गठनको वास्तविक समय हुनेछ ।

बिज्ञापन

कस्तो बन्ला वालेन क्याविनेट ? अहिले चर्चाको बिषय रहेको छ,यो । यस अघि बालेनको क्याविनेटमा विज्ञहरुलाई मन्त्री बनाइने र सांसदहरुलाई मन्त्री नबनाइने चर्चा चलेको थियो तरवालेनको सचिवालयले बाहिरबाट विज्ञ ल्याएर मन्त्री बनाउने विषयमा अहिल्यै कुनै औपचारिक छलफल नभएको जनाएको छ । पार्टी सभापति रवि लामिछानेसँगको महत्वपूर्ण छलफलमा बालेनले स्पष्ट रुपमा मन्त्रीहरू आफूले छनोट गर्ने संकेत गरेका छन्। उनले रविलाई पार्टी चलाउन भनेका छन् भने सरकार आफूले चलाउने बताएका छन् ।

सोही स्रोतका अनुसार,अर्थ मन्त्रालयमा स्वर्णिम बाग्ले वा सुशान्त वैदिकको नाममा चर्चा भइरहेको छ । यस्तै गृह मन्त्रीमा डीपी अर्याल,भौतिकमा सुनिल लम्सालको चर्चा छ । यस्तै परराष्ट्रमा शिशिर खनाल र सञ्चारमा सस्मित पोखरेलको नाम चर्चामा छ ।

कर्मचारीहरुका लागि सबैभन्दा चासो छ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री को बन्ला ? निकट स्रोतहरुका अनुसार वालेनले आफ्नो कोर टिमकै व्यक्तिलाई मन्त्री बनाउन चाहेका छन् । यसो हुँदा हिजो महानगरपालिकामा रहँदा उनलाई सहयोग गर्ने सुदिप ढकालको नाम अग्रपक्तिंमा आएको छ ।
रास्वपाले समानुपातिकमा ५७ सिट पाउँदा ४७ जना महिलालाई सांसद बनाउनु पर्नेछ । बाँकी रहेका पुरुषतर्फ १० जना छानिने छ । बन्द सूचीमा खस आर्यतर्फ रमेश प्रसाईं, सुदीप ढकाल र प्रमोद न्यौपानेको नाम रहेको छ भने जनजातितर्फ डाराम लामा, खुश्बु सरकार श्रेष्ठ,मधेशीतर्फ सुप्रभात यादव, खगेन्द्र कर्ण,दलिततर्फ प्रकाशचन्द्र परियारको नाम बन्द सूचीमा रहेको छ । यीमध्ये वालेनको कोर टिममा रहेका ढकाल नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने बारे छलफल भएको जनाइएको छ ।मेयरका आईटी सल्लाहकार सुदीप ढकाल समानुपातिक सूचीमा छन्। समानुपातिकबाट सांसद बन्ने करिब पक्का देखिएका उनलाई सामान्य प्रशासन वा अर्को कुनै मन्त्रालयको जिम्मेवारी दिने चर्चा छ।

यस्तै,स्वास्थ्य मन्त्रालयमा डा लेखजंग थापा,पूर्व उपसभामुख इन्दिरा रानाको नाम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय,कानुनमा सोविता गौतम,युवा तथा खेलकुद मन्त्रालय सुदन गुरुङ,पर्यटन मन्त्रालयमा विराजभक्त श्रेष्ठको नाम चर्चामा रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कागजमा मात्र ९३ प्रतिशत प्रगति,सचिव र डिजीको कार्यसम्पादनबाट मन्त्री रुष्ट

अबदेखि आधा सिलिण्डर मात्रै ग्यास,उपभोक्तावादीको आपत्ति

यस्तो बन्दैछ वालेन क्याविनेट,सामान्य प्रशासनमा ढकालको चर्चा

अर्थमन्त्री खनाललाई राष्ट्रियसभामा मनोनित गरिने ‘च्याप्टर क्लोज’

आयल निगममा कार्यकारी निर्देशक चण्डिकाको मनपरी: अख्तियारको अनुसन्धान पनि अन्तिम चरणमा

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

पूर्व आईजीपी सर्वेन्द्र खनाल र निर्वाचन आयोगका सचिव राउतसहित १० जनामाथि कर्तव्य ज्यान अनुसन्धान गर्न परमादेश

पशुपति पोखरेलको नयाँ सरकारलाई खुला पत्र, प्रशासनिक सुधार र कर्मचारी व्यवस्थामा तत्काल कदम चाल्न आग्रह

बिशेष