चुनाव जित्नेको भन्दा हार्नेहरुको खर्च धेरै

प्रतिनिधि सभाको निर्वाचनमा भाग लिएका उमेद्धारहरुले धमाधम आफ्नो खर्चको विवरण सार्वजनिक गरिरहेका छन् । प्राप्त प्रारम्भिक विवरणमा निर्वाचन जितेका उमेद्धारभन्दा पराजित भएका उमेद्धारहरुको खर्चको विवरण धेरै देखिएको छ ।

बिज्ञापन

जस्तो भावी प्रधानमन्त्रीका रुपमा हेरिएका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । यो खर्च इन्धनसहितको रहेको विवरणमा उल्लेख छ । पाँच पटकको हवाई भाडामा ३५ हजार र मतदाता प्रशिक्षण कार्यक्रमको खाजा खर्चमा २८ हजार ९७० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

बिज्ञापन

यसैगरी वडास्तरीय प्रचार कार्यक्रममा ५ लाख ८० हजार, नमूना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ, निर्वाचन कार्यालयमा दुई महिनाको पानी खर्च १ लाख २० हजार र स्टेसनरीमा २२ हजार ८२० रुपैयाँ खर्च भएको विवरण छ । यसैगरी झण्डा र ब्याचसहितको प्रचार प्रसार सामग्री छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ, ब्यानर तथा स्टिकरमा १ लाख १९ हजार ८०८ रुपैयाँ र मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको विवरण छ । बालेनको निर्वाचन प्रतिनिधि नवीन भण्डारीको हस्ताक्षरमा बुझाइएको विवरणमा समग्रमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख छ । यता राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनको ९ लाख ८९ हजार ९८७ रुपैयाँ चुनावमा खर्च भएको उल्लेख छ ।
रोचक चाहिँ निर्वाचन जित्नेभन्दा हार्नेहरुको चुनाव खर्च धेरै भएको विवरण सार्वजनिक भइरहेको छ । नेकपा एमालेका महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले निर्वाचनमा १७ लाख ५० हजार खर्च भएको विवरण आयोगमा बुझाएका छन् । पोखरेलले पेश गरेको खर्च विवरण अनुसार, मतदाता नामावली खरिद बापत ५० हजार खर्च भएको उल्लेख छ । सवारी साधनमा ३ लाख ५० हजार, सवारी इन्धन ९घोडा प्रयोग गरिएकोमा दाना समेत० ३ लाख, प्रचार प्रसार सामग्री १ लाख ५० हजार, ढुवानीतर्फ १ लाख ५० हजार, गोष्ठीरअन्तरक्रिया १ लाख ५० हजार, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम २ लाख, कार्यालय सञ्चालन १ लाख ५० हजार, प्रतिनिधि परिचालन १ लाख र विविध खर्च गरेर १ लाख ५० हजार उल्लेख गरिएको छ ।

यस्तै,नेपाली काँग्रसका प्रेम खत्रीले २९ लाख ८२ हजार ५३० रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएका छन् । गोर्खा क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका खत्रीले प्रचारप्रसार सामाग्री खर्चमा ५ लाख १४ हजार खर्च गरेका छन् भने मिडिया खर्च २ लाख ६० हजार गरेका छन् । त्यस्तै गरि सभा तथा मतदाता भेटघाट खर्चमा ५ लाख, सवारी साधन भाडा तथा इन्धन खर्च १० लाख, निर्वाचन सम्पर्क कार्यालय सञ्चालन ९५९ कार्यलय० मा ४ ला ९५ हजार ६ सय, सामाग्री ढुवानी खर्च २ लाख ९ हजार ५ सय र अन्य विविध निर्वाचन खर्च ३ हजार ४ सय ३० रुपैया खर्च भएको उल्लेख गरेका छन् । त्यहाँबाट सुदन गुरुङ विजयी भएका छन् ।
यस्तै,रुपन्देहीबाट एमालेका उपाध्यक्ष विष्णु पौडेलले फागुन २१ गते भएको निर्वाचनमा २८ लाख रुपैयाँ खर्च भएको विवरण बुझाएका छन्। पौडेलले बुझाएको खर्च विवरणमा सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ९७ हजार २७५ रुपैयाँ खर्च भएको उल्लेख छ। छापा एवं विद्युतीय प्रचारप्रसारमा ८ लाख ३४ हजार, कार्यालय सञ्चालनमा २ लाख ६४ हजार, विविधमा २ लाख २२ हजार ३२५, छपाइमा १ लाख ९० हजार खर्च भएको विवरणमा उल्लेख छ। यस्तै,एसएमएसमा १ लाख ७५ हजार, मतदाता नामावली खरिदमा ९८ हजार, गोष्ठी तथा कार्यकर्ता परिचालनमा ५५ हजार, अन्तर्क्रियामा ४५ हजार र प्रतिनिधि परिचालनमा २६ हजार ५ सय गरी २८ लाख ७ हजार १ सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

बिज्ञापन

यस्तै, नेपाली कांग्रेसबाट रुपन्देही २ का उम्मेदवार चुन्न प्रसाद शर्माले फागुन २१ गते भएको निर्वाचनमा २४ लाख रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्। शर्माले बुझाएको विवरणअनुसार ९ लाख २१ हजार ७४० रुपैयाँ मसलन्द छपाइ प्रिन्टिङतर्फ, १ लाख ७९ हजार ८९४ इन्धन सवारी साधन, खाना नास्ता चियापानमा ५ लाख ४५ हजार ६८९, बिजुली साउन्ड सिस्टममा २ लाख ७४ हजार ७२० रुपैयाँ उल्लेख छ।यस्तै अफिस प्रचारप्रसार कार्यालय भाडा २ लाख ४० हजार, सवारी साधन भाडा १ लाख ५० हजार र मन्च व्यवस्थापन कुर्सी टेन्टमा १ लाख ३१ हजार ७८० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

उता,नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले निर्वाचनमा आफ्नो २३ लाख ८६ हजार तीन सय ६८ रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएका हुन् । उनको प्रचार प्रसारमा मात्र पाँच लाख ५३ हजार तीन सय ५० रुपैयाँ खर्च गरेका छन् ।

यस्तै, काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रबिन्द्र मिश्रले निर्वाचनमा कुल २३ लाख ९७ हजार ४०२ खर्च गरेका छन् । उनले आज जिल्ला निर्वाचन कार्यालय, काठमाडौंमा तोकेको सीमाभित्र २३ लाख ९७ हजार भन्दाबढी खर्च गरेको विवरण बुझाएका हुन् । उनले व्यवस्थामा ८ लाख ५० हजार रुपैयाँ खर्च भएको जनकारी दिएका छन् । प्रचारप्रसारमा ५ लाख ५० हजार खर्च भएको सार्वजनीक विवरणमा उल्लेख छ । घरदैलो कार्यक्रममा १ लाख ५० हजार रुपैयाँ खर्च भएको उनले जनाकारी दिएका छन् ।
कुन्ती पोखरेल निर्वाचन खर्च

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आज पनि नबस्ने भयो क्याविनेट,दर्जनौं प्रस्ताव होल्ड

प्रत्यक्ष निर्वाचित सांसदबाटै मन्त्री बनाइने,मन्त्रालयको संख्या घटाइने

चुनाव जित्नेको भन्दा हार्नेहरुको खर्च धेरै

८ मन्त्रालय र ७०१ कर्मचारी दरबन्दी कटौतीको प्रस्ताव,कार्यन्वयन भए बार्षिक ४८ करोड बचत

बागमती प्रदेशमा मन्त्रालय कटौतीको प्रस्ताव, ७०१ कर्मचारी दरबन्दी घटाउने सुझाव

प्रधानमन्त्रीका स्वकीयको फोनपछि सतर्कता केन्द्रमा तरंग, सचिव तनावमा

अदालत छेउमा बम विस्फोट

क्याविनेट अनिश्चित,पेन्डिङमा दर्जनौं नियुक्ति-बढुवा प्रस्ताव

बिशेष