तत्कालीन मालपोत प्रमुखसँग १० लाख धरौटी माग

तत्कालीन मालपोत प्रमुख तथा उपसचिव रामचन्द्र अधिकारीसँग विशेष अदालतले १० लाख धरौटी माग गरेको छ । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको मुद्दामा कास्की मालपोतका तत्कालिन प्रमुख रामचन्द्र अधिकारीसँग  अदालतले १० लाख रुपैयाँ धरौटी माग गरेको हो । उनी समेतको मिलेमतोमा ३ रोपनी ३ आना जग्गा गैरसुकुम्बासी भीमबहादुर विकको नाममा दर्ता गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको थियो। एक करोड ४० लाख २५ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको थियो। विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल उमेश कोइराला र विदुर कोइरालाको इजलासले सो आदेश दिएको हो ।

बिज्ञापन

अधिकारीमाथि पोखराको साविक कण्यानडाँडा गाउँ विकास समिति वडा नं ४ (हाल पोखरा महानगरपालिका वडा नं २६) मा रहेको कित्ता नं ७२५ को ३–३–०–० (तीन रोपनी तीन आना) सरकारी जग्गा भूमाफिया र नक्कली सुकुम्वासीसँगको मिलेमतोमा व्यक्ति (भीमबहादुर वि क) को नाममा दर्ता गराएको आरोप छ । यसरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोग लागेका राष्ट्रिय भूमि आयोग जिल्ला समिति कास्कीका तत्कालीन सदस्य एवं मालपोत कार्यालय पोखराका पूर्वप्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीसँग विशेष अदालतले १० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

बिज्ञापन

तत्कालिन मालपोत प्रमुख अधिकारी लिचिबारी जग्गासम्बन्धि घुस प्रकरणमा समेत मुछिएका कर्मचारी हुन्। उनको कास्की मालपोतमा थमौतीका लागि त्यसबेला तत्कालिन मन्त्री राजकुमार गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठलगायतबिच घुस लेनदेन भएको अडियो बाहिरिएपछि अख्तियारले अनुसन्धान गरी त्यसमा छुट्टै मुद्दा दायर गरिसकेको छ । सो मुद्दामा पूर्वमन्त्री गुप्ता भने कारागारमा छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तत्कालीन मालपोत प्रमुखसँग १० लाख धरौटी माग

सिडिइ साहको कार्यशैली विवादित: कर्मचारी र ठेकेदार आजित

ग्यासको अनावश्यक भण्डारण नगर्न आयल निगमको आग्रह

समानुपातिकबाट ७७ महिला आउँदै,कुन दलबाट कति ?

बालेनको पहिलो काम: निजामती सेवा पुनर्गठन

रास्वपाको दुई तिहाइ पुग्न २ सिट कम, फेरि प्रचण्ड नै निर्णायक

संसदको नयाँ स्वरुप : ६ दल अस्तित्वमा,बढारिए ६ दल

भ्रष्टाचार मुद्धामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियर र लेखापाल दोषी ठहर

बिशेष