लोकसेवा आयोगले देशका सातवटा प्रदेशमा कर्मचारी माग गर्दै नयाँ विज्ञापन सार्वजनिक गरेको छ। बुधबार जारी सूचनाअनुसार आयोगले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि अप्राविधक तहमा खरिदार वा सो सरह पदमा ३५३ जना कर्मचारी भर्ना गर्ने तयारी गरेको हो।
बिज्ञापन
विज्ञापन अनुसार पदहरू न्याय, सरकारी वकिल, सामान्य प्रशासन, लेखा लगायतका समूहमा खुला छन्। उमेर हद पुरुषका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाका लागि ४० वर्ष ननाघेको हुनुपर्नेछ।
परीक्षा दस्तुर सामान्य पदका लागि पाँच सय रूपैयाँ तोकिएको छ भने समावेशी समूहका उम्मेदवारका लागि एक सय ५० रूपैयाँ अतिरिक्त लाग्ने व्यवस्था गरिएको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत १७ गतेसम्म आवेदन दिन सक्नेछन्। यद्यपि, दोब्बर दस्तुर तिरेर आवेदन दिन चाहनेहरूले चैत २४ गतेसम्म आवेदन दिन पाउने व्यवस्था आयोगले गरेको छ।
बिज्ञापन
लोकसेवा आयोगका अधिकारीहरूले विज्ञप्तिमार्फत भनेका छन्, “समान अवसरको सुनिश्चितता गर्दै योग्य उम्मेदवारलाई छनोट गर्ने प्रक्रियामा ध्यान दिनेछौं।”
यस भर्ना प्रक्रियाले प्रदेशभरिका सरकारी कार्यालयमा दक्ष र योग्य जनशक्ति थप्ने अपेक्षा गरिएको छ।



























