राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

राष्ट्रियसभामा हालै निर्वाचित सदस्यहरूको शपथग्रहण कार्यक्रम आज (फागुन २५) हुँदैछ। शपथ कार्यक्रम दिउँसो २ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आयोजना गरिने संघीय संसद् सचिवालयले जनाएको छ।

बिज्ञापन

सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानको धारा ८६ को उपधारा २ अनुसार नवनिर्वाचित सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनेछन्।

बिज्ञापन

राष्ट्रियसभामा रिक्त हुन लागेको १८ पदका लागि गएको माघ ११ गते निर्वाचन भएको थियो। सो निर्वाचनबाट विभिन्न प्रदेशबाट नयाँ सदस्यहरू निर्वाचित भएका हुन्।

निर्वाचन परिणामअनुसार कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल र सुनिलबहादुर थापा निर्वाचित भएका छन्। मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रञ्जित कर्ण र महन्थ ठाकुर विजयी भएका छन्।

बिज्ञापन

यस्तै वागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दंगाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा तथा लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका छन्।

कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजंग शाही तथा सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका छन्।

शपथ कार्यक्रममा सहभागी हुन नवनिर्वाचित सदस्यहरूले आफ्नो पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त राष्ट्रियसभा सदस्यको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि साथमा ल्याउनुपर्नेछ।

साथै, नेपाली बाहेक अन्य मातृभाषामा शपथ लिन चाहने सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता निस्क्रिय,नियुक्ति,सरुवाको बाटो खुल्यो

“कुनै निर्णय नगर्नू” : सचिवहरूलाई स्वर्णिम वाग्लेको फोनपछि सिंहदरबार तरंगित

रसुवाका उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न निर्वाचन कार्यालयको निर्देशन

अवकाश नजिकिँदै गर्दा दुई डीआईजीको म्याद थप्ने प्रस्ताव, सशस्त्र प्रहरीभित्र असन्तुष्टि

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

राष्ट्र बैंकमा दुवै डेपुटी गभर्नर पद रिक्त, नयाँ नियुक्ति प्रक्रिया अझै सुरु भएन

पेरूको राजनीतिक अस्थिरता र फुजिमोरीको निरंकुशता

बिशेष