मालपानीको गाडीमा १०१ प्रतिशत भन्सार छुट,वीरगञ्ज भन्सारबाट चार कर्मचारी तानिए विभाग

काइरोस इन्टरनेशनलको ल्यान्ड रोभर डिफेन्डर गाडी नेपाल भित्र्याउदा करोडौं राजश्व छली भएको बिषयमा भन्सार विभागले गठन गरेको छानबिन समितिले यो प्रकरणमा जोडिएका पाँच कर्मचारीलाई काठमाडौंमा तानेको छ । वीरगन्ज भन्सारबाट सो कम्पनीका १५ गाडी भित्राइँदा दुई करोड बढी राजवश्व छली भएको बिषयमा छानबिन गर्न विभागले उपसचिवको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो,गत साता।

बिज्ञापन

वीरगञ्ज भन्सारबाट सो कम्पनीको गाडी नेपाल भित्र्याउँदा शत प्रतिशत भन्सार छुट दिएको पाइएपछि यो प्रकरणमा साथ दिने कर्मचारीहरु उपर छानबिन गर्न बनेको समितिले व्यापारीको हित अनुुकुल काम गर्ने पाँच कर्मचारीलाई छानविनका लागि काठमाडौं तानेको हो ।

बिज्ञापन

विभागका अनुसार ल्याण्ड रोभर डिफेण्डर एउटै गाडी नेपाल भित्र्याउदा ७६ लाख ५० हजार ७ सय २० रुपियाँ राजस्व छली भएको पृष्टि भएको छ । काइरोस इन्टरनेसनलले नेपाल ल्यान्ड रोभर कम्पनीका एक दर्जन सवारी भित्र्याउँदा झण्डै साढे दुई करोड राजश्व छली भएको भन्सार विभाग स्रोतको अनुमान छ । ल्यान्ड रोभर कम्पनीका २ वटा डिफेन्डर ११० मोडलको २९९६ सिसिको डिजेल इन्जिनको सवारीमा १०१ प्रतिशत भन्सार छुट गराइएको भेटिएको छ । जबकी एम्बुलेन्स जस्ता सवारी साधनमा समेत राज्यले शत प्रतिशत भन्सार छुट दिँदैन । यस अघि वालेन साहले प्रयोग गरेको वागमती प्रदेश–०१–०३३च४३४३ नम्बरको उक्त गाडी काइरोस इन्टरनेसनलले नेपाल भित्र्याएको खुलेको थियो । काइरोस मालपानीकै निकट कम्पनी रहेको बताइएको छ ।

बिज्ञापन

काठमाडौंको ज्ञानेश्वरमा कार्यालय रहेको काइरोसले सन् २०२४ देखि हालसम्म नेपालमा आयात गरेका ल्यान्ड रोभर कम्पनीका विभिन्न मोडलका १५ वटा सवारी साधनको भन्सार जाँचपासको कागजात र स्पेसिफिकेसनको प्राविधिक विवरण भिडाई चेकजाँच गर्दा ६ वटा सवारी साधनहरूमा भन्सार छली गरेको पाइएपछि यस बिषयमा सुक्ष्म अनुसन्धान गर्नका लागि विभागले छानबिन समिति बनेको थियो । सोही कम्पनीबाट नेपाल भित्रिएको ल्यान्ड रोभर का ३ वटा रेन्ज रोभर भेलरमा समेत २९१ दशमलव ५५ प्रतिशत लाग्नेमा भन्सार जाँचपास गर्दा पेट्रोल इन्जिन, प्लग इन हाइब्रिडको २९९६ सीसी जनाई कुल भन्सार दर २५७ दशमलव ९८ प्रतिशतमात्र लगाई जाँचपास गरेको पाइएको छ । ती चार वटा गाडीबाट ७१ लाख ४९ हजार राजस्व छली गरेको भेटिएसँगै यस बिषयमा छानबिन समितिले यो प्रकरणमा जोडिएका जाँचकीसहित पाँच कर्मचारीलाई त्रिपुरेश्वरमा तानेको हो ।

अहिले वीरगञ्ज भन्सारका प्रमुख छन्,सहसचिव कृष्णप्रसाद मैनाली । मैनालीलाई सम्पत्ति शुद्धीकरण विभागबाट निकालेर वीरगञ्ज भन्सारमा पु¥याइएको थियो । उनी गत असारमा प्रदेशका अर्थ सचिव हुँदा मन्त्री कुन्दन काफ्लेले उनैलाई हातपात गरे पछि प्रधानमन्त्री कार्यालयमा तानिएका कर्मचारी हुन । यो प्रकरणमा सुख्खा बन्दरगाह हेर्दै आएकी एक महिला उपसचिवको प्रत्यक्ष संग्लनता देखिएको र त्यहाँका जाँचकीहरु समेत अनुसन्धानको दायरामा तानिने लागेका हुन । यो प्रकरणमा भन्सारमा अलवा राजश्व,यातायात र वाणिज्यका कर्मचारीको नेक्सस रहेको अधिकारीहरुले जनाएका छन् ।

अख्तियारले समेत चासोका साथ यो प्रकरण हेरिरहेको समयमा भन्सार विभागले आन्तरिक समिति बनाएर पाँच जना कर्मचारीहरुलाई विभागमा तानेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नासु,कम्युटर अपरेटर,प्रदेश सचिवसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

मालपानीको गाडीमा १०१ प्रतिशत भन्सार छुट,वीरगञ्ज भन्सारबाट चार कर्मचारी तानिए विभाग

भोलि ९ स्थानीय तहमा सार्वजनिक बिदा

इमान्दार सहसचिवको व्यथा : हिजो ठेकेदारबाट सेकिए,अहिले जेनजी मन्त्रीबाट पेलिए

२३ सहसचिवको सरुवा : ५ प्रदेश,५ लाई स्थानीय तह पठाइँदा तीन भित्रिए गृहमा

निर्वाचन कार्यालयको दोस्रो अपडेटले पनि ‘हावा खायो’ : मतदानमा खटाइएका दर्जन कर्मचारी ट्रेड युनियनकर्मी

फर्जी कर्मचारी खटाएर कसरी हुन्छ स्वच्छ निर्वाचन ?

रसुवा जिल्लाका ३४८ कर्मचारी निर्वाचनमा खटिने

बिशेष