आचारसंहिता लाग्नु अघि छापामार शैलीमा ४० कर्मचारीको सरुवा,विवाद पुग्यो अदालत

निर्वाचन आचारसंहिता लाग्नु अघिल्लो दिन हतार हतार प्रदेशका निमित्त सचिवले गरेको ४० जना कर्मचारी सरुवाको विवाद अदालत पुगेको छ ।

बिज्ञापन

कामु सचिव मधेश प्रदेशमा नभएको मौका छोपी निमित्त सचिव  रामकुमार महतोले छापामार शैलीमा ४० कर्मचारी सरुवा गरेसँगै उक्त सरुवा आर्थिक चलखेल र लेनदेनमा भएको आरोपसहित केही कर्मचारीहरु उच्च अदालत जनकपुरको ढोका ढकढकाउन पुगेका हुन ।  गत २ माघमा मधेश प्रदेशले नवौं तहका २, आठौँ तहका १ वरिष्ठ शाखा अधिकृत १, सातौँ तहका ९ सहित पाँचौँको तहका ५ र छैटौंका १० र राजपत्रांकित प्रथम श्रेणीका १ जना सरुवा गरिएको थियो । यसरी सरुवा गरिँदा बढी बजेट भएका खरिद, कमाइ हुने शाखामा जान खोज्ने कर्मचारीबाट लाखौँ लाख असुलिएको आरोप समेत सोही प्रदेशका कर्मचारीहरुबाट लाग्दै आएको छ ।

बिज्ञापन

कार्यालयले निमित्त सचिवस्तरकै निर्णयले ठूलो संख्यामा अस्वभाविक रुपमा कर्मचारी सरुवा गरेपछि सो विवाद अदालतमा पुगेको हो । मापदण्डविपरीत सेटिङमा सरुवा गरिएको भन्दै नवौं तहमा कार्यरत बबिता जयसवाल, यातायात व्यवस्था कार्यालय धनुषाका प्रमुख धन्नजय सिंह र पर्यटन विकास कार्यालय धनुषाका प्रमुख रोहितकुमार प्रशैला अन्तरिम आदेशको माग गर्दै उच्च अदालत पुगेका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पशुपति पोखरेलको नयाँ सरकारलाई खुला पत्र, प्रशासनिक सुधार र कर्मचारी व्यवस्थामा तत्काल कदम चाल्न आग्रह

चण्डीकाको अनेकन चर्तिकला : प्राविधिक दरबन्दी रहेको अमलेखगञ्जमा कसरी पुगे प्रशासनका प्रलयंकर ?

पालिकाका कर्मचारीसँग नक्कली शैक्षिक प्रमाणपत्र,अख्तियारले चलायो भ्रष्टाचार मुद्धा

बजारमा ग्यासको हाहाकार,आयल निगमलाई प्रतिवादी बनाएर सर्वाेच्चमा रिट दायर

आज पनि नबस्ने भयो क्याविनेट,दर्जनौं प्रस्ताव होल्ड

प्रत्यक्ष निर्वाचित सांसदबाटै मन्त्री बनाइने,मन्त्रालयको संख्या घटाइने

चुनाव जित्नेको भन्दा हार्नेहरुको खर्च धेरै

८ मन्त्रालय र ७०१ कर्मचारी दरबन्दी कटौतीको प्रस्ताव,कार्यन्वयन भए बार्षिक ४८ करोड बचत

बिशेष